काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँको दरवारमार्गम नेशनल डे कन्सर्ट आयोजना गरिएको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । उनी निकै निकै क्याजुअल भएर उक्त कन्सर्टमा सहभागी भएका हुन । सधैँ फर्मल कपडामा देखिने प्रधानमन्त्री यहाँ भने जिन्स पाइन्ट, सर्ट र विन्ड चिटर लगाएर पुगेका थिए ।
सो कन्सर्टका लागि सरकारले ५० लाख रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खास चासो राखेको सो कार्यक्रममा सामाजिक सञ्जनल इन्फ्लुयन्सर प्रयोग गरेर युवामैत्री र जनताको चासोको कार्यक्रम बनाउन पहल भएको छ ।
दरवारमार्ग सिंगार्नेदेखि भव्य स्टेज, मोबाइलका रिङब्याकटोनसम्मको प्रचारले यो कन्सर्टलाई सरकारले सरकारले विशेष प्राथमिकतामा राखेको देखिन्छ । कन्सर्टमा सहभागी हुन सरकारले सर्वसाधारणलाई मोबाइलमा म्यासेज समेत पठाएको थियो । कन्सर्टमा ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।