कानुनको ब्याख्या गर्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, जो आफ्नै श्रीमतीलाई विवाह दर्ता गरिदिदैनन् (भिडियो रिपोर्ट)

सिधाकुरा

काठमाडौं । अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । समाजमा हिंसाविरुद्ध खरो प्रतिवाद गर्ने एक जना कानुन विज्ञ, वरिष्ठ अधिवक्ताकै श्रीमती भने श्रीमानबाट विवाह दर्ता सम्म नपाएर गुहार माग्दै हिँडेकी छिन् । साथै वरिष्ठ अधिवक्ताले नै मर्ने मार्ने धम्की दिएका छन् । 


अधिवक्ता समेत रहेकी जानकी पाण्डे, कानुनका विज्ञका रुपमा चिनिने वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारीकी श्रीमती हुन् । उनीहरुको विवाह भएको ६ वर्ष भयो । यो स्वयं  भण्डारीले नै स्वीकार गरेका छन् । 

पारिवारिक सहमतिपछि परम्परागतरुपमा विवाह भएकी पाण्डे, भण्डारीकी तेस्रो श्रीमती हुन । यसअघि दुई श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका भण्डारीलेनै पहिलो सम्बन्ध विच्छेद गरेकी पाण्डेलाई प्रस्ताव राखेर २०७४ साल माघमा विवाह गरेका थिए । दुबैतर्फका परिवारको सानो जमघट गरेर भण्डारीले पाण्डेलाई घर भित्र्याए । त्यसपछि पाण्डे भण्डारीकै घरमा छिन् । तर उनीहरुको अहिलेसम्म विवाह दर्ता भएको छैन । 

सम्बन्ध सुमधुर भएको भए विवाह दर्ता जटिल विषय पनि थिएन तर वरिष्ठ अधिवक्ता भण्डारी र पाण्डेको सम्बन्ध चिसिएको छ । पाण्डेका अनुसार घर भित्र्याएको दिननै भण्डारी रसिया उडेका थिए । रसियाबाट ३ महिनामा फर्किएर आएपछि मात्रै सिन्दुर पोते भएको थियो । तर त्यसपछि पाण्डेको श्रीमतीप्रतिको व्यवहार फेरियो । 

पाण्डेको पनि पुरानो घरजम बिग्रिएपछि छोरीको भविष्यका लागि पनि दोस्रो घरजम सुमधुर बनाउन चाहन्थिन् । पाण्डेकी छोरीलाई सुरेन्द्रले पनि खुब माया गर्थे । बाबु छोरीको सम्बन्धकै कारण पाण्डेले सहेर बसेको बताउँछिन् । तर सम्बन्ध फेरिएन । घरमा कार्यालयको काम, मिटिङ भएको बताउने भण्डारी अन्य महिलाहरुसँग होटलमा पुग्ने गरेको आरोप श्रीमती पाण्डेको छ । पाण्डे भन्छिन्, ‘अभियानका लागि बैठक भन्दै घरबाट निस्कीएको मान्छे मध्यरातमा घर आउँदा झोलामा प्रयोग भएको अस्थायी साधन भेटियो ।’

तर सम्बन्ध ठुलो सोचेकी पाण्डेलाई गत वर्षको तिजमा अर्को झड्का लाग्यो । भण्डारी बुटवलमा मुद्दाका लागि जानु छ भन्दै विहान घरबाट निस्कीएका थिए । तिजको अघिल्लो दिन पाण्डे, उनकी छोरी र छिमेकी साथीहरु खाना खाएर घर फर्किदै थिए । बाटोमा भण्डारीको गाडी भेटियो । गाडीमा भण्डारी एक्लै थिएनन्, पाण्डेका अनुसार भण्डारी अर्की एक महिलासँग शंकास्पद अवस्थामा थिए । पाण्डेले उनलाई गाडी रोक्न भनिन् । भण्डारीले मानेनन् । गाडी कुदाए । पाण्डले भण्डारीको गाडीलाई पच्याछ्याउन थालिन् । पाण्डेले मध्यरातमा गाडी रोकिदिन प्रहरीलाई पनि गुहारिन् । 

तर भण्डारी भागे । अर्को दिन घरमा आउँदै आफ्नो वकिल साथी भएको र मुद्दाका विषयमा छलफलका लागि गाडीमा राखेको जवाफ दिए । तर ति महिला को हुन भन्ने बताउन सकेनन् । 

हामीले पनि भण्डारीलाई ति महिला को थिइन् भनेर सोध्याँै । उनले भन्न नमिल्ने बताए । उनले महिला आयोगमा दिएको जवाफमा पनि ति महिलाको बारेमा खुलाएका छैनन् । 

