बारा । बाराको निजगढ नगरपालिका ७ मा सोमबार भएको ग्याँस सिलिण्डर विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजत भएका छन् ।
सोमबार दिउँसो कामदारहरुले काम गरिरहेकै बेला अचानक ग्याँस सिलिन्डर विस्फोट भएर आगलागी हुँदा चार जना घाइते भएका थिए ।
विस्फोट हुनासाथ घाइते चारैजनाको उपचारका लागि निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालमा पुर्याइएको थियो ।