भूकम्पमा घाइतेहरुको उद्दार गर्न समस्या भएपछि नेपाल वायुसेवाका अन्य क्षेत्रका उडान रोकेर रुकुम पठाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्।
उनले नेपाल एयरलाइन्सका जहाजलाई चौरजहारी विमानस्थलमा तयारी अवस्थामा रहन निर्देशन दिएका छन् भने घाइतेहरुलाई चौरजहारी विमानस्थलमा केन्द्रित गर्न सबै जिल्लाका सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।
घाइतेहरुले जिल्लाका अस्पताल भरिभराउ भएर उपचारमा समस्या भएपछि उनीहरुलाई अन्य जिल्लामा लगेर उपचार गर्नका लागि नेपाल वायुसेवाका जहाज रुकुमकेन्द्रित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनसँगै नेपाल एयरलाइन्सको नाइनएन एबीटी कलसाइनको जहाज रूकुम जान लागेको नेपाल वायुसेवा निगमले जनाएकाे छ ।