दाइजोमा सुनको सिक्रि नपाएपछि सरकारी कर्मचारीले गरे वरमाला भइसकेको विवाह रद्द

जियालाल साह

पर्सा । सोमबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २४ स्थित सुखल साहको घरमा विवाहको माहोल थियो । सो दिन बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहसँग सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह तय भएको थियो । 

सोमबार साँझ बाजागाजा सहित उमेश साह जन्ती लिएर रमिता कुमारीको घर पुगे । जन्तीलाई स्वागत गर्न रमिताका बाबु सुखल साहले कुनै कसुर बाँकी राखेका थिएनन् । जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको व्यवस्था गरेको थियो । बरमालामा वर बधु सहभागी भए, आफन्त लगायत सबै बेहुलासहित आएको जन्ती देखेर खुसीको सिमा थिएन । 


तर त्यो खुसी धेरेबेर टिक्न पाएन । बेहुला पक्षले दाइजो नपुगेको भन्दै बखेडा खडा गरे । बेहुला पक्षले दाइजोमा सुनको सिक्रि थप हुनुपर्ने माग राख्यो । बेहुली पक्षले बेहुला पक्षले भनेको अन्य धेरै मागहरु पुरा गरिसकेका थिए । तत्काल सुनको सिक्रि व्यवस्था गर्न संभव पनि थिएन । तैपनि बेहुली पक्षले बेहुला तथा उनको आफन्तलाई केही मत्थर पार्न खोजे तर सकेनन् । 

बेहुली पक्षले बेहुला पक्षको माग बमोजिम दाइजोको व्यवस्था गरिसकेको थिए । बेहुला उमेश वीरगंज महानगरको करार कर्मचारी हुन् । उनी महानगरको स्वास्थ्य शाखामा कम्प्यूटर अपरेटरको रुपमा कार्यरत छन् । सरकारी सेवाको करारमा रहेको भन्दै उमेशको परिवारले दाइजोमा नगद १२ लाख, मोटरसाइकलका लागि थप   नगद ३ लाख २५ हजार, छोरा कम्प्युटर अपरेटर भएकोले एक थान ल्यापटप र एक थान सुनको अंगुठी र हनुमानीको माला माग गरेका थिए । दुलही पक्षले उनीहरुले मागेबमोजिम दाइजोको व्यवस्था गरिसकेका थिए । तर कुरो अड्कियो सुनको सिक्रिमा । 


सिक्रिमा कुरा नमिल्दा बेहुला पक्षले सोमबार राति विवाह मण्डपमै झगडा गर्न थाले । बेहुलाको स्वागत भईसकेको थियो । बरमाला समेत भईसकेको थियो । तर सिक्रि नपाउँदा बहुला पक्षले बिभिन्न बहाना बनाउन थाले । विवाह नगर्न आलटाल गर्न थाले ।  बेहुलाले दाइजोमा सिक्रि नपाए विहे नगर्ने सर्त अगाडि सारेको बेहुलीका आफन्त विन्दुभुषण साह बताउँछन् । 

साहका अनुसार विवाद चर्कदै गयो । बेहुला पक्ष कुटपिटमै उत्रियो । त्यसपछि कसैले प्रहरीलाई खबर गरेको थियो । केही समयमा प्रहरी विवाह मण्डपमा पुग्यो । प्रहरीले बेहुला सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । 


ऋण काढेर छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेका बाबू सुखलले अब उमेशसँग छोरीको विहे गर्ने पक्षमा छैनन् । तर पक्राउ परेकालाई छुटाउन वीरगंज महानगरपालिका केही व्यक्तिहरुले वडा प्रहरी कार्यालयमा मिलापत्र गराउन दबाब दिईरहेको बेहुली पक्षले बताएको छ । 

यता बेहुली भने, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् । ल्याव टेक्निसियनकाे पढाइ सकेकी उनी भन्छिन् ‘एउटा सिक्रिको लागि विवाह नगर्ने बेहुलासँग विवाह गर्दा बिहेपछि दाइजोको लोभमा अन्य हिंसा गर्यो भने ?’

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंङ्गेलले घटना बारे वडा प्रहरी कार्यालयमा मिलापत्र भईरहेको बताएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरले भने मिलापत्रमा कुरा मिल्ला जस्तो नदेखेर जिल्ला प्रहरी कार्यालयमा पठाईदिएको बताएका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी दिनेश भुषालले भने दाईजोको विषयमा कुनैपनि मिलापत्र हुन नसक्ने बताए । 

मुलुकी अपराध संहिता, २०७४ को दफा १७४ ले परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन बर्जित गरेको छ । दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गरेमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था  छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....