७ करोड खर्चेर निर्माण गरिएको सुविधा सम्पन्न पार्क खण्डहर बन्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ करोड खर्चेर बनाएको गुह्येश्वरी क्षेत्रमा रहेको एक पार्क खण्डहरमा परिणत भएको छ । पछिल्लो दुई वर्षदेखि विशाल पार्क अलपत्र अवस्थामा छ । बागमती करिडोर हुँदै गुहेश्वरी तर्फ जाने क्रममा अरुणीमा कलेजबाट बागमती किनार नपुग्दै भेटिने पार्क फराकिलो र सुविधा सम्पन्न छ । पार्कको अवस्था खण्डहर बन्नुमा स्वामित्व निर्क्यौल नहुनु प्रमुख कारण रहेको सरोकारवालाहरू बताउँछन् । 


महानगरपालिका वडा नं ६ को बागमती नगर सुविधा बस्तीमा पर्ने सो पार्क वि.सं २०७७ मा टेन्डर आह्वान गरेर निर्माण सुरु भएको थियो । तर, बनिसक्दा पार्कको डिपिआरमा प्रशस्तै मिचियो । निर्माण बनिसक्दा डिपिआरमा देखाइएका पार्कको अधिकांश संरचना गायब भएको देखिन्छ । वि.स. २०७९ मा निर्माण सम्पन्न भएको उक्त पार्क अहिले अलपत्र छ । पार्कका संरचना टुटफुट भएका छन् भने कतिपय संरचनाको नाम निशाना नै बदलिएको छ । 

मन्दिर, चौतारा, फुटबल मैदान, भलिबल र बास्केट बल कोर्ट समेत रहेको पार्कका अधिकांश संरचना बेवारिसे अवस्थामा छन् । पार्कको वाटर फाउन्टेन नाममा मात्र सीमित छ । त्यसका धाराका टुटीदेखि सबै संरचना गायब छन् । फाउन्टेन बनाउनका लागि बनाइएको पोखरीमा फोहोर पानी र फोहोर सामाग्री थुप्रिएका छन् । पार्कको व्यायाम ट्रेलमा कतै खाल्डो परेर पानी जमेको छ त कतै झाडी पलाएको छ । पार्क भित्र रहेको प्रदर्शनीस्थलका शौचालय छिर्नै नसक्ने अवस्थाको छ । 

निर्माण कम्पनीले औपचारिक रुपमा हस्तान्तरण नगर्दा र महानगरले संरक्षण गर्न स्रोत साधन उपलब्ध नगराउँदा पार्क अलपत्र भएको वडाका प्रतिनिधि र कर्मचारीहरू बताउँछन् । 

‘वडालाई पार्क औपचारिक रुपमा अझै पनि हस्तान्तरण भएको छैन,’ वडा नं ६ का वडा सचिव कमल गौतमले सिधाकुरासँग भने, ‘७९ मा उक्त पार्क लगभग निर्माण सम्पन्न भइसकेको थियो । नयाँ जनप्रतिनिधि आएपछि निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्नु, स्थानीय सरकारले संरक्षणमा पहल नगर्नुले सो पार्कको हविगत भयो ।’

पार्कको अवस्था दयनीय भएपछि वडाले पटक पटक महानगरमा सुरक्षाकर्मीको व्यवस्था गरिदिन माग गर्दै पत्राचार गरेपनि महानगरले बेवास्ता गरेको उनको भनाई छ । आन्तरिक खर्चमा सुरक्षाकर्मी राखेर २ महिनासम्म पार्क चलाएको तर आर्थिक समस्या देखिएपछि सो गर्न नसकेको उनले प्रष्ट्याए । सो पार्कबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई सम्पर्क गर्दा सो बारे आफूलाई केही जानकारी नभएको बताए । 

डिपिआरअनुसार पार्क किन बनेन र स्वामित्व किन हस्तान्तरण नगरेको भन्ने विषयमा सिधाकुराले पटक पटक निर्माण कम्पनीका प्रतिनिधिलाई सम्पर्क गर्ने प्रयास गर्यो तर उनीहरु सम्पर्कमा आउनै चाहेनन् । उता स्थानीय भने राज्यको करबाट बनेको संरचनामा स्थानीय सरकारको ध्यान नपुग्दा सो हविगत भएको बताउँछन् । आफूहरुले पटक पटक वडा र महानगरलाई यसबारे जानकारी गराउँदा बेवास्ता भएको  उनीहरुको गुनासो छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....