विज्ञले कल्पनै नगरेका विपद्जन्य घटना बढ्दै

सिधाकुरा

६ भदौ, काठमाडौं ।  नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ । यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन् । यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उहाँहरुको भनाइ छ ।

जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो हिसाबले भइरहेको छ । यसपाली कुनै एक ठाउँमा ठूलो पानी परेर तहसनहस बनाएका बेला अर्को ठाउँमा सुख्खा लागिरहेको छ ।  

पानीको अभावमा यसपाली राम्ररी धान रोपाइँसमेत हुन सकेन । तर कुनै ठाउँमा वर्षाले ठूलो धनजनको क्षति भइरहेको छ । बजार, पुलपुलेसा नै बगाउने गरी बाढी र पहिरोका घटना निम्तिरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भेल बाढी कल्पनाभन्दा बाहिरका घटना बढ्दो क्रममा रहेको र यसले ठूलो क्षति पुर्‍याइरहेको बताउँछन् । तर विपद्जन्य घटनाको प्रकृति भने फेरिएको उनले बताए । 

त्यसको उदाहरणकैरुपमा भन्नुपर्दा केही वर्षअघि आएको हेलम्बुको बाढी होस् या यसपालीको मनसुनको सुरुआतमा पूर्वी नेपालको हेवा खोलामा आएको बाढी वा अहिले भर्खरै मात्रै मुस्ताङको कागखोलामा आएको बाढी, यी फरक प्रकृतिका विपद्जन्य घटना हुन् । यी घटनाले माथिल्लो भेग अर्थात् हिमाली क्षेत्रमा पनि वर्षा बढेको देखाएको छ । कतिपय अवस्थामा पहाड खसेर बाढीमा मिसिएका कारण बाढीको रुप कल्नाभन्दा माथि देखिएको छ । 

पहिलेपहिले बाढीले तराईमा बढी क्षति गराउँथ्यो । तर अहिले पहाडी तथा हिमाली भेगमा समेत बाढीले तहसनहस बनाइरहेको छ । तराईको डुबानको समस्या भने क्रमशः घटिरहेको छ । प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल जलवायु परिवर्तनको असरले नै अकल्पनीय घटना भइरहेको बताउँछन्।

दश दिनअघि मुस्ताङको कागखोलामा भिषण बाढी आयो । त्यसले एक अर्बको आर्थिक क्षति गराएको छ । २५ भन्दाबढी घरमा क्षति भएको छ । पूर्वसूचनाका कारण भने त्यहाँ मानवीय क्षति हुन पाएन । तर भौतिक क्षति भने रोक्न सकिएन । अझ भनौँ नसोचेको भौतिक क्षति भएको छ ।

यसपालीको मनसुन सुरु भएको दिन जेठ ३१ लगत्तै पूर्वी नेपालको सङ्खुवासभा, इलाम, पाँचथर, ताप्लेजुङमा भिषण वर्षा भयो । उक्त घटनामा छ जनाको मृत्यु भयो भने २५ जना बेपत्ता नै छन् । ठूलाठूला जलविद्युत् आयोजना, सडक पक्की पुल नै बाढीले बगाइदियो ।

दुई वर्षअघि २०७८ सालमा मनाङमा पनि त्यसैगरी बाढीले ठूलो क्षति गरायो । मनाङ, मुस्ताङ र मेलम्चीको विपद्जन्य घटना विष्लेषण गर्ने हो भने हिमाली क्षेत्रमा वर्षा भएर ठूलो क्षतिका घटना बढिरहेको छ । पहाडी क्षेत्रमा पनि त्यसैगरी तहसनहस बनाइरहेको छ ।

यस्ता गाउँ र सहर नै सोहोरेर लैजाने खालका विपद्जन्य घटना बढिरहेको पाइएको छ । यस्ता घटना जलवायु परिवर्तनका कारण भएको भन्दै पोखरेलले अब ती घटनाबारे विश्व समुदायलाई समेत जानकारी गराउने बेला आइसकेको बताउनुहुन्छ । 

वैशाख १ यता मात्रै दुई हजार पाँच सयभन्दा बढी विपद्का घटना भइसकेका छन् । ती घटनामा एक सय ५१ जनको मृत्यु र ३० जना बेपत्ता छन् । अधिकांश क्षति भने मनसुनका समयमा भएको प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्का बताउँछन् । मौसमको पूर्वसूचना प्रणाली प्रभावकारी भए पनि क्षति रोक्ने प्रणाली भने प्रभावकारी देखिएको छैन । 

यस्ता घटना हुनै नदिनका लागि के गनृ सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ । यसका साथै प्रभावमा आधारित सूचना प्रणालीलाई अझै प्रभावकारी बनाउन जरुरी रहेको छ । जल तथा मौसम विज्ञान विभागले यसपाली औसतभन्दा कम पानी पर्ने आँकलन  सार्वजनिक गरेको थियो । 

पानी कम परे पनि कुनै एक ठाउँमा एकैपटक धेरै पानी पर्ने अवस्था भने कायमै हुने विभागले बताएको थियो । सोही अनुमान झैँ निश्चित क्षेत्रमा बढीमात्रामा वर्षा भएर यसपाली क्षति गराएको छ । यसले पनि फरक खालका विपद्जन्य घटना निम्तिरहेको देखाउँछ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....