‘सहकारी छानबिन समिति बनाएपछि धनराजले यो कुरा बाहिर नल्याइदिन तीन पटकसम्म घरमा छलफल गरे’ : कुम्भराज गुरुङ

सिधाकुरा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवम् स्याङ्जाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उनकी पत्नी ज्योति गुरुङमाथि सहकारी ठगीको आरोप लागेको छ ।  


पूर्व कानुनमन्त्रीसमेत रहेका गुरुङ र उनकी पत्नी ज्योती गुरुङले ललितपुर महानगरपालिका १४ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी परेको हो । सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सो जाहेरी दर्ता गराएका हुन् । 

प्रहरीमा परेको सो जाहेरी सोमबार बिहान जनता टाइम्स डटकम अनलाइन पोर्टलले सार्वजनिक गरेको छ । सार्वजनिक भएको जाहेरीमा स्याङ्जा जिल्लाको साविक अर्जुन चौपारी ७ हाल अर्जुन चौपारी २ लामिडाँडा घर भई ललितपुर महानगर १ थसिखेल बस्ने ज्योति गुरुङ र सोही ठेगानाका धनराज गुरुङले आर्थिक अपराधको ठगी गरेको आरोप लगाइएको छ।

जाहेरीमा कति रकम ठगी गरिएको हो भन्ने खुलाइएको छैन् । सीआईबी उच्च स्रोतले पनि धनराज गुरुङ र उनको पत्नी ज्योति गुरुङले आर्थिक ठगी गरेको भन्दै जाहेरी परेको सिधाकुरासँग बताएको छ । ‘विषय बाहिर नल्याउन सत्तापक्षबाट चर्को दबाब भएका कारण विस्तृतमा थप बताउन सकिँदैन,’ एक अधिकारी भने, ‘यो विषयमा थप अनुसन्धान अघि नबढाउन माथिको आदेश छ ।’ 

सीआईबीमा जाहेरी दिएका सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत भदौ ६ गते सहकारी ठगी सम्बन्धमा अनुसन्धान गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिमा पनि गएर बयान दिएका छन् । 

८१ वर्षीय कुम्भराजले समिति समक्ष दिएको बयानमा धनराज र उनकी पत्नीले १४ करोड ८१ लाख रुपैयाँ रकम ठगी गरेको बयान दिएका हुन् । 

समिति स्रोतले गुरुङको बयान उदृत गर्दै भन्यो, ‘ज्योति गुरुङ मितेरी बचत तथा ऋण सहकारीको म्यानेजर र फाइनान्स प्रमुख पदमा कार्यरत थिइन । सहकारीको अध्यक्ष म भए पनि विश्वासकै भरमा सबै जिम्मेवारी उनैलाई छोडेका थियौँ । तर, १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेर उनी बेपत्ता भइन् ।’

ज्योतिले अपचलन गरेको सहकारीको रकमको साक्षी उनका पति धनराज गुरुङ बसेको बयान पनि कुम्भराजले समितिमा दिएको समितिका एक सदस्यले बताए । रकम अपचलन भएपछि पटकपटक रकम फिर्ता गर्न भने पनि कुनै सुनवाई नभएको कुम्भराजले बयानमा भनेका छन् । 

सहकारी ठगी सम्बन्धमा छानबिन गर्न संसदीय समिति बनेपछि आफूलाई धनराज गुरुङले तीन पटकसम्म घरमा बोलाएर यो विषय बाहिर कतै नभन्न भनेको पनि कुम्भराजले समिति समक्ष बयान दिएका छन् । ‘सहकारी ठगी सम्बन्धमा संसदीय समिति बनेपछि धनराजजीले घरमा बोलाएर तीन पटक छलफल गर्नुभयो,’ कुम्भराजको बयान उदृत गर्दै स्रोतले सिधाकुरासँग भन्यो, ‘आफ्ना छोरा छोरीहरू विदेशमा रहेको र उनीहरूले पैसाको व्यवस्था गर्ने भन्दै यो कुरा कतै नभन्न धनराजजीले आग्रह गर्नुभयो ।’ 

