मोटरसाइकल चोरीमा संलग्नलाई जाेगाउन प्रहरीकाे शंकास्पद भूमिका !

इश्वर जैसी

 कैलाली । माघ ३ गते राती कैलालीको घोडाघोडी नगरपालिका –७ हरिनगरका थानेश्वर चौधरीको से.७ प ६४४ नम्बरको मोटरसाइकल चोरी भयो । त्यसको भोलिपल्ट बिहानै अस्थाई प्रहरी पोष्ट हरिनगर कैलालीमा आफ्नो मोटरसाइकल चोरी  भएको र खोजी गरिदिनका लागि चौधरीले निवेदन दिए ।

फागुनको पहिलो साता कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी अस्पतालमा पीडित चौधरी कामको सिलसिलामा पुगेका थिए। अस्पताल परिसरमा से.७ प ६०४५ नम्बर रहेको मोटरसाइकलमा उनको नजर पर्यो । तिन जना सवार उक्त मोटरसाइकल आफ्नो होकी भन्नेमा शंका गरे । त्यसपछि उनले अस्पतालको सिसिटिभी फुटेज समेत चेक गरे ।  नभन्दै अस्पतालको सिसिटिभी फुटेजबाट उनले उक्त मोटरसाइकल आफ्नो भएको पत्ता लगाए ।

त्यसपश्चात् उक्त विषयबारे चौधरीले इलाका प्रहरी कार्यालय सुखडलाई समेत जानकारी गराए । इलाका प्रहरी कार्यालयको कमान्डमा खटिएका एक प्रहरी जवानले शुक्रबार बेलुका सुखडको एक पम्पमा उक्त मोटरसाइकल फेला परेको भन्दै चौधरीलाई सम्पर्क गरे  । उनका अनुसार दुई जनाले उक्त मोटरसाइकल छोडेर भागेको र उक्त मोटरसाइकल नियन्त्रणमा लिइएको हो । 

आफ्नो मोटरसाइकलको स्वरुप र नम्बरप्लेट समेत परिवर्तन गरेको अवस्थामा भेटेपछि शनिबार पीडित चौधरीले पुनः चोरीमा सङ्कलनहरूको खोजीकार्य र आफ्नो क्षतिपूर्तिका लागि भन्दै इलाका कार्यालय सुखडमा निवेदन दिए।

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिइएको भनेपनि पम्प आसपासमा जडान गरिएका सिसिटिभी फुटेजमा प्रहरीले दुई जनालाई समेत नियन्त्रणमा  लिएको देखिन्छ । प्रहरीले त्यसपश्चात् आफ्नो मोटरसाइकल त्यहीँ छोडेर नियन्त्रणमा लिइएको मोटरसाइकलको चाबी थुतेर ति युवकहरूलाई मोटरसाइकल डोर्याउन लगाएको देखिन्छ । ‘२ जना मध्ये एक युवक शारीरिक रुपमा अशक्त देखिन्छन् । त्यस्तो अवस्थामा दुवै जना प्रहरीकै अगाडि कसरी भाग्न सक्छन् ?, चौधरी प्रश्न गर्छन् । त्यस्तै प्रहरीले उनीहरूलाई भगाएको उनको आरोप छ  । 

त्यसपश्चात् चौधरीले उनीहरूको खोजीकार्य गरिपाउँ भनी पुन निवेदन दिए । निवेदनको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेपनि ति व्यक्तिले चोरी नगरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता गर्न नमानेको पीडित चौधरीले सिधाकुरासँग गुनासो गरे । चोरीको मोटरसाइकल चलाएकै आधारमा कसैलाई चोर हो भन्न नमिल्ने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक विरेन्द्र बिर विश्वकर्माको भनाई छ । सोही आधारमा कसैलाई मुद्दा नै चलाउन नसकिने उनले बताए । 

पक्राउ परेकालाई छुटाउन दबाब

प्रहरी स्रोतका अनुसार चोरीको मोटरसाइकल सहित केही युवा पक्राउ परेका छन्। उनीहरूलाई बचाउन नेता र जनप्रतिनिधिको निरन्तर इलाका प्रहरी कार्यालय सुखडका डिएसपीलाई फोन आइरहेको छ । सोही कारण उनीहरूविरुद्ध उजुरी दर्ता नभएको केही प्रहरी अधिकारी बताउँछन् । 

‘जति सजिलै मोटरसाइकल बरामद र चोरलाई नियन्त्रणमा लिइयो, त्यसपछि उनीहरूलाई छुटाउन निरन्तर दबाब आइरहेको छ ।  पक्राउ परेकालाई बचाउन उनीहरूका आफन्त, जनप्रतिनिधि र प्रहरी आफैँ लागेका छन् ।’,  प्रहरी स्रोत बताउँछ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....