मेघराज पोखरेलः सहकारीको किर्तेले सडकमा पुगेका एक व्यवसायिक कृषक

सिधाकुरा

काठमाडाैँ । ‘आहा १ मेघराजजी तपाईंले त कति राम्ररी व्यवसायिक कृषि गर्नु भएको ? तपाईं त यो समाजकै उदाहरणीय पात्र हुनुहुन्छ, तपाईँबाट नेपालीले सिक्नुपर्छ । तपाईंको कामको भिडियो बनाएर नेपालभर देखाउनु पर्छ,’ धादिङ निलकण्ठ नगरपालिका-७ का मेघराज पोखरेललाई गाउँकै स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले फुरुङ्ग बनाए । 

उनीहरूले नै एक जना पत्रकार बोलाएर मेघराजको सफलताको कथाको भिडियो बनाए । सो भिडियोमा सहकारीकै कारण आफूले सफलताको शिखर चुमेको पनि भन्न लगाए । सो भिडियो नेपाल टेलिभिजनबाट प्रसारण पनि गरे । 

२०६९ सालदेखि सातमुले कृषि तथा पशुपालन फर्म सञ्चालन गरेका मेघराज २०७६/७७ सम्म आइपुग्दा साँच्चै उदाहरणीय कृषकको रुपमा स्थापित भइसकेका थिए । जिल्लाकै एक गैह्र सरकारी संस्थामा काम गर्दा गर्दै ५ सय लेयर्स कुखुरा र ५० ओटा बाख्राबाट सुरु भएको व्यवसायिक कृषि २ सय बाख्रा, ३५ सय लेयर्स कुखुरा र १० ओटा गाईभैँसीमा फैलिइसकेको थियो ।


लाखको लगानीलाई करोडौँको बनाएका मेघराज जिल्लामै उदाहरणीय कृषकको रुपमा स्थापित हुँदै गर्दा सहकारीले पनि उनलाई बेला बेला सम्मान गरिरहेको थियो । तर, एक दिन उनलाई सहकारीले सदस्य बन्न आग्रह गर्यो । उनी सहकारीको सदस्य भए  । सहकारीले ऋण लिन भन्यो, उनले सहकारीबाट ऋण लिए र तिनै सहकारीका कारण आज उनी सबै व्यवसाय गुमाएर सडकमा पुगेका छन् । 

सहकारीको किर्तेका कारण सबैथोक गुमाएका उनलाई अहिले दैनिक गुजारा चलाउन र बालबच्चा पठन पाठनमा समेत समस्या भएको छ । आफूविरुद्ध भएको बेइमानीको कतैबाट न्याय नपाएको पोखरेलले सिधाकुरालाई बताए । 

सहकारीको ऋणको पासो 

६/७ वर्षको मेहनतपछि २०७५ सालसम्म आइपुग्दा पोखरेलको फर्ममा २ सय बाख्रा, ३५ सय लेयर्स कुखुरा र १० ओटा गाईभैँसी थिए । उनले व्यवसाय विस्तारका लागि सहकारीको सदस्य बने । ‘अण्डा, कुखुरा र खसीबोका जिल्ला सदरमुकाम लैजान गाडी सहित मलाई व्यवसाय विस्तारका लागि पनि लगानी चाहिएको थियो,’ मेघराज भन्छन्  ,‘म सहकारीको सेयर सदस्य बनेँ । सदस्य बनेपछि उनीहरूले बेलाबेलामा मलाई पुरस्कृतसमेत गरे । त्यतिबेलासम्म मेरो व्यवसाय विस्तार गर्न मलाई पैसा आवश्यक परिरहेको थियो । मैले बैँकबाट पैसा निकाल्ने तयारीमा थिएँ । तर सोही सहकारीका पदाधिकारीहरूले आफूलाई सहुलियत ब्याजदरमा सहकारीले नै ब्याज उपलब्ध गराउने भन्दै रकम यतैबाट झिक्न भने । ’  

उनले विभिन्न तीन शीर्षकमा २०७५ असोज १५ गते जग्गाको लागि १५ लाख, २०७५ साल मंसिर १८ गते गाडी खरिदका लागि भनेर १५ लाख र मंसिर १९ गते कृषि लोन भनेर ५ लाख गरेर जम्मा ३५ लाख ३३ हजार ऋण लिए । ‘सहकारी भनेको त आफ्नै हो, सहकार्य गरेर सँगै अघि बढ्ने हो भन्ने बुझेको थिएँ । त्यही सोचेर मैले लोन लिएँ । त्यो ऋण लिनु नै मेरो दुर्दशा भयो,’ उनले भने । 

