काठमाडौँ । नेपाल साइक्लिङ संघले आज र भोली दुइ दिन १९ औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा एमटिबी डाउनहिल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरूका लागि हुनेछन्। प्रतियोगिता गोर्कर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ स्थित जगडोल शहिद पार्कमा हुँदैछ । प्रतियोगितामा ९० जना पुरुष तथा महिला साइक्लिङ खेलाडीहरूले भाग लिएका छन् । यो अवसरमा विभिन्न तहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ, जसले राष्ट्रिय स्तरमा साइक्लिङ खेलको विकास र प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाल साइक्लिङ संघले सम्पूर्ण खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूलाई यो रोमाञ्चक प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ। यस प्रतियोगिताले नेपालमा साइक्लिङ खेलको जनचेतना बढाउन र भविष्यका खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएका छन् ।
कार्तिक ८, २०८१ बिहीबार |