मेलम्ची । २०७८ असार १ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो। हेलम्बु गाउँपालिकामा पर्ने भोम्राथाङ्ग उपत्यकामा आएको पहिरोको कारण मेलम्ची खोलामा बाढी आएको थियो ।
मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले २३ भन्दा बढी स्थानीय बेपत्ता भएका थिए भने खोलामा आएको बाढीले ६० भन्दा बढी घर टहरा बगाएको थियो । मेलम्ची र हेलम्बुमा गरेर करौडौँको धनजनको क्षती भएको थियो । मुख्यगरि बाढीले हेलम्बु देखि चनौटे हुँदै मेलम्ची बजारसम्म क्षती पुर्याएको थियो । बाढी गएको दुई वर्ष बितिसक्दा पनि मेलम्ची , चनौटे बजारहरु पुर्ण शैलीमा फर्किन सकेका छैनन । हेँरौ तस्बिरहरु