त्यसपछि पनि उनीहरु कहिले सँगै त कहिले फरक फरक बस्ने भैरह्यो । यही विचमा पाण्डे विदेश जानु पर्ने भयो । तर पासर्पोटको म्याद सकिन लागेकाले नयाँ पासपोर्ट आवश्यक भयो । अहिले अनिवार्य गरिएको इपासर्पोटका लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्छ । विवाहित पाण्डेलाई राष्ट्रिय परिचय पत्र बनाउन पहिला विवाह दर्ता आवश्यक पर्यो । वडा कार्यालयले भने अनुसार नै पाण्डेले फाराम भरेर भण्डारीलाई देखाइन् । उनले विवाह मिति आफू भण्डारीको घरमा भित्रिएको दिन नै उल्लेख गरिन् । तर वरिष्ठ अधिवक्ता भण्डारीले त्यस दिनको विवाह दर्ता गर्न मानेनन् । 

उनले २०७९÷८० को मात्रै विहे दर्ता गर्न आफू तयार रहेको ढिपी गरे । पाण्डेले यसअघिका श्रीमान्को सम्पत्तीको अंशबण्डा नामसारी नहुँदै आफूले विहे गरेकोले त्यहि समयमा दर्ता गर्दा आफू कानुनी अल्झन्मा फस्ने भएकाले विहे दर्ता नगर्ने भण्डारीले बताए । 

भण्डारीले हामीसँग पनि सोहि कुरा दोहार्यााए । हामीले कानुनको कुन व्यवस्थामा नामसारी नहुँदै विहे दर्ता गर्न हुँदैन लेखिएको छ भन्ने हाम्रो जिज्ञासामा भने उनले कानुनी व्यवस्था खुलाउन सकेनन् । 

भण्डारीले बरु अहिले आएर श्रीमतीलाई मार्ने वा आफूलाई मार्ने भन्दै धम्की दिन थालेका छन् । भण्डारीले पाण्डेकी पूर्वन्यायाधीश दाजु तथा सेनाको उच्च पदबाट रिटायर्ड उनका साथीकै अघि एकले अर्कालाई मारेमात्र विवाह दर्ताको समस्या मिल्ने धम्की दिएका थिए । 

समाजमा कानुनको व्याख्या गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय मुद्दामा बहस गर्ने वरिष्ठ अधिवक्ता भण्डारी आफ्नो जिम्मेवारी पुरा गर्न चुकेका छन् । उनले कानुननै हातमा लिने प्रयास गरेका छन् । भण्डारीले हामीसँग भने आफूले त्यस्तो नभनेको र काटछाँट गरिएको दाबी गरे । 

भण्डारीले यसअघि दुई श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेका छन् । सबैसँग अंशबण्डा पनि गरेका छन् । तर अहिले पनि पाण्डेले पहिलो श्रीमतीतर्फका छोराको नाममा सम्पत्ती खरिद गरेका छन् भने केही व्यवसाय समेत सञ्चालन गरेका छन् । जबकी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद हुँदा नै अंशबण्डा गरिसेकका थिए । यो विषय उनले आफँै स्वीकार गरेका छन् । 

भण्डारीकै तर्क मान्ने हो भने पनि उनले समेत यसअघि सम्बन्ध विच्छेद भएर अंशबण्डा भएका अंशियारको नाममा अहिले पनि कारोबार गरिरहेका छन् तर श्रीमती पाण्डेलाई भने अंश नामसारी ढिला भएकाले विवाह दर्ता पनि पछि नै गर्नुपर्ने भन्दै आएका छन् । 

साथै भण्डारीले आफ्नो सम्बन्ध विच्छेदको प्रमाणपत्र पनि बल्ल निकालेका छन् । पाण्डेको अंश र आफ्नो सम्बन्ध विच्छेदको प्रमाणपत्र अहिले हात परेकाले अहिलेकै समयमा विहे दर्ता गर्नु पर्ने भण्डारीको दाबी छ । 

तर पाण्डे भने भण्डारीको नियत खराब भएकाले भण्डारीको श्रीमती भनेर घरमा भित्रिएकै दिन विवाह दर्ता हुनु पर्ने माग गर्छिन् । अहिलेको विवाह दर्ताको मिति राखेर आफूलाई फसाउन खोजेको उनको आरोप छ । 

अधिवक्ता दम्पत्तीको मुद्दा राष्ट्रिय महिला आयोगमा समेत पुगेको थियो । तर महिला आयोग भने भण्डारीलाई सामान्य जवाफ सोधेर जिम्मेवारीबाट उम्किएको छ । वरिष्ठ अधिवक्ताको डरले आयोगले आफ्नो भूमिकाबाट उम्किएपछि पाण्डे अदालत जाने तयारीमा छिन् । 

यस विषयमा हामीले वरिष्ठ अधिवक्ता भण्डारीसँग लामो कुराकानी गरेका थियौँ । उनले समाचारमा कोट नगर्नु भन्दै लामो कुरा गरेपनि आधिकारीरुपमा भने यो विषयमा समाचारको विषय नभएको, समाचार बनाएमा आफू कानुनी प्रक्रियामा जाने दबाब दिए । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....