काठमाडाैँ । निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान नियुक्त गर्न सिफारिस भएको छ । आइतबार बसेको संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त आयुत्त पदमा प्रधानलाई नियुक्त गर्न सिफरिस गरेको हो ।
सिंहदरबारमा बसेको परिषदको बैठकले की आयोगको आयुक्तमा प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानाकाले बताइन् । त्यस्तै अन्य संवैधानिक अंगको पदाधिकारीमा भने नियुक्तिको सिफारिस नभएको उनले बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति थियो।