अपार्टमेन्टमा लेउ र झाडी, भेलबाढीमा सुकुम्बासी

लक्ष्मण गिरी

काठमाडाैँ । ‘एउटा सुख सयलमा बसेको मानिसले गरिबका भावना र पीडाहरूलाई बुझ्न कठिन हुन्छ’, यो भनाई हालका प्रधानमन्त्री केपी शर्मा ओलीको हो । २०७९ मंसिर १४ गते पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध कटाक्ष गर्दै यस्तो टिप्पणी गरेका थिए । 


अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती किनाराको सुकुम्बासी वस्ती हटाउन १० दिने सूचना जारी गरेपछि २०७९ मंसिर १३ गते काठमाडौँ महानगरले थापाथली क्षेत्रबाट सुकुम्बासी हटाउन बल प्रयोग गरेको थियो । महानगरको सो कदमविरुद्ध ओली ढाल बनेर सुकुम्बासीको पक्षमा उभिएका थिए । 

खोला छेउका सुकुम्बासीको पक्षमा उभिएका ओलीविरुद्ध १९ महिनापछि आगो ओकल्दै महानगरका मेयर बालेन शाहले लेखे ‘काठमाडौँका खोला छेउका २ हजार परिवारमाथि अझै कति समय खेलवाड गरेर भोटको राजनीति गर्ने हो माननीय केपी शर्मा ओली ज्यू ?’

असार २१ गते शुक्रबार साँझ ९ बजेबाट काठमाडौँ उपत्यकासहित देशैभर अविरल वर्षा सुरु भयो । देशभर बाढी र पहिरो निम्त्याएको सो वर्षाले २२ गते मध्यान्हपछि काठमाडौँको बागमती नदी क्षेत्र वरपरको सुकुम्बासी वस्तीमा पनि डुबान  सुरु भयो ।

थापाथली, बल्खु, टेकु लगायतका स्थानमा बाक्लो र असुरक्षित बस्ती विस्तार गरेका सुकुमबासीहरूको घरटहरामा बागमती उर्लियो र खाने बस्ने अधिकांश सामान डुब्यो र बगायो । डुबानबाट भएको सम्पत्ति जोगाउन बस्तीमा मानिसहरू झिटी गुन्टा कसेका हृदय बिदारक दृश्य बागमती नदी किनारामा देखिरहँदा सुरु भयो बाढी र सुकुम्बासी माथिको राजनीति । 

बाढीको चपेटामा परेका जनताको दर्दनाक दृश्य देखाएर एक पक्षले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरका मेयर बालेन शाहका कारण सुकुम्बासीहरू बाढीमा डुबेको तर्क थाले ।

सुकुम्बासी वस्ती डुब्नुमा आफ्नो नाम जोडिएपछि बालेनले पनि हालका प्रधानमन्त्री एवम् तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले भोटको राजनीति गर्दा सुकुम्बासीको बिचल्ली भएको दाबी सामाजिक सञ्जालबाटै लेखिदिए ।


बागमतीको बाढीले सुकुम्बासी बस्ती डुब्नु हरेक वर्षको बर्खाको नियमित तालिका जस्तै भएको छ । बागमती उर्लिने बितिक्कै बस्तीका मानिसहरू झिटिगुन्टा पोको पारेर सुरक्षित आश्रयस्थल खोज्न थाल्छन् । तर, सुरक्षित बासस्थानका लागि बनाइएको सुबिधासम्पन्न नार्गाजुनको अर्पाटमेन्टमा भने १० वर्षदेखि सुकुम्बासीहरू बस्न मानिरहेका छैनन् । 

पूर्ण प्रयोगमा नआएर जीर्ण बन्दै गरेको सुविधा सम्पन्न अपार्टमेन्टका केही हिस्सामा स्थानीय सरकारले वडा कार्यालय र प्रहरी पोष्ट सञ्चालन गरेको छ भने केही भाग केपी ओली नेतृत्वकै सरकारको निर्णयबाट मानव सेवा आश्रमले प्रयोग गरिरहेको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष पत्नि राधिका शाक्य संरक्षक रहेको मानव सेवा आश्रमले सुकुम्बासीको भवन प्रयोग गरिरहँदा बागमती किनाराका सुकुम्बासी डुब्नुको कारण बालेन भएको आरोपमा एमाले पङ्ति उभिएको छ ।    

