जलनको पीडाले अस्पतालमा छट्पटाउँदै ‘प्रेमबहादुर’ र ‘भजु’, उपचार गर्न छैन पैसा

लक्ष्मण गिरी

२७ भदौ, काठमाडौं । पछिल्लो समय देशभर जलनको समस्या बढ्दो रहेपनि गरिबीका कारण जलनको उपचारबाट कयौं बञ्चित हुनुपरेको छ । जलनकै कारण भिमफेदी गाउँपालिका मकवानपुरका प्रेमबहादुर गोले यतिबेला साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालको आइसियूमा उपचाररत छन् ।


विगत केही वर्षयता क्षयरोगबाट ग्रसित थिए उनी । गत भदौ १५ गते फोहोर जलाउने क्रममा उनी त्यही जलिरहेको आगोमा लडे । उनको शरीरको अधिकांस भाग आगोले जलेको छ ।

३५ वर्ष उमेरका प्रेमबहादुरको घरको आर्थिक स्थित दयनिय छ । परिवारले घटना हुनासाथ केही पैसा जुटाएर उपचारका  लागि तत्काल हेटौँडा पुर्याए । तर हेटौँडामा उनको स्वास्थ्य अवस्थादेखि डराएको अस्पतालले जतिसक्दो चाँडो सुस्मा कोइराला मेमोरियल अस्पताल पुर्याउन भन्यो । सोही अनुरुप साँखु ल्याएका उनका परिवारलाई केही दिनयता बिहान बेलुका खाना खाने खर्च त परको कुरा बिरामीलाई औषधि किन्न समेत धौ धौ भएको छ । 

प्रेमबहादुरका परिवारले यत्तिका दिनसम्म अस्पताललाई १ रुपैँया समेत बुझाउन सकेको छैनन । अस्पतालले समेत व्यापारभन्दा माथि उठेर प्रेमबहादुरको निरन्तर उपचार गरिरहेको उनको परिवार बताउँछन् । केही पैसा पाइन्छ र उपचारमा सहज हुन्छ भनेर उनीहरुले गाउँपालिकामा समेत सहयोगको याचना गरेका छन, तर हालसम्म पनि उनीहरुले सहयोग भने पाएका छैनन् ।


‘हामीसँग खर्च नभएर अस्पतालमा अहिलेसम्म केही खर्च गर्न सकेका छैनौँ ।’ प्रेमबहादुरका बाबु सोमबहादुर गोले भन्छन्, ‘अस्पतालका डाक्टरहरुले पैसाको जुगाड  गरिदिनुभएको छ । गाउँपालिकातिर हामीले सहयोग मागिरहेका छौँ । गाउँपालिकाले कति दिन्छ अनुदान त्यो त थाहा भएन तर कोशिस गरिहेका छौँ ।’

प्रेमबहादुरको शरीरको अधिकांस भाग जलेका कारण उनको केही समय आइसियूमै राखेर उपचार गर्नुपर्ने अस्पताल बताउँछ । तर आर्थिक अवस्था कमजोर भएका कारण करिब ४ लाख खर्च गरेर आफूहरुले उपचार गराउन नसक्ने अवस्थामा परिवार छन् । यदि कसैले आर्थिक सहयोग गरिदिए प्रेमको केही उपचार सुस्मा कोइराला मेमोरियल अस्पतालमा गराएर बाँकी सरकारी अस्पतालमा गराउने मनशाय परिवारको छ । 

‘हामी गरिबले अस्पतालमै राख्न सक्दैनौँ । त्यत्रो पैसा कहाँबाट ल्याउनु । त्यही भएर कसैले सहयोग गर्यो भने यहाँ गराएर बाँकी हेटौँडा लगेर उपचार गरौँला भन्ने सोच छ । हामीले नसकेपछि अब सरकारी अस्पतालमा पनि राख्नुपर्ने हुन्छ ।’ प्रेमबहादुरका बाबु भन्छन् । 

मकवानपुरका प्रेमबहादुर मात्र हैनन्, बाराका ५३ वर्षिया भजु प्रसाय यादवको पीडा झन् दयनिय छ । बच्चा बेलैमा आगोले पोलेको उनको खुट्टाको उपचारका लागि उनले अहिलेसम्म १५ लाख बढी रुपैँया खर्च गरिसकेका छन् । 

