काठमाडाैँ : फुटपाथ व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले विकल्प नदिई बलजफ्ती हटाएको भन्दै उनीहरुको व्यवस्थापनको मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएका अभियन्टा ईः ललितपुर महानगरपालिका अगाडि पनि उभिने भएका छन् ।
ललितपुर महानगरपालिकाले फुटपाथ व्यवसायले सडकपेटी अस्तव्यस्त बनेको भन्दै केही स्थानमा फुटपाथ व्यवसाय गर्न नदिने बताएसँगै उनले उक्त निर्णय पुनर्विचार गर्न अनुरोध गर्दै महानगर अगाडि उभिने भएका हुन् । उनले आफू मंगलबार ३ बजेदेखि १०८ मिनेट उभिने बताएका हुन् ।
सोमबार फेसबुकमा एक स्टाटस राख्दै उनले ललितपुर महागरले गरेको सो सो निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन्। त्यस्तै उनले ललितपुरको आत्मा नमार्न पनि अनुरोध गरेका छन् ।
‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,’ उनले लेखेका छन्, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’
त्यस्तै उनले सधैँजसो भनिरहने वाक्यांश, ‘विस्थापन होइन, व्यवस्थापन गर’, लाई पुनः दोहोर्याएका छन् । उनले लेखेका छन्, ‘कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर।’