आगलागीबाट ५ वर्षमा साढे ९ अर्बको क्षति

सिधाकुरा

काठमाडौँ । आगलागीका कारण पछिल्लो पाँच वर्षमा साढे नौ अर्ब बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआएम)का अनुसार आगलागीका कारण बस्तीलगायतका संरचनामा क्षति पुग्दा रु नौ अर्ब ४७ करोड ४५ लाख ९३ हजार दुई सय २७ बराबरको आर्थिक क्षति भएको छ । 

विसं २०७७ देखि २०८१ को वैशाख दोस्रो सातासम्मको अवधिमा आगलागीका कारण उक्त क्षति भएको प्राधिकरणको भनाइ छ । सो आगलागीबाट चार सय २२ जनाले ज्यान गुमाएका छन् भने एक हजार सात सय छ जना घाइते भएका छन् । 

विसं २०८१ मा पाँच सय ६८ वटा आगलागीका घटनाबाट करिब ३१ करोड ७६ लाख बराबरको क्षति भएको छ । आगलागीका कारण १६ जानाले ज्यान गुमाइसकेका छन् भने ५२ जाना घाइते भएका छन् । यस वर्ष आगलागीबाट एक हजार ९४ घरपरिवार प्रभावित भएका छन् भने दुई सय २८ घरमा आंशिक र छ सय २८  घरमा पूर्ण क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । साथै यस अवधिमा दुई सय ८२ गोठमा क्षति पुगेको छ भने चार सय पशु चौपायामा पनि क्षति पुगेको प्राधिकरणको भनाइ छ । 

प्राधिकरणका लागि विसं २०८० मा चार हजार ४६ आगलागीका घटनामा करिब दुई अर्ब ५२ करोड बराबरको आर्थिक क्षति भएको छ । यस अवधिमा एक सय आठ जनाले ज्यान गुमाएका थिए भने पाँच सय चार घाइते भएका थिए । सो अवधिमा पाँच हजार एक सय १२ घरपरिवार प्रभावित भएका थिए । साथै पाँच सय ११ घरमा आंशिक र एक हजार ८३ घर पूर्णरुपमा क्षति पुगेको थियो । आठ सय ८६ गोठमा क्षति पुगेको दुई हजार एक सय ४८ पशु चौपाया क्षति भएको पाइएको छ । यस अवधिमा भने पाँच वर्षकै धेरै आगलागीका घटना भएको तथ्याङ्क छ । 

विसं २०७९ तीन हजार २४ वटा आगलागीका घटना भएकामा दुई अर्ब ५१ करोड बराबरको क्षति भएको थियो । सो अवधिमा भने एक सय नौ जनाको मृत्यु भएको थियो भने तीन सय ९२ जना घाइते भएका थिए । तीन हजार सात सय ३६ घर प्रभावित भएका थिए । साथै पाँच सय ८२ घर आंशिक र नौ सय ७६ घर पूर्णरुपमा क्षति पुगेको थियो । यस अवधिमा सात सय १८ गोठ र दुई हजार ८६ पशुचौपयामा क्षति पुगेको प्राधिकरणको भनाइ छ । 

यसैगरी विसं २०७८ मा भने दुई हजार छ सय ३१ वटा आगलागीका घटना हुँदा रु दुई अर्ब २६ करोड बराबरको क्षति हुँदा ९२ जनाले ज्यान गुमाएका छन् थिए भने तीन सय ७९ जना घाइते भएका थिए । यस अवधिमा आगलागीका कारण दुई हजार आठ सय ५७ घरपरिवार प्रभावित भएका थिए । साथै सात सय २५ घर आंशिक तथा सात सय ४९ घरमा पूर्णरुपमा क्षति पुगेको थियो । यस अवधिमा छ सय १३ गोठमा क्षति पुगेको र नौ सय ६८ पशु चौपयामा क्षति पुगेको थियो ।

विसं २०७७ मा दुई हजार छ सय ३१ वटा आगलागीका घटना भएकामा रु एक अर्ब ८५ करोड बराबरको क्षति पुगेको थियो । साथै ९७ जनाको मृत्यु भएको थियो भने तीन सय ७९ जना घाइते भएका थिए । यस अवधिमा तीन हजार चार सय २७ परिवार प्रभावित भएका थिए साथै छ सय ९५ घरमा आंशिक र एक हजार एक सय ३८ घरमा पूर्णरुपमा क्षति पुगेको थियो । प्राधिकरणको तथ्याङ्कअनुसार सात सय ९७ गोठमा क्षति पुगेको थियो भने एक हजार चार सय २८ पशु चौपायामा क्षति पुगेको छ । 

आगलागीजन्य विपदबाट क्षतिग्रस्त निजी आवास मर्मत वा अस्थायी आवास अनुदानको व्यवस्था गरिएको छ । आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान वितरण कार्यविधि, २०७८ मा मर्मत वा अस्थायी आवासका लाभग्राहीले सम्झौताअनुसार काम सुरु गरेको अवस्थामा रु २५ हजार र कार्य सम्पन्न गरेको प्राविधिक जाँचपास प्रतिवेदनका आधारमा रु २५ हजार गरी जम्मा रु ५० हजार पाउने उल्लेख छ ।  

