काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक दोस्रो पटक पनि स्थगित भएको छ । कांग्रेसका सांसदहरुको नारावाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गरेका हुन् ।
यस अघि पनि कांग्रेसले संसद अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि सुरु भएको दोस्रो बैठक पनि कांग्रेसले चल्न नदिएको हो ।