त्रिवि सेवा आयोगको सदस्य सिफारिसका लागि प्रक्रिया सुरु, बौद्धिक चोरीमा संलग्नलाई आवेदन दिन बन्देज

सिधाकुरा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा रिक्त सेवा आयोगको सदस्य पदका लागि सिफारिस प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षामन्त्रीको अध्यक्षतामा बनेको समितिले सेवा आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि बनाइ लागु गरेपछि सोही कार्यविधि बमोजिम सिफारिस प्रक्रिया अघि बढेको हो । खुला प्रतिस्पर्धा मार्फत रिक्त पदपूर्तिका लागि आवेदन आह्वानको सूचना मन्त्रालयको वेबसाइटमा राखिने मन्त्रालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य प्रति आशा जगाउन उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरू नियुक्त गर्ने प्रकृयाको नेतृत्व लिनसक्ने दुरदृष्टि, दृढ नेतृत्व शैली प्रकट गरि कार्य गर्न सक्ने व्यक्तिको छनोट सुनिश्चित गर्नु मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

सिर्जनात्मक, आत्मविश्वासी, सहयोगी, उदार, सकारात्मक सोच, निरन्तर सक्रिय तथा सञ्चार क्षमता भएको, आफ्नो कर्तव्य निर्वाहको क्रममा कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्न सक्ने, जटिल र ठुलो सङ्गठनमा, संगठनात्मक दक्षता, वित्तीय ज्ञान र प्रशासनिक क्षमता भएको, लचिलोपन, निष्पक्षता, पारदर्शिता, समानता र विविधताका मूल्यहरूप्रति प्रतिबद्ध रहेको, व्यावसायिक निष्ठा र प्रतिबद्धता भएको उपयुक्त व्यक्ति छनोट गरिनेछ मन्त्रालयले जनाएको छ ।

आवेदकहरु कम्तिमा १० वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तिमा २ वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको र पिलग्रिम्समा दोषी प्रमाणित नभएको स्व घोषणा पनि संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।  

यस्ताे छ मन्त्रालयकाे सूचना

त्रिभुवन विश्वविद्यालयमा रिक्त सेवा आयोगको सदस्य पदका लागि सिफारिस प्रक्रिया सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षामन्त्रीको अध्यक्षतामा बनेको समितिले सेवा आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि बनाइ लागु गरेकाले सोही कार्यविधि बमोजिम सिफारिस गरिनेछ। खुला प्रतिस्पर्धा मार्फत रिक्त पदपूर्तीका लागि आवेदन आह्वानको सूचना मन्त्रालयको वेबसाइटमा राखिनेछ। सबै शिक्षाविद् र सरोकारवालालाई यो खुला आवेदनको सूचना सम्प्रेषण गरी उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग गर्न आग्रह गर्दछौँ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य प्रति आशा जगाउन उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरु नियुक्त गर्ने प्रकृयाको नेतृत्व लिनसक्ने दुरदृष्टि, दृढ नेतृत्व शैली प्रकट गरि कार्य गर्न सक्ने व्यक्तिको छनोट सुनिश्चित गर्नु मुख्य उद्देश्य रहेको छ।

सिर्जनात्मक, आत्मविश्वासी, सहयोगी, उदार, सकारात्मक सोच, निरन्तर सक्रिय तथा सञ्चार क्षमता भएको, आफ्नो कर्तव्य निर्वाहको क्रममा कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापुर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्न सक्ने, जटिल र ठुलो संगठनमा, संगठनात्मक दक्षता, वित्तीय ज्ञान र प्रशासनिक क्षमता भएको, लचिलोपन, निष्पक्षता, पारदर्शिता, समानता र विविधताका मूल्यहरूप्रति प्रतिबद्ध रहेको, व्यावसायिक निष्ठा र प्रतिबद्धता भएको उपयुक्त व्यक्ति छनोट गरिनेछ।

आवेदक कम्तिमा १० (दश) वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तिमा २ (दुई) वर्ष उच्च शैक्षिक सँस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको र Plagiarism मा दोषी प्रमाणित नभएको स्व- घोषणा पनि संलग्न गर्नुपर्नेछ।  

आवेदनसँग विद्यावारिधि उपाधिको प्रमाणपत्र र प्राध्यापक पदमा नियुक्तिपत्रकाे प्रतिलिपि,  प्राज्ञिक अभ्यासको हकमा कम्तीमा  SCImago Journal अन्तर्गत सुचिकृत जर्नलमा प्रकाशित लेखको विवरण र NEPJOL मा सूचिकृत समकक्ष समिक्षित जर्नल(Peer Reviewed Journal) मा लेख प्रकाशन गरेको भए सोको वेवसाइट लिंक, उच्च शैक्षिक स‌ंस्थाको व्यवस्थापकीय पदमा २(दुई) वर्षको अनुभव हाँसिल गरेको प्रमाणको प्रतिलिपि संलग्न गरेको हुनुपर्नेछ।

यसरी नै विश्वविद्यालयसँग स्वार्थ नबाझिएको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदका लागि अयोग्य नरहेको र कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउन सेवा आयोगको निष्पक्षता, तटस्थता, गुणस्तर र कार्यक्षमता अभिवृद्धिको निमित्त आगामी रणनीति सम्बन्धी कार्ययोजनासहितको ३,००० शब्दको सोचपत्र, अन्तराष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरेको अनुभव भए सोको प्रति र विवरण सहित नेपाली नागरिकताको प्रतिलिपि राखेर आवेदन दिनुपर्नेछ। आवेदनका लागि ६५ वर्षको उमेर हद कायम गरिएको छ।

उल्लेखित योग्यता पुगेको आवेदकले अनुसन्धान, शिक्षण, उद्योग-शिक्षा सहकार्य र प्रशासनिक उपलब्धिहरूको जानकारीको स्पष्ट उल्लेख भएको, निर्धारित ढाँचामा विस्तृत वायोडाटा/ व्यक्तिगत विवरण सहित उम्मेदवारीको स्व-घोषणायुक्त दुई पृष्ठको औचित्य र कार्ययोजना सहितको सोचपत्र सहित आवेदन दिन सक्नेछ। दरखास्त विद्युतीय माध्यमबाट पेस गर्नेगरी व्यवस्था गरिएको छ।

दश दिनको समय दिएर सम्भावित उम्मेदवारहरुबाट आवेदन आह्वान गरिएको छ। तीनजना सदस्य रहेको पदाधिकारी छनौट विज्ञ उप-समिति (Technical Evaluation Committee) ले प्राप्त आवेदकहरुको योग्यता र कृतिको मुल्यांकन गरेर सर्ट लिष्ट निकाल्नेछ वा कार्यविधिमा उल्लेख भए बमोजिम सबै आवेदकहरुको प्रक्रिया अगाडी बढाइनेछ। विज्ञ उप-समितिको सिफारिस पश्चात मूल छनोट समितिले प्रस्तुतीकरण र अन्तर्वाता लिएर उत्कृष्टता आधारमा सदस्य सिफारिस गरिनेछ। आवेदनको लागि सूचना प्रकाशन यही चैत्र १८ गते गरिएको छ भने चैत्र २८ गते बेलुका ५ (पाँच) बजेसम्म आवेदन पेश गर्नुपर्नेछ।

आवेदन फारामः https://forms.gle/yz8vYHWHcvQEs5DC7                                         

कार्यविधिः https://moest.gov.np/post/3_6609090b0b5fa 



प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....