हेटौंडा । धनगढीबाट विराटनगर जाँदै गरेको बस बारामा दुर्घटनामा परेको छ । केहीबेर अघि भएको उक्त दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् ।
मकवानपुर प्रहरीले दिएको प्रारम्भिक सूचनाअनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्ज तीन नम्बर पुलबाट ना ६ ख ९०३० नम्बरको बस खसेको थियो ।
सडकबाट खोलामा खसेको बसका यात्रुहरूलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइँदै गरिएको छ । दुर्घटनाबारेको थप विवरण आउन बाँकी छ ।