दुर्गा प्रसाईँको ८ करोडको जग्गालाई २ अर्ब ऋण दिने बैंकहरु, जसले जनताको ६ अर्ब निक्षेप जोखिममा पारे

सिधाकुरा

काठमाडौँ । २० लाख भन्दा कम ऋण मिनाह गराउने, बैंक तथा वित्तिय संस्थाले लिलाम गरेका सम्पत्ति फिर्ता गराउने तथा गणतन्त्र फाल्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ७ गते काठमाडौँमा आन्दोलन गर्दै छन् । 

जिल्लाहरुबाट समेत ठुलो संख्यामा सर्वसाधारण काठमाडौँमा भेला हुने भन्दै प्रसाईँले चर्को प्रचार गरिरहेका छन् । गरिब, किसानको ऋण मिनाहाको आश्वासन फ्याँकेका प्रसाईँ आफू भने ६ सय करोड भन्दा धेरै ऋण बोकेका ऋणी हुन् । 

दुर्गा प्रसाईँको अभिव्यक्ति र राष्ट्र बैंक स्रोतबाट प्राप्त विवरण अनुसार उनले नेपालका ‘क’ वर्गका ठुला वाणिज्य बैंकदेखि ‘ख’ वर्गका विकास बैंक तथा ‘ग’ वर्गका फाइनान्सबाट समेत करोडौँ ऋण लिएका छन् । 

दुर्गा प्रसाईँको कुन बैंकमा कति ऋण ? 

दुर्गा प्रसाईँलाई प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नविल बंैक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सले ऋण खन्याएका छन् । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल, बि एन्ड सी अस्पताल, होटल एट्रियम, शुभम् हाउजिङका नाममा ऋण लिएका छन् ।


प्रभु बैंकले प्रसाईँको होटल एट्रियम, पूर्वाञ्चल क्यान्सर अस्पताल, र बि एण्ड सी अस्पतालमा १ अर्ब २० करोड लगानी गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

यस्तै ग्लोबल आइएमई बैंकसँग मर्ज भएको जनता बैंकबाट १ अर्ब बढी ऋण लिएका छन् भने हाल कुमारी बैंकमा मर्ज भएको तत्कालीन एनसीसी बैंकबाट १ अर्ब ऋण लिएका छन् । 

कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण दिएको छ ।

त्यस्तै, हाल नबिल बैंकमा गाभिएको तत्कालिन नेपाल बंगलादेश बैंकबाट  ७६ करोड, राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड र हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा गाभिएको तत्कालीन मेगा बैंकबाट ६५ करोड ऋण लिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

प्रसाईँले लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख र गुडविल फाइनान्सबाट ११ करोड रुपैयाँ लिएको पाइएको छ ।


बैंकहरुका अनुसार उनले गत पुषदेखि ऋणको सावाँ ब्याज तिरेका छैनन् । स्रोतका अनुसार उनले ‘रिसेड्युल’ गरेका छन् । ‘रिसेड्युल’ भन्नाले कर्जाका शर्तहरुलाई पुनयोजना गर्ने, कर्जा चुक्ता गर्ने समयावधी बढाउने, ब्याजदर समिक्षा गर्ने बुझिन्छ । ऋणी र बैंकको अवस्था बाहिर राम्रो देखाउनका लागि गरिने ‘रिसेड्युल’ राम्रो अभ्यास नभएको बैंकरहरु बताउँछन् ।

कर्जा सूचना केन्द्रका अनुसार उनलाई कुनै पनि बैंकले कालोसूचिमा राख्नका लागि सिफारिस गरेका छैनन् । 

दुर्गा प्रसाईँसँग बैंकहरु किन डराइरहेका छन् ?

