सर्लाही । रौतहटबाट सर्लाही जन्ती जादै गरेका २ युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ । हुलाकी सडकखण्डमा स्कार्पियाेले माेटरसाइकललाई ठक्कर दिदाँ राैतहटका दुई युवककाे मृत्युु भएकाे हो ।
सर्लाहीको काैडेना गाँउपालिका ३ स्थित हुलाकी सडकमा साेमबार राति साढे ८ बजे भएकाे दुर्घटनामा माेटरसाइकलमा सवार राैतहटकाे माधवनारायण नगरपालिकाका माधवनारायण नगरपालिका ६ का २३ बर्षिय सियानन्द महताे र वडा नम्बर ८ का १९ बर्षिय अजय महताेकाे मृत्यु भएकाे हाे।
सर्लाही प्रहरीका अनुसार जन्ति जाँदै गरेका महताेद्वय सवार बिआर ०६ सिवाई ५०८६ नम्बरको माेटरसाइकललाई सर्लाहीकाे काैडेना र मुसैली बिचकाे हुलाकी सडकमा विपरित दिशाबाट आउँदै गरेकाे एचआर ५९ ए ०१३१ नम्बरको स्कार्पियाेले ठक्कर दिदाँ महताेद्वय गम्भीर घाइते भएका थिए ।
प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरी दुवैलाई थप उपचारका लागि वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा पठाइएकोमा चिकित्सकले दुवैलाई मृत घाेषित गरेकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्कार्पियाे प्रहरीको नियन्त्रणमा रहेकाे र चालक भने फरार रहेकाे सर्लाही प्रहरीले जनाएको छ ।