कोभिड र सहकारी महामारी एकैसाथ 

राम्रो कृषि व्यवसायमा जमेका पोखरेलले फर्म चलाएको जमिन निकै आकर्षक ठाउँमा थियो । जिल्ला सदरमुकाम देखि मनास्लु हिम शृङ्खलासमेत देखिने उक्त फार्म कृषिसँगै पर्यटनका लागि पनि राम्रो थियो । सो जग्गामा धेरैको आँखा परेको पोखरेल बताउँछन् ।

ऋण लिएको डेढ वर्षसम्म सहकारीको ऋणको किस्ता तिर्दै काम गरिरहेका उनी कोभिड महामारीको सिकार भए । कुखुरा,  अण्डा र खसीबोका बढ्दै गए,  बजार बन्द हुँदै गयो । बढेको कृषि उपजका लागि लगानी पनि बढ्दै गयो तर बजार नभएपछि उनी ऋण तिर्न नसक्ने समस्यामा परे । तर, पनि सहकारीमा १० लाख किस्ता बुझाइसकेको उनी बताउँछन् । 

त्यति हुँदै गर्दापनि एक दिन किस्ता नतिरेको भन्दै सहकारीका तत्कालीन अध्यक्ष प्रदिप अधिकारीले जिल्लाकै एकजना हार्डवेयर पसले प्रयोग गरेर उनको गाडी समाउन लगाए । गणेश कुमार श्रेष्ठ नाम गरेको व्यक्तिलाई अधिकारीले उचालेर गाडी समात्न लगाएको उनी बताउँछन् । ‘हार्डवेयरसँग मेरो जम्मा १ लाखको पनि कारोबार थिएन । तर पनि उसले गाडी समात्यो । गणेशले किन गाडी समायो भनेको त एकैवर्ष पछि मात्र थाहा भयो कि त्यो गाडी सहकारीले समाउन लगाएको रहेछ,’ मेघराज भन्छन् । 

सहकारीले गाडी जफत गरेको २ वर्षपछि पोखरेलका ४० लाख मूल्य बराबरको लेयर्स कुखुरा पनि रोगले मरे । कोरोना महामारीले थलिएको उनको व्यवसायमा रोग पनि थपियो । सबै व्यवसाय चौपट बन्यो । एकपछि अर्को महामारी आइलागे पछि १७ महिना किस्ता तिर्न नसकेको उनी बताउँछन् । त्यसपछि सहकारीले ऋण तिर्न नसकेको भन्दै उनको फार्मको लिलामीको प्रक्रिया अघि बढायो । 

लिलामीमा किर्ते 

व्यवसायमा पतन सुरु भएपछि अत्तालिएका पोखरेलको फार्म नै लिलामीमा चढ्यो । गाउँकै सहकारीले नुवाकोटबाट प्रकाशित हुने उत्तरगया राष्ट्रिय दैनिकमा कर्जा तिर्न आउने भन्दै ३५ दिने सूचना निकालेपछि उनले ऋण तिर्न र सम्पत्ति जोगाउन सबै बल लगाएको दाबी गर्छन् । ‘त्यतिबेलासम्म पनि म सहकारीसँग नियमित सम्पर्कमै छु । लाखौँको जग्गा, गाडी छन्, सम्पत्ति छ, म कर्जा तिर्छु भनिरहेको थिएँ,’ पोखरेल भन्छन् ।  

लिलामीको सूचना उनले २०७८ असोज ६ गते पाए । असोज ११ गते सहकारी गएर ३५ लाखको हरजनासहित किस्ता र साँवा घटाएको उनको दाबी छ । त्यति घटाएपछि सहकारीले पोखरेललाई फेरी २०८५ सालसम्मका लागि ऋणको पुनर्तालिकीकरण गर्यो । 

त्यसको करिब १ महिनापछि मेघराजले पुनः सहकारी गएर गाडीको १३ लाख रुपैयाँ ऋण चुक्ता गरेको बताउँछन् । ‘जुन बेला मैले गाडी चलाएकै थिइनँ, मसँग गाडी नै थिएन । तैपनि मैले २८ दिनमा गाडीको २३ लाख १७ हजार रुपैयाँ तिरेँ,’ उनी भन्छन्, ‘ऋण पुनर्तालिकीकरण गरेपछि जग्गाको ऋणको लागि मेरो चुक्ता अवधि ७ वर्ष बाँकी थियो तर सहकारीले मलाई थाहै नदिई जग्गा लिलाम प्रक्रिया अगाडि बढाएछ । मङ्सिरमा किस्ता बुझाउन जाँदा त ५१ लाखमा जग्गा नै पास गरिदिएछ ।’ 

पोखरेलका अनुसार ५१ लाखमा जग्गा बिक्री भएको भनिएको जग्गाको मूल्य एक करोड रुपैयाँ भन्दा धेरै पर्ने थियो । ५१ लाखमै सो जग्गा पास गरिदिएको हो भने बाँकी पैसा स्रोत परिचालनका अध्यक्ष प्रदीप अधिकारी र कोषाध्यक्ष रुद्र खत्रीलगायतले घोटला गरेको हुनसक्ने उनको आरोप छ । 