गत पुषदेखि दुर्गा प्रसार्इँले बैंक तथा वित्तिय संस्थाविरुद्ध निरन्तर ‘विष वमन’ गर्दै आएका छन् । बैंकहरुले मनपरी ब्याज लिएको, समयनै नदिई धितो लिलाम गरेर उठिबास लगाएको, जनताको पैसा बैंक सञ्चालकहरुले विदेश पुर्याएको भन्दै वित्तिय संस्थाको किस्ता नतिर्न ऋणहरुलाई निर्देशन नै गर्दै आएका छन् । 

साथै उनले किस्ता माग्न आउने बित्तिय संस्थाका कर्मचारीलाई कालोमोसो दल्न ‘कालोमोसो जत्था’ नै बनाएका थिए । 

उनका कारण ‘बैंकिङ साइकल’मै समस्या सिर्जना भएपछि राष्ट्र बैंकले उनलाई बोलाएर सम्झाईबुझाई नै गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

तर उनीमाथि कुनै पनि बैंकले एक्सन लिन भने सकेको छैन । जसकोे एउटा कारण महालेखा परिक्षकको ५९ ‌आैँ प्रतिवेदनमा भेटिन्छ । महालेखाका अनुसार उनले मालपोत कार्यालयमा ८ करोडको थैली राखेर किनबेच गरेका ६ विघा जमिनलाई बैंकहरुले २२ गुणासम्म बढी धितो मूल्याङ्कन गरेर ऋण दिएका छन् । आफ्नै झापा अनारमनीको १८ बिघा जग्गा ८ करोडमा आफ्नै अस्पताललाई बेचेको दोस्रो दिन नै ४ वटा वित्तिय संस्थाबाट उच्च धितो मूल्याङ्कन गराई १ अर्ब ७४ करोड रुपैयाँ ऋण लिएका छन् । 


महालेखाको प्रतिवदेन अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरमा २०७७ साउन २ गते प्रसाईँले तत्कालिन बिर्तामोड–३ (हालको बिर्तामोड–६) को ६ विघा ७ कठ्ठा जग्गा आठ करोड रुपैयाँ थैली रकम कायम गरेर आफ्नै स्वामित्वमा रहेको बीएन्डसी अस्पताललाई बिक्री गरे ।

‘बी एन्ड सी’ले ८ करोडमा किनेको जग्गा २ दिनपछि चार वटा बैंक तथा वित्तिय संस्थाले धितो राखि अस्पतालका नाममा १ अर्ब ७४ करोड ऋण दिए । बैंकले १ अर्ब ७४ करोड ऋण दिएको जग्गाको मुल्य मालपोतको हिसाबमा जम्मा ८ करोडको थियो । कुनै पनि बैंकले ठाउँ हेरेर धितो राखिएको जग्गाको कुल मूल्यको कति प्रतिशत ऋण लगानी गर्ने भन्ने मुल्याङ्न गर्न सक्छन् ।

ब्यांकरहरुका अनुसार अहिले बढीमा धितोको ७० प्रतिशत मात्र कर्जा प्रवाह गर्न मिल्छ । तर दुर्गा प्रसाईँको ८ करोडको जग्गा धितो राखेर ४ वटा बैंक तथा वित्तिय संस्थाले २२ गुणा बढी अर्थात १ अर्ब ७४ करोड ऋण दिए । 

अब अहिले बैंकहरुले धितो लिलामी नै गरेभने पनि उनीहरुको रकम उठ्नेवाला छैन । किनकी महालेखाको प्रतिवेदन अनुसार जग्गा जम्मा ८ करोड रुपैयाँ बराबरको मात्रै छ । समयानुकुल जग्गाको मूल्याङ्कन बढेर दोब्बर भएपनि १६ करोड मात्रै हुन्छ । 

