काठमाडाैँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याइएको छ । सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका उनलाई नेपाल प्रहरीले यति एअरलाइन्समार्फत काठमाडौँ ल्याइएको हो ।
भेप र ब्रेक सु मा तस्करी भएको सुन तस्करीको विषयमा छानबिन गर्न बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कृष्ण महराको संलग्नता देखाएको थियो ।
आयोगकाे सिफारिसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणका मुछिएका आराेपीहरूलाई कारबाही गर्न निर्देशन दिएका थिए । उनले सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाउन निर्देशन समेत दिएका थिए ।