काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी राधाकृष्ण थापासँग २४ घण्टे लिखित स्पष्टिकरण मागेको छ । नगर प्रहरी थापाले सटभित्रबाट पसलको सामग्री चोरी गरेको भन्दै भिडियो सामाजिक सञ्जालमा फैलिएपछि उनीसँग स्पष्टिकरण सोधिएको हो ।
थापाले महाबौद्धको पसलबाट जाडोमा लगाउने सर्टको कपडाको बण्डल चोरी गरेको भन्दै सीसीटीभी फुटेज सार्वजनिक भएको थियो ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको हस्ताक्षर रहेको पत्रमा नगर प्रहरी थापाबाट लापरवाही भएको प्रस्ट देखिएको उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘महानगर प्रहरी बलले समपादन गर्ने कार्यमा खटिएको तपाई कमण्डर भएको टोलीबाट २०८०/१०/२७ गते शनिबारका दिन सटरभित्र रहेका सामानहरु समातेर नियन्त्रणमा लिएको दृश्यहरु सामाजिक सञ्जालमा प्रसारण भईहेको सम्बन्धमा तपाईको जिम्मेवमरीको लापरवाही भएको प्रस्ट देखिन्छ, यस सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी २४ घण्टाभित्र लिखित रुपमा रुपष्टिकरण महानगर प्रहरी बलको कार्यालयमा पेश गर्नुहोला ।’
तोकिएको समयमा स्पष्टिकरण पेश नभए नगर प्रहरी ऐन २०८० अनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।