सहकारी अध्यक्षको जिम्मेवारीमा रहेको आफूलाई बचतकर्ताबाट ठग र अपराधीको रुपमा चित्रित गर्न थालेपछी बाध्य भएर न्याय खोज्न ठगहरुमाथि कारबाही होस् भनेर समिति समक्ष बयान दिन आएको अध्यक्ष कुम्भराजले दाबी गरेका छन् । 

ठगीको रकम फिर्ताबारे पछिल्लो पटक धनराजसँग कुरा गर्दा श्रीमतिले आफूसँग सम्बन्ध बिच्छेद गरेको र उनी कहाँ छिन् भन्ने समेत आफूलाई जानकारी नभएको भनी धनराजले बताएको कुम्भराजको बयानमा उल्लेख छ । 

सहकारीको रकम गुरुङ दम्पत्तिले क्रिप्टोमा लगानी गरेको हुनसक्ने आशंका पनि समितिको बयानमा कुम्भराजले गरेका छन् । आफूले बचत अपचलन नगरेको भन्दै वृद्ध अवस्थामा आफूमाथि लागेको आरोप पखाल्न समितिमा आएको भन्दै अध्यक्ष कुम्भराज रोएको पनि समिति स्रोतले बतायो ।

कुम्भराजसँग समितिले भदौ ६ गते साँझ सोधपुछ गरेको थियो । ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको ४४ औँ बैठक ६ भदौ २०८१,’ समितिका सभापति सूर्यबहादुर थापाले आफ्नो फेसबुकमा लेखेका छन् ‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये आज मितेरी वचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष ८१ बर्षीय कुम्मराज गुरूङलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको छ ।’


सिधाकुराको सम्पर्कमा आएका सहकारीका अध्यक्ष कुम्भराज गुरुङले भने सो प्रकरणमा बोर्ड सदस्यसँग छलफल गरेर मात्रै प्रतिक्रिया दिने बताए । सुरुमा भिडियो कुराकानीका लागि तयार भएका गुरुङ पछि भने जसोतसो चलिरहेको सहकारीमा थप समस्या नओस् भनेर बोल्न नचाहेको भन्दै पन्छिए । ‘घरमै आएर कुरा गरौँला तर म बोर्ड सदस्हरुसँग कुरा गरेर भन्छु,’ अध्यक्ष गुरुङले भने, ‘भयो अहिले थप कुरा नगरौँ ।’ 

यता सहकारी ठगीबारे आफूमाथि लागेको आरोपबारे सिधाकुरासँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति, सांसद एवम् पूर्वमन्त्री धनराज गुरुङले सो आरोप मिथ्या भएको दाबी गरे ।   

सो सहकारीमा प्रबन्धकको रुपमा काम गर्ने ज्योति गुरुङ आफ्नो पूर्वपत्नी भएको भन्दै उनले त्यो सबै कुराको जिम्मेवार उनी नै हुने बताए । आफ्नो घर व्यवहार सोही सहकारीको अध्यक्षका कारण बिग्रिएको भन्दै सांसद गुरुङले ठगीबाट आफू जोगिन सबै दोष अध्यक्षले आफूलाई लगाइएको उनको भनाई छ ।

‘सहकारीका अध्यक्ष कुम्भराज र तत्कालिन प्रबन्धक मेरी पूर्व श्रीमतिका कारण सहकारीमा समस्या भएको हो,’ सांसद गुरुङले भने, ‘यसमा मेरो कुनै संलग्नता छैन् । मलाई मुछेर सहकारीका अध्यक्ष आफ्नो किर्ते लुकाउन कसैको उक्साहटमा लागि परेका छन् ।’

उनले आफूले छानबिनमा सरकारका निकायलाई सघाउने पनि बताए ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....