पाँच तारे होटल 'द्धारिकाज'सहित 'बसेरा' र 'ले हिमालय होटल'को भान्सामा दूषित खाद्य वस्तु फेला

सिधाकुरा

काठमाडौँ । काठमाडौँका नाम चलेका पाँच तारेसहितका होटलको भन्सारमा दूषित खाद्य वस्तु प्रयोग हुने गरेको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ति होटलहरुको भान्साको अनुगमन गर्दा उपभोग्य मिति सकिएका खाद्य वस्तुहरु बरामद भएको हो ।

तीन वटै होटलमा होटलका ग्राहकका लागि तयार गरिने खानाका कच्चा खाद्य वस्तुहरु उपभोग्य मिति सकिएको अवस्थाको प्रयोग गरिने अनुगमनका क्रममा फेला परेको विभागका सूचना अधिकारी आनन्द पोख्रेलले बताए । गौशालामा रहेको पाँच तारे द्धारिककाज बुकिटसहित, बबरमहलको बसेरा बुटीक होटल र लाजिम्पाटको ले हिमालयन होटलको भान्सामा अखाद्य वस्तु फेला परेको पोखरेलले बताए ।

‘पाँच तारे होटलकै भान्सा यस्तो होला भन्ने सोचेका थिएनौँ,’ सूचना अधिकारी पोखरेलले भने, ‘पाँच तारेदेखि बुटिक भनिने र नाम चलेकै होटलको भान्सामा दूिषत खाद्यान्न  भेटियो ।’ विभागका अनुसार होटलको भान्साहरुमा पिठो, ग्रीन इडिबल तेल, कोकटन क्रिम, दुध, मेथी, ब्रेड, दही, जुस जस्ता खाद्य वस्तुहरु उपभोग्य मिति समाप्त भइसकेके अवस्थामा प्रयोग गरिने गरेकोे पाइएको छ ।   

पाँच तारे होटलमा उपभोग्य मिति सकिएको पिठो

काठमाडौँको गौशालामा रहेको द्धारिकाज होटल नेपाली तथा विदेशी पाउहुनाका लागि पहिलो रोजाइमा पर्ने होटल हो । विभिन्न मुलुकका सरकार प्रमुख समेत बस्ने यो होटलको भान्सा नै दूषित रहेको विभागले बुधबार गरेको अनुगमनमा खुलेको छ । विभागले बुधबार सो होटलको भान्सामा प्रयोग हुने वस्तुहरु अनुगमन गर्दा ११ हजार ६ सय मूल्य बराबरको पिठो, एडिबल कलर , कोकनट क्रिम अखाद्य रहेको फेला पारेको हो ।


होटलले ग्राहकलाई उपलब्ध गराउउने भोजनम प्रयोग गरिने तीन वटै वस्तुको उपभोग्य अवधि (एक्सपायरी डेट) सकिएको पाइएको सूचना अधिकारी पोखरेलले बताए । विभागले सो होटलम बरामद म्याद सकिएका सामाग्री नष्ट गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।

प्रशासनिक अड्डा मै सडेको जुस र ब्रेड

सिंह दरबारको दक्षिणी मूख्य प्रवेशद्धारको छेउमै रहेको बसेरा बुटिक होटललाई पछिल्लो समय प्रशासनिक अड्डाको नामले चिनिन्छ । सिंहदरबार भित्र गर्न नमिल्ने कर्मचारीहरुँंगको कुराकानी  र डील यही होटलमा हुने भन्दै यो होटल बदनाम छ । सिंहदरबारका मानिसले रुचाएको सोही होटलको भान्सामा भने सडेको जुस र पाउरोटी (ब्रेड) वाणिज्य विभागले फेला पारेको छ । 


विभागले मंगलबार होटलको स्थलगत अनुगमन गरेको थियो । अनुगमन क्रममा होटलको भान्सामा उपभोक्ताका लागि दिइने जुस र पाउरोटी म्याद सकिएको अवस्थामा फेला परेको विभागले जनाएको छ । सो होटलबाट उपभोग्य मिति सकिएको खाद्यान्नहरु जफत गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

ले हिमालयको भान्सामा दूषित खाद्यान्न धेरै

अनुगमन भएका मध्ये काठमाडौंको लाजिम्पाटमा रहेको ले हिमालयन होटलको भान्सामा सबै भन्दा धेरै उपभोग्य मिति सकिएको खाद्यान्न फेला परेको वाणिज्य विभागले जनाएको छ । होटलले प्रयोग गर्ने, दुध, मेथी, ब्रेड (पाउरोटी), दही र पिठोको उपभोग्य मिति सकिएको पाइएको विभागको अनुगमन टोलीले जनाएको छ । उपभोग्य मिति सकिएको अवस्थामा १० हजार ८२० रुपैयाँ मूल्य बराबरको ति वस्तु नष्ट गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....