त्यस्तै बैंकहरुले धितो लिलामी गर्दा प्रसाईँ अदालत पुगे भने मालपोतमा कायम भएको थैलीलाई आधार मानेर कानुनी प्रक्रिया अघि बढ्न सक्छ । यो अवस्थामा बैंकहरुको लगानी सिधै डुब्छ । त्यसैले बैंकहरु अहिले उनलाई चिढ्याउनु भन्दा फकाएर साँवा मात्रै भएपनि असुल्ने अवस्थामा पुगेका छन् । यो काम प्रसाईँ एक्लैको हात थिएन । यसका लागि उनले बैंकका धितो मूल्याङनकर्ता, सिइओदेखि सञ्चालकहरुसम्म सेटिङ मिलाउनु पर्थ्याे ।

महालेखा परिक्षकको कार्यालयका अधिकारी नेत्र पौडेलले प्रतिवेदनमा प्रसाईँको नाममा किटान नभएपनि यो प्रकरण दुर्गा प्रसाईँको बी एण्ड सी मेडिकल कलेजको भएको अभिव्यक्ति सार्वजनिक गरेका थिए । 

महालेखाले यस्तो ऋण प्रवाहले सर्वसाधारण निक्षेपकर्ताको निक्षेप जोखिममा पर्ने जनाउँदै प्रतिवेदनमा भनेको छ, “वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयताका सम्बन्धमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्न निर्देशन दिएको थियो  । तर अहिलेसम्म ८ करोडको जग्गालाई करिब २ अर्ब ऋण दिने ४ वटा बंैक तथा वित्तिय संस्थामाथि छानबिन भएको छैन भने दुर्गा प्रसाईँमाथि छानबिन गर्ने आँट कसले गर्ने ?

प्रसाईँको स्वामित्वको अस्पतालले धितो राखेर बैंकहरुबाट लिएको ऋण बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ७ (ख)  अन्तर्गत छानबिन गर्नुपर्ने विषय हो । यो दफामा धितोको अस्वाभाविक रुपमा बढी मूल्याङ्कन गरी कर्जा लिनु वा दिनुलाई बैंकिक कसुर मानि कसुर गर्नेबाट बिगो भराई चार बर्षसम्म कैद सजाय सम्म हुने व्यवस्था गरेको छ । 

यो विषयमा छानबिने हुने हो भने दुर्गा प्रसाईँ मात्रै होइन उनलाई धितो भन्दा अधिकतम ऋण दिने ४ ओटै बैंक तथा वित्तिय संस्थाका उच्च अधिकारीहरु देखि सञ्चालक समितिसम्म कारवाहीमा पर्न सक्छन् । यही डरले बैंक तथा वित्तिय संस्था उनीमाथि कानुनी प्रीक्रयामा जान डराइरहेका छन् । 

ऋण उठाउन खोजेको कुमारी बैंकलाई अदालतको रोक

कुमारी बैंकको नेतृत्वमा प्रभु बैंक, ग्लोबल बैंक र गुडविल फाइनान्सले प्रसाईँलाई पूर्वाञ्चल क्यान्सर अस्पताल निमार्ण तथा सञ्चालनका लागि २ अर्ब ४८ करोड कर्जा दिने सम्झौता गरेका थिए । 

सम्झौता भएको भोलिपल्टै बैंकहरुले १ अर्ब ७४ करोड ९० लाख ३९ हजार ५० रुपैयाँ अस्पताललाई प्रदान गरे । सम्झौता अनुसार प्रसार्इँले २०७९ चैतबाट किस्ता तिर्न थाल्नुपर्ने थियो तर त्यसपछिको दुई वर्षसम्म बैंकहरुले बाँकी ७४ करोड ऋण पनि दिएनन भने लिएको ऋणको पहिलो किस्ता तिर्नु पर्ने बेलासम्म प्रसाईँले जम्मा ९ करोड ३६ लाख तिरे ।

बैंकहरुले उनलाई ऋण थप्नु भन्दा दिएको ऋण असुल गर्न तर्फ लागे । त्यसपछि प्रसाईँले आफूविरुद्ध बैंकहरुले ज्यादती गरेको भन्दै नागरिक बचाउ अभियान सुरु गरे । 