बाढीले सुकुम्बासी बस्ती डुबेपछि  महानगरका मेयर बालेन साहले खोला बस्तीमा पसेको नभई राजनीतिक संरक्षणको आडमा खोलामा बस्ती बसाउन मानिसहरू पसेको आरोप लगाए । खोला बग्ने क्षेत्र खाली गर्न राजनीतिक संरक्षण बाधक रहेको बालेनले खुल्लमखुल्ला बताउँदै आएका छन् ।  

२०७९ मंसिरमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको सुकुम्बासी बस्ती हटाउन १० दिने सार्वजनिक सूचना जारी गरेको थिए । 

समितिको आदेश मानेर हडपिएको क्षेत्र छोड्नुको साटो सुकुम्बासीले उल्टै महानगरको प्रहरी बल विरुद्ध आक्रमण गरेका थिए । महानगर र थापाथली क्षेत्रका सुकुम्बासी बिच भिषण भिडन्त भएपछि यसले राजनीतिक रङ्ग पाएको थियो । एमाले, माओवादी लगायतका दलहरुले बालेन र महानगरको धरपकडको चर्को आलोचना गर्दै सुकुम्बासीको पक्ष लिएका थिए ।

तत्कालीन सरकारमा रहेको कांग्रेसले पनि महानगरलाई खोला छेउ खाली गर्न असहयोग गरेर सुकुम्बासीलाई खोलाकै छेउमै राख्ने नीति लिएको थियो । 

शहरको खोला किनारामा सुकुम्बासी बस्न पाउनु पर्छ र बस्न हुन्न भन्ने विवाद पछिल्लो १३ वर्ष देखि निकै पेचिलो बनिरहेको छ । २०६८ सालमा पहिलो पटक तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले बागमती किनारको सुकुम्बासी वस्ती व्यवस्थित गर्न पहल थालेका थिए ।

सुकुम्बासीलाई नार्गाजुन नगरपालिका १ रानीवनमा सुविधा सम्पन्न ५ वटा अपार्टमेन्ट बनाउन थालिएको भन्दै उनकै पहलमा शहरी विकास मन्त्रालयले बागमती करिडोर क्षेत्रमा डोजर चलाएको थियो । तर, त्यसलाई पनि तत्कालीन उनकै पार्टी माओवादीदेखि एमाले र कांग्रेस लगायतका सबैले अवरोध गरे ।

खास सुकुम्बासीलाई सूचीकरण र वर्गिकरण गरेर राख्न भन्दै तत्कालीन समयमा १२ करोड रुपैयाँ खर्चिएर भट्टराई सरकारले २ सय २४ वटा फ्याल्टको ५ वटा अपार्टमेन्ट बनाएको थियो । 

राज्यले करोडौँ रुपैयाँ खर्चिएर बनाएको भवन एक दशकदेखि प्रयोग नहुँदा खुइलिँदै, मक्किँदै र झाडीले भरिँदै गइरहेका छन् भने अपार्टमेन्टबाट ५ किलोमिटरको दुरीमा रहेका सुकुम्बासीहरू बागमती नदी करिडोरमा बाढीमा परेर कन्तबिजोग भोगिरहेका छन् । 


करिब २ सय ५० परिवारलाई राख्न सकिने सुविधा सम्पन्न भवन प्रयोग गर्नेबारे सरकारी निकाय मौन छन् भने सुकुम्बासी व्यवस्थापन गर्न नदिन दलीय झगडामा प्रमुख दल अग्रणी भूमिकामा छन् । 

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विकल्प दिएर हटाउन गरेको फैसलाको पूर्णपाठ भर्खरै सार्वजनिक भएको छ । न्यायाधीश डा।आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको छ । 

अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी स्थानान्तरणका लागि हाल रानिवनमा बनेको आवासमा स्थानान्तरण गर्ने विकल्प दिएको छ भने उक्त सुविधाले नपुग्ने भए आवश्यक संख्यामा अन्यत्र आवासको व्यवस्था गर्ने, ती स्थानमा जान नचाहने वास्तविक सुकुम्बासीलाई स्थानान्तरणको सहजीकरणकालागि तत्काल राहतका रुपमा पैसा दिएर भए पनि अतिक्रमण हटाउन आदेश दिएको छ ।

नागार्जुन नगरपालिका १ का वडा अध्यक्ष रामेश्वर लामा सरकारले सुकुम्बासी बस्ने भनेर बनाएका भवनहरुका सुकुम्बासी राख्न कुनै समस्या नहुने बताउँछन् । आफूहरुको वडा कार्यालय अस्थायी रुपमा सञ्चालन गरेको उनले बताए । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....