‘समय निर्धारण गरेर कहिलेसम्म गुणस्तरीय बाटो बन्छ, जनतालाई बताइनुपर्छ’

सिधाकुरा

लामो यात्रा तय गरेर हामी बुटवल आइपुगेका छाैँ। यो तीन दिनमा हाम्रो शरीरमा के के भएको छ ? खुट्टा सुन्निएको छ, कयौं फोकाहरु उठेर फुटेका छन् । यो हामीलाई महसुस भएको छ त्यो पनि जम्मा ३ दिनमा । यो तीन दिनमा हाम्रो शरीरले जे जे दुःख भोग्यो अहिले महसुस भएको छ । बितेको कयाैँ वर्षमा यहाँका जनताले, यात्रुले सडक वरपरका व्यवसायीले के के दुःख र कष्ट भोगे होलान ?

यो उनीहरु माथिको अत्याचार हो । राज्यले, यहाँका अन्य सरोकारवाला निकाय र सबै मिलेर गरिखाने जनतामाथि गरेको यो अत्याचार हो । एउटा युगमाथि गरिएको अपराध हो । यो बाटोको यात्रामा हिँड्दै जाँदा हामी आउने थाहा पाएर बिजोग नदेखाउन सडक छेउछाउमा पानी हालेको समेत देखियो । टालोले धुलो छोपेको पनि देखियो । हामीले त भनिरहेका छौँ कि यो सबै जनताका लागि गर । तर, यो बर्बादी एउटा पुस्ता र युगले भोग्नु प¥यो । नारायणगढ बुटवल सडकको दुरावस्था यो देशको बर्बादीको ऐना हो । यो बाटोमा एसी गाडीमा बसेर झण्डा हल्लाउँदै हिँड्ने राजनीतिको हामी बिरोध गर्दछौं । अबको युवाहरु जनतालाई सास्ती दिने राजनीतिको पक्षमा हुनै सक्दैन । 


हाम्रो यो अभियान हाम्रो राजनीतिक श्री बृद्धिका लागि होइन । हामीले जनताको समस्या बुझ्न जनताको दुःख हेर्न जनता भएर महसुस गर्न आएका हौँ । हामीले अभियानका क्रममा साथीहरुले छिटफुट नारा लगाएकाबाहेक हाम्रो दलको झण्डा र प्रचार केही गरेका छैनौँ । हामी हाम्रो जनाताँंग भिज्न चाहन्छौँ । कसैलाई लाग्न सक्छ यो कुनै राजनीतिक खुड्किलो हो । यदि बाटो बनाएर राजनीति हुन्छ भने रास्वपा बाटो बनाउने राजनीति गरिरहन्छ । सरकार, ठेकदार र निर्माण कम्पनी सबैलाई भन्छौँ कुनै पनि हालतमा समय निर्धारण गरेर कहिलेसम्म गुणस्तरीय बाटो बन्छ भनेर जनतालाई बताइन भने हामी सधैँ बाटोमा धुलो खाएर हिँड्दैनौ हामी धुलो चटाउँछौँ । म फेरि पनि भन्न चाहन्छु जसले सधैँ जनतालाई धुलो खुवाउँछ उसलाई जनताले नै धुलो चटाउँछन् ।


तपा‌ईँहरुले मिसन ८०, ८० भन्नुभएको थियो नि मिसन ८० मध्येको एउटा मिसन ८० यो पनि हो । हामी अहिलेनै काम गरिरहेका छौँ प्रत्येक दिन । ८४ कुरेर ढुकेर धुपबत्ती बालेर बसिरहेको छैन रास्वपा । हाम्रा सांसदहरु  प्रत्येक दिन संसदीय समितिका संसदमा काम गरिरहेका छाँै, फिल्डमा काम गरिरहेका छौँ, हामी प्रतिवेदन, कार्यपत्र बनाउने निति नियम बनाउने तहमा काम गरेका छौँ । तर एसी रुममा मात्रै बस्ने छुट हामीलाई छैन, जनतासँग दुःखमा निस्कीनु पर्छ, हण्डर खानुपर्छ घाममा पोलिनु पर्छ हिलो धुलो मैलो सबै सहनु पर्छ । 

अघिल्लो पुस्ताको चुनौती वेग्लै थियो । उनीहरु गोलाबारीसँग लड्नु परेको थियो, जेल नेल भोग्नु परेको थियो । तर हाम्रो पुस्ताको राजनीति फरक छ । हाम्रो पुस्ताको चुनौती फरक छ । हाम्रो पुस्तालाई धुलोले मार्यो । धुलोबाट मुक्त दिलाउनु पर्यो । र बाटो नबनेको कारण कयौँ व्यवसायीहरु देश छोडेर जान विवश भए । यो दबाबको यात्रा निरन्तरता प्रधान गर्ने छौँ । 

यहाँबाट सुरु भएको दबाब यात्रा, अब निरन्तर  रहनेछ । अबदेखि रास्वापको मिसन ८० मध्येको एउटा कार्यक्रम लामो समयदेखि अवरुद्ध रहेको आयोजनाको निमार्ण आयोजनाहरुलाई समयमै सम्पन्न गराउनका निमित्त दबाब सिर्जन गर्ने छ । 