वडा, मालपोत, प्रहरी प्रशासन सबैको मिलेमतो 

ऋण पुनर्तालिकीकरण गरेर ढुक्क भएका पोखरेलको जग्गा नै अन्तै पास भएको पाइएपछि उनले आफ्नो जग्गा पास भएकोबारे मालपोत र सहकारीबाट जानकारी लिन खोजे तर मालपोतले उनलाई कुनै सूचना दिन मानेन । सूचनाको हक अन्तर्गत सूचना माग गर्दा समेत उनीहरूले बेवास्ता गरेको र डकुमेन्ट लुकाएको पोखरेलको आरोप छ । 

सूचना लुकाएको भन्दै जिल्ला प्रशासनमा निवेदन हालेपछि मालपोत र सहकारीले किर्ते लुकाएर अस्पष्ट डकुमेन्ट दिएको उनी बताउँछन् । उपलब्ध डकुमेन्टमा सहकारीदेखि वडा र बैंकले समेत बदमासी गरेको उनी बताउँछन् । 

उपलब्ध कागजातअनुसार मालपोतले जनता बैँक खडा गरेर बैँकको २२ सय ८७ दर्ता चलानी नम्बरमा जनता बैँक  र स्रोत सहकारी एकीकरण भएर जग्गा लिलाम गर्न बाध्य भएको भनी लेखिएको छ । तर, पोखरेलले जनता बैँकसँग कुनै कारोबार नगरेको बताउँछन् ।  ‘मैले १५ लाख बाहेक अरु त तिरिसकेको थिएँ । त्यो मेरो नाममा भएको ऋण थियो । म बैंक चिन्दा पनि चिन्दिनँ,’ उनले भने, ‘तर लिलाम गर्ने बेला मेरी श्रीमती सावित्री पोखरेललाई ऋणी बनाएर पेश गरिएको कागजात छ ।'

 उनका अनुसार सावित्री पोखरेलले नै जग्गा बेचेको हो भन्ने देखाउन उनकै नामबाट लाभकर समेत किर्ते गरेर तिरिएको  पाइएको छ तर डकुमेन्टमा सावित्रीको हस्ताक्षर भने छैन । त्यसो त ऋणको किस्ता तिरिरहेकै अवस्थामा नागरिक दैनिकमा १५ दिने र ७ दिने सूचना निकालिएको पाइएको उनी बताउँछन् । ‘मेघराज पोखरेल सम्पर्कमा नआएको भन्ने सूचना निकालेर मालपोतमा पेश गरिएको रहेछ । यदि सम्पर्कमा नआएको भए त्यो २३ लाख मैले कसरी तिरेँ ? मालपोतको टिप्पणीमा भूमिगत भएको भनिएको छ, म भूमिगत भएको भए त्यो किस्ता कसरी तिरेँ ? यसरी झुटा र किर्ते गरेर जग्गा हडप्ने काम भएको छ ।’ उनी भन्छन् ।  

यता सहकारीका व्यवस्थापक दयानिधि नेपालले भने सहकारी ऐन नियम बमोजिम  नै मेघराजको जग्गा सहकारीले लिलाम गरेको दाबी गरे । मेघराज सहकारीका शेयर सदस्य भएकाले उनलाई अन्य शेयर सदस्य सरहनै व्यवहार गरिएको दाबी गर्दै 'सहकारीले कुनै किर्ते नगरेको, मेघराजले ऋण चुक्ता गर्न नसकेपछि लिलाम प्रक्रिया अघि बढेको' दाबी गरे ।

एउटा व्यवसायिक कृषकविरुद्ध यति ठूलो षड्यन्त्र हुँदापनि जिल्ला प्रशासन कार्यालय धादिङले उजुरी लिन नमानेको उनको भनाई छ । जाहेरी दिन जिल्ला प्रहरीमा पुगेँ जाहेरी दर्ता गर्न मानिएको थिएन । तर प्रहरी कार्यालयमा छलफल भने भएको थियो । सहकारीविरुद्ध किर्ते मुद्दा अघि बढ्ने संकेत पाएपछि भने सहकारीका अधिकारीहरूले मेघराजले तिर्न बाँकी ऋण भुक्तानी गरे जग्गा फिर्ता गर्ने निर्णय भएको भन्दै किर्तेबाट जोगिन खोजेका छन् । तर प्रहरी कार्यालयमा निर्णयको कपी भने दिन सकेनन् । मेघराजलाई समेत अहिलेसम्म नदिएको बताएका छन् । 

सहकारीका व्यवस्थापक नेपालले हामीसँग पनि सहकारीको सञ्चालक समितिले निर्णय गरेको दाबी गरेपनि कहिलेको निर्णय हो भन्न सकेनन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....