प्रसाईंका बैंकविरुद्धका गतिविधिले बैंकहरु झन् बिच्किए । र, उनलाई सम्झौताअनुसार थप कर्जा दिनभन्दा पनि दिएको कर्जा उठाउनमा केन्द्रित भए । 

प्रसाईँले कर्जाको किस्ता नतिरेपछि कुमारी बैंकले दुर्गा प्रसाईले केही शर्त तथा बन्देज उल्लघंन गरेको तथा व्यवसाय सन्तोषजनक नदेखिएको भन्दै  २०८० वैशाख १० मा कर्जाहरुको सम्पूर्ण साँवा, ब्याज तथा हर्जना भएमा यथाशीघ्र भुक्तानी गर्न पत्र पठायो । पत्रमा ‘अन्यथा नियमअनुसार रकम असुल उपर गर्नेतर्फ कारबाही अघि बढाउन बैंक बाध्य हुने’ भनिएको थियो ।

बैंकले धितो असुल उपर गर्ने चेतावनीसहितको पत्र पठाएपछि प्रसाईँले उच्च अदालत विराटनगरमा त्यसविरुद्ध मुद्दा दर्ता गरे । उच्च अदालत विराटनगरको इलाम इजलासले असार १० गते ‘कुमारी बैंकको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु’ भन्ने अल्पकालीन अन्तरिम आदेश दियो ।

ऋण तिर्ने वातावरण भएन : दुर्गा प्रसाईँ

दुर्गा प्रसाईँले आफूले ऋण तिर्दिन नभनेको तर ऋण तिर्ने वातावरण नभएको भन्दै आएका छन् । ‘सम्झौता अनुसारको पुरा ऋण नदिने, ऋण नपाउँदा मैले अस्पतालमा मेसिन किन्न पाएको छैन, विरामीको परिक्षण गराउन बाहिर पठाउनु परेको छ,’ प्रसाईँले भनेका छन्, ‘अस्पतालको आम्दानी नै नभएपछि कसरी ऋण तिर्नु ।’

साथै प्रसाईँले इमान्दार व्यवसायीलाई बैंकहरुले ज्यादती गरेको र सरकारले पनि बैंकहरुकै पक्ष लिएका कारण आन्दोलन गर्नु परेको बताउँदै आएका छन् । 

नेपालका बैंकबाट ऋण लिएर दुबईमा २ अर्बको मेडिकल कलेज खोल्ने प्रसाईँको फण्डा

नेपालमा बैंकहरुले ज्यादती गरेकाले अस्पताल पुरा बनाउन नसकेको बताउने प्रसाईँले केही समयअघि दुबईमा मेडिकल कलेज खोल्न लागेको घोषणा गरेका थिए । 

त्यसका लागि उनले युएईमा ‘दुर्गा प्रसाईँ इन्भेष्टमेन्ट कम्पनी’ दर्ता गराएका छन् । सिधाकुरालाई प्राप्त विवरण अनुसार उनले तेल तथा ग्यास, कृषी, स्वास्थ्य, पर्यटन लगाएका क्षेत्रमा लगानी गर्ने गरि कम्पनी दर्ता गरेका थिए । 


प्रसाईँले युएईको राजपरिवारका सदस्यसँगको साझेदारीमा मेडिकल कलेज खोल्ने तयारी गरेका थिए । यसका लागि उनले नेपालबाट रकम हुण्डी गरेर दुबई पुर्याएका छन् । उनका एक व्यापारिक साझेदारका अनुसार उनले काठमाडौंका केही व्यवसायी तथा दुबई र नेपालमा कार्यालय राखेका केही ट्राभल एजेन्सीले प्रसाईँको रकम हुण्डी गरेका छन् । 

यसका थप प्रमाण सिधाकुरालाई प्राप्त भएका छन् । अर्को श्रृङ्खला प्रकाशन गरिने छ । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....