मन्थलीमा ‘डोको डस्टविन’ अभियान

सिधाकुरा

रामेछाप । जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् । 

जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो ।  

रामेछाप–काठमाडौँ सिर्जनशील समाजले मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस लाइन हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला हुलाक, टेलिकम, पशुसेवा केन्द्र, घरेलु उद्योग हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रसहित कृषि विकास बैंकको चोकसम्मको चक्रपथ सडकमा करिब ४३ डोको राखिएको समाजका अध्यक्ष विपिन भट्टराईले बताए । 

नगरपालिकाले बजार क्षेत्र हुँदै मन्थली अस्पताल चोकबाट देवकोटा–बिपी–मदन आश्रित चोकसम्म करिब दुई सय डोको डस्टविन राखेको नगरप्रमुख लव श्रेष्ठले जानकारी दिए । बजारको सरसफाइलाई मध्यनजर गर्दै पहिलो चरणमा वडाध्यक्षसँगको समन्वयमा बजार क्षेत्रका वडाबाट अभियान थालिएको भन्दै अन्य वडामा पनि क्रमशः अभियान विस्तार गर्दै लैजाने उनले बताए । 

स्थानीयस्तरमा उत्पादन भएका डोको वातावरण मैत्री हुने तथा उत्पादित सामान पनि बिक्री हुने भएकाले यसलाई छनोट गरिएको समाजका अध्यक्ष भट्टराईले बताए । संस्थाबाट डोकोबापत सङ्कलन भएको रकमले स्थानीयको आर्थिक अवस्थामा टेवा पुग्ने उनको भनाइ थियो । 

यो अभियान सञ्चालनपश्चात सरकारी कार्यालयमा आउने सेवाग्राही र बजारमा आउने नागरिकले प्रयोग गरेको पानीका बोतल, अन्य फोहरजन्य वस्तु डस्टविनमा सङ्कलन गरी भोलिपल्ट बिहान नगरपालिकाले उक्त फोहर व्यवस्थापन गर्ने गरेको भट्टराईले जानकारी दिए । उनका अनुसार मन्थली बजारमा अधिकांश ठाउँमा स्टयान्ड बनाएर डोको डस्टविन राखिएको छ । 

डोको डस्टविनले स्थानीय उत्पादनलाई बजारीकरणमा सहजीकरण हुनु र बजार क्षेत्रमा जथाभावी फोहर तथा प्लाष्टिक फाल्ने, सडकमा वा पसल अगाडि फोहर थुपार्नेलगायत क्रियाकलापबाट बजारको सौन्दर्यलाई बचाइराख्नुका साथै व्यापारव्यवसाय थप चलायमान हुने अपेक्षा लिइएको स्थानीय व्यवसायी रामहरी उप्रेतीले बताए । उनले यसअघि डोको नराख्दा जथाभावी फोहर थुपार्ने गरिएकामा अभियानपछि बजार सुन्दर र सफा देखिएको बताए । 

यस्तो अभियान यसअघि अन्य जिल्लामा भएका भन्दै अहिले मन्थली सदरमुकाममा सुरु भएपछि आफू उत्साहित भएको स्थानीय टङ्क श्रेष्ठले बताए । सदरमुकाममा मात्र नभई जिल्लाका सबै पालिकाले यस किसिमका अभियान थाल्नुपर्ने उनको भनाइ थियो । 

यसअघि जिल्ला समन्वय समिति रामेछापले तय गरेको ‘सभ्य, समृद्ध र सक्षम रामेछाप’को नारालाई पूरा गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Sidhakura Investigation

कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||

  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||

  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||

Current Affairs

सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः....

  • सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः रास्वपा नेताहरु || SIDHAKURA ||
  • पोखरामा रास्वपा नेता कार्यकर्तामाथी सरकारको दमन || SIDHAKURA ||
  • रास्वपाको आन्दोलनमा घुस पैठ गर्ने को ? प्रर्दशन दबाउने प्रहरी प्रयास ||....
  • अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्....
  • हिरासतमा रविलाई भेटेर फर्किए पछि उपसभापति डिपी अर्याल र सहप्रवक्ता प्रतिभा रावल....
  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....