आगलागीजन्य विपदबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण वा पुनःस्थापनाका लाभग्राहीले निजी आवास पनुःनिर्माण वा पुनःस्थापनाका लागि क्षतिको यथार्थ प्राविधिक मूल्याङ्कनका आधारमा हिमाली जिल्लामा बढीमा रु पाँच लाख, पहाडी जिल्लामा बढीमा रु चार लाख र तराईका जिल्लामा बढीमा रु तीन लाख गरी तीन किस्तामा पाउने कार्यविधि छ । 

सम्झौता हुनासाथ पहिलो किस्ताबापत रु ५० हजार, ‘प्लिन्थ लेभल’सम्म आवास निर्माण सम्पन्न गरिसकेपछि अनसूची–६ बमोजिम निर्माण सम्पन्न गरेको प्राविधिक जाँच प्रतिवेदनका आधारमा दोस्रो किस्ताबापत हिमाली जिल्लामा रु दुई लाख ५० हजार, पहाडी जिल्लामा रु दुई लाख र तराईका जिल्लामा रु एक लाख ५० हजार अनुदान पाउने कार्यविधिमा उल्लेख गरिएको छ । 

तर सरकारी निकाय वा संस्थाबाट अनुदान प्राप्त गर्ने गलत मनसायले जानाजानी वा लापरबाहीपूर्वक घर आगलागी गरेमा वा वन डढेलो वा आगलागीजन्य अन्य कार्य गरेको पाइएमा कुनै पनि अनुदान रकम उपलब्ध नहुनेसमेत कार्यविधि उल्लेख छ । कार्यविधिअनुसार जानाजानी वा लापरबाहीपूर्ण कार्य गर्नेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलले हरेक वर्ष बढ्दो आगलागी तथा वन डढेलो न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षण सहितका पहल गरिरहेको जानकारी दिएका छन् । “आगलागी नियन्त्रणका लागि हामीसँग भएका अग्नि नियन्त्रणका उपकरण पर्याप्त हुन नसक्दा प्रभावकारीरुपमा नियन्त्रणका गतिविधि सञ्चालन गर्न सकिरहेका छैनाँै”, उनले भने, “पर्याप्त बजेट अभावका कारण ती उपकरणहरु खरिद हुन सकेको छैन ।”

आगलागी र डढेलोको जोखिम कम गर्न आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री जिल्ला तथा स्थानीय तहलाई वितरण, सबैखालका सञ्चारमाध्यममार्फत सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रसारण, सरोकारवाला निकायसँग विपद् संवाद, तालिम सञ्चालन तथा स्व–अध्ययन सामग्रीको उपलब्धता, आवास गुमाएका नागरिकको उद्धार तथा तुलनात्मकरुपमा सुरक्षित आवास निर्माण गर्न अनुदान वितरणलगायतका कार्य गरेको पोखरेलले जानकारी दिए ।  

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पनि बस्तीका आगलागीमध्ये विद्युत् ‘सर्ट’ हुनु, वन डढेलो बस्तीमा सर्नु, सतर्कता अपनाउन नसक्नुले गर्दा बस्तीमा आगलागी हुने गर्छ । “फुस तथा घरका छाना, काठका घर छन् भने घाना पकाउने क्रममा पनि आगलागी भएका घटना छन् । चाडपर्वमा बत्ती बालेर छोड्दा पनि आगलागीका घटना बढेको पाइएको छ”, उनले भने । 

आगलागी नियन्त्रणका लागि दमकल र फयरपम्प पर्याप्त नहुँदा समस्या भएको उनको भनाइ छ । “दमकल एक सय ५८ वटा चालु अवस्थामा छन् भने २२ वटा बिग्रिएको अवस्थामा छन् र एक सय १४ वटा फायरपम्प स्थानीय तहमा वितरण भएका छन्”, उनले भने, “यी उपकरणहरु पर्याप्त छैनन् ।” 

आगलागी नियन्त्रणका दक्ष जनशक्ति नहुँदा पनि समस्या भइरहेको भन्दै भट्टराईले स्थानीय तहलाई पनि आगलागी नियन्त्रणसम्बन्धी तालिम आवश्यकता रहेकामा जोड दिएका छन्। प्राधिरकणका अनुसार यस वर्ष पनि वर्षा कम भएको र आगलागी तथा वन डढेलाका घटनाको जोखिम अधिक भएकाले पनि यसतर्फ प्राधिकरणले विशेष ध्यान दिएको छ । 

इसिमोड र वन तथा भू–संरक्षण विभागको साझेदारीमा डढेलो पहिचान तथा अनुगमन प्रणालीको प्रयोग गरी प्रत्येक दिन देशभर लागेको डढेलोको अनुगमन गर्ने व्यवस्था गरिएको छ । आगलागी र वन डढेलोको जोखिमको अवस्थाको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा नियन्त्रणका कार्य सञ्चालन गर्न आगलागी तथा वन डढेलोसम्बन्धी ‘लाइभ’ जानकारी समेत दिँदै आइएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....