आगोले पोलेको खुट्टाका उपचारका लागि उनी नेपालमात्र नभएर भारतका विभिन्न सहरसमेत पुगे तर अन्त्यमा उनको खुट्टा काट्नुपर्ने बताउँदै सुस्मा कोइराला मेमोरियल अस्पतालमा उनको खुट्टा काटियो । उनी अहिले बैशाखीको भरमा हिँड्न सक्ने भएका छन् । तर आर्थिक अभावका कारण उनी अस्पतालले डिस्चार्ज गरेपनि पैसा बुझाउन र घर जानेसमेत खर्च नहुँदा उनी घर जान पाएका छैनन् । 

‘पैसा सबै सकियो । उपचार खर्च बाँकी छ । खानाको बाँकी छ । औषधिको पनि बाँकी  छ । घर कसरी जाने उपाय नै छैन ।’ यादव बताउँछन् । 

अस्पातलले २ वर्ष बसेपनि बेडको पैसा पर्दैन भनेका कारण उनी आफ्नो सानो छोरा च्यापेर अस्पतालकै एउटा शैयामा पल्टिरहेका भेटिन्छन् । स्थानीय तहबाट समेत उनले सहयोग पाएका छैनन् । घरमा जसोतसो पैसा जोहो हुन्छ कि भनेर उनले आफ्ना छोरी र श्रीमतीलाई खोज्न भनेका छन् । तर साहुले नपत्याउँदा उनी अस्पतालमै बस्न बाध्य छन् । 

‘डिस्चार्ज त अस्पतालले गरेको मलाई’, उनी भन्छन्, ‘जब मान्छेको घरमा खानेकुरा छैन । म गएर त्यहाँ चामल त बन्दैन । किनेर, खोजेर, जुठा भाँडा माझेर परिवारले पनि सँधैभरि ल्याएर खुवाउन सक्दैन । औषधीको पैसा तिर्नैपर्छ । अस्पतालले सहयोग गर्छ, २ वर्ष बसेपनि बेडको पैसा लाग्दैन भनेको छ । त्यही भएर नगएको ।’


प्रेमबहादुर गोले र भजु प्रसाद यादव यतिसम्म गरिबीको चपेटामा छन् कि उनीहरुसँग कुनै बैंक खातासमेत छैन । 

उनीहरुको आर्थिक अवस्था देखेर अस्पातलले समेत उनीहरुको बेड खर्च साथै अपरेसन खर्च समेत मिनाहा गरिदिएको छ । साथै गरिबहरुलाई लक्षित गरेर अस्पताल आफैँले विभिन्न दाताहरुको सहयोग मागेर उपचार गर्ने गरेपनि बिरामीको चाप धेरै भएका कारण सबैले सहयोग पाउन सकेका छैनन् ।

त्यसो त आर्थिक वर्ष  २०८०÷८१ देखि नेपाल सरकारले प्रत्येक स्थानीय तहमा जलनको उपचारमा बजेट छुट्याउने बताएपनि हालसम्म कार्यन्वयन भएको छै्रन । उक्त निर्णयको कार्यान्वयन भए जलनको समस्यामा पर्ने गरिबीहरुले सहज उपचार पाउने अस्पताल बताउँछ । 

‘अस्पतालले नै दान गर्ने, कुनै व्यक्ति वा संस्थाले सहयोग गरेर, पैसा सहयोग उठाएर नै चल्ने गरेको छ । नेपाल सरकारले पनि यो वर्षदेखि जलनको उपचारका लागि विभिन्न पालिकाहरु जलनका लागि बजेट छुट्याएको छ भन्ने सुन्नमा आएको छ । यदि यो कार्यान्वयन भयो भने धेरै राम्रो पाटो हुनेछ, बिरामीको उपचारका लागि ।’ सुस्मा कोइराला मेमोरियल अस्पताल मेडिकल डाइरेक्टर डा. सन्तोष भण्डारी बताउँछन् । 

सहयोग तथा सम्पर्कका लागि 

प्रेमबहादुर गोले : ९८४०१५१२६८

भजु प्रसाद यादव : ९८२८१३६५५८


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....