खबरदार आफू एसीवाला गाडीमा बसेर, घरमा  बसेर, सरकारी अड्डामा बसेर, घरमा बसेर जनतालाई एक युगसम्म अध्यारोमा, हिलो, धुलोमा राख्ने युग अन्त्य नभएसम्म रास्वपा निरन्तर लडिरहने छ । 

हामी निर्माण कम्पनीसँग लक्षित छैनौँ, हामी सरकारसँग मात्र लक्षित छैनाँै, ठेकेदारसँग मात्र लक्षित छैनाँै । समग्रमा यो बाटो बनाउन कसले रोक्यो ति सबै जना एउटै टेबलमा बसेर एकै दिनमा बताउनु पर्यो, अड्किएको बादा फुकाउनु पर्यो । र यो बाटोलाई सम्पन्न गर्नुपर्यो । एकअर्कालाई आरोप प्रत्यारोपले नेपाली जनताले वर्षौँ दुःख पाए । त्यसको अन्त्यका लागि हामीले यो पहल सुरु गरेका हौँ । मलाई विश्वास छ सबै निकाय एकअर्कालाई आरोप लगाएर बस्नुहुने छैन । 

निमार्ण कम्पनीले पनि हामीलाई चासो देखाएको थियो । तर हामीले ठेकेदारसँग पनि लक्षित छैनौँ । हामीले दुई देशको सम्बन्धनै फरक  पार्नेगरि यो अभियान गरिहएको होइन । हाम्रो अभियानको लक्ष्य नेपाली जनता हुन् । जसले दुख पाए तिनको दुख हरण गर्नुपर्यो भन्ने कुरामा हामी लक्षित भएका हौँ । 

 यात्रामा माया हौशला साथ दिनेहरु सबैलाई धन्यवाद ! 

हामी आउँदै गर्दा हल्ला भएर केही मानिसहरु फ्याट्ट फुट्ट काम गरेको देखिएपनि ११३ किलोमिटरको यात्रामा एउटा घर बनाउन चाहिने मान्छे जत्तिले पनि काम गरिरहेका थिएनन् । केही मान्छेले मात्रै काम गरेको देखियो । यति ठुलो जनसंख्याको लाइफलाइन, यति ठुलो गौरवको आयोजना बनाउन पनि मानिसहरु तल्लीन थिएनन्, केही मान्छे हामीलाई देखाउन आज मात्रै ल्याइएको पनि थियो ।  जसले यो गल्ती गरेको हो त्यसले सोचोस्, सच्चियोस् । यादव रहोस्, रास्वपा सँधै टुलटुलु हेरेर धुलो मात्रै खाँदैन, अझै बाटो नबनाउने हो भने सडक नबनाएर धुलो खुवाउनेहरुलाई धुलो चटाउँछ पनि ।


कानुनको अस्पष्टतालाई चिर्ने काम हाम्रो हो । हामी त्यसतर्फ नि केन्द्रित हुनेछौँ । भौतिक निर्माणसँग सम्बन्धित संसदीय समितिमा रहनुभएकी हाम्री सांसद निशा डाँगीपनि हामीसँग हुनुहुन्छ । उहाँले पनि पीडा महसुस गर्नुभएको छ । उहाँले पनि कुरा उठाउनुहुनेछ । चाहे वन होस, चाहे विद्युत, चाहे दुरसंचार, ति अस्पष्टता फुकाउन त लाग्नेनै छौँ । त्यो भन्दा पहिले ठेकेदार साथीहरुले पैसा पाउनुभएको छैन । पैसा नपाएपछि उनीहरुले काम गरेका छैनन् । तर सम्पूर्ण गाली ठेकेदारहरुलाई गरिएको छ । यो गलत हो । उहाँहरुले काम गरेपछि पैसा पाउनुपर्ने हुन्छ । सरकारले ति निर्माण व्यवसायीले के कारणले पैसा पाएका छैनन्, त्यो प्रधानमन्त्रीले लामो भाषण गर्नुपरेन । हिजो मैले सुन्न त पाइँन । यो गर्छु, उ गर्छु भन्नु भएको छ रे । त्यति गर्नै परेन । एउटा चेक काटेर खाममा हालिदिए भइहाल्यो । निर्माण व्यवसायीले चेक पाएभने र सरकारले अनुगमन गर्यो भने यो बाटो बन्न सक्छ । पहिलो कानुन त त्यो हो, त्यो गर्नुपर्छ । त्यसपछि हामी सबै संसदीय समितिलाई एकैठाउँ बोलाएर कानुलाई संसोधन गर्न परे संसोधन, परिमार्जन गर्न परे परिमार्जन जे गर्नुपरे पनि रास्वपाले, रास्वपाका सांसदले गर्नेछन्, गरिसक्नुभएको छ ।

नारायणगढ–बुटवल सडकमा तीनदिने दबाबपूर्ण पैदल यात्रा सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यक्त गरेको विचारको सम्पादित अंश । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....