शंकास्पद कागजात पेश गरेर १५ वर्ष देखि पर्यटन बोर्डमा जागिर

लक्ष्मण गिरी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका एक जना अधिकृतले फर्जी कागजात बनाएर १५ वर्ष देखि बोर्डमा जागिर खाइरहेको खुलेको छ । हाल बोर्डमा बजार व्यवस्थापन प्रमुखको रुपमा रहेका दाङका लक्ष्मण गौतमले नक्कली अनुभवको कागजात पेश गरेर १५ वर्ष देखि बोर्डमा कार्यरत रहेको पाइएको हो । 

बोर्डको अधिकृत हुन आवश्यक योग्यता नपुगेकै अवस्थामा उनले फर्जी अनुभवको कागजात बनाएर पेश गरेको र सोकै आधारमा उनी बोर्डमा नियुक्त भएको सिधाकुराले फेला पारेको छ ।

२०६५ सालमा बोर्डको अधिकृत बन्न गौतमले ठमेलको कञ्चन टुर्स एण्ड ट्राभल्समा २ वर्ष काम गरेको अनुभवको प्रमाण पत्र पेश गरेका थिए । सो अनुभवको पत्रका आधारमा गौतम बोर्डमा नियुक्त पनि भए । तर, सो पत्रमा उल्लेख गरिएको गौतमले काम सुरुवात गरेको मितिमा उक्त ट्राभल्स कम्पनी नै नखुलेको भेटिएको छ । प्राप्त कागजातअनुसार गौतमले जुन मिति देखि ट्राभल्समा काम गरेको भनेका छन् सो मितिको ८ महिनापछि मात्रै उक्त ट्राभल्स कम्पनी दर्ता भएको देखिन्छ । 

पर्यटन बोर्डमा गौतमले कञ्चन ट्राभल्स एण्ड टुर्समा २ वर्ष २ महिना काम गरेको अनुभवको सिफारिस पत्र पेश गरेका छन् । कञ्चन ट्राभल्सका कार्यकारी निर्देशक श्री प्रसाद बस्ताकोटीले सिफारिस गरेको अनुभवको कागजातअनुसार गौतमले ट्राभल्समा २०५६ पुस १८ गते देखि २०५८ पुससम्म काम गरेको देखिन्छ । तर, सिधाकुरालाई प्राप्त विवरणअनुसार कञ्चन ट्राभल्स नामक उक्त कम्पनी २०५७ भदौ २१ गते मात्रै स्थापना भएको देखिन्छ ।


योग्यता नपुगेपछि फर्जी कागज

नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली २०६४ को विनियम ६ को उपविनियम (३) (ङ) मा म्यानेजर अर्थात प्रबन्धक पदका लागि आवश्यक पर्ने योग्यता स्पष्ट छ । जसअनुसार प्रबन्धक पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय वा सो विश्वविद्यालयबाट मान्यता प्राप्त अन्य शिक्षण संस्थाबाट स्नातकोत्तर स्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्छ । यही प्रावधानअनुसार बोर्डमा नियुक्त हुन गौतमले कञ्चन ट्राभल्स कम्पनीको नक्कली कागजात पेश गरेको र सोही आधारमा नियुक्ति लिइएको देखिन्छ । 

स्थापना नै नभएको ट्राभल्समा काम गरेको भन्दै उनले पेश गरेको अनुभवको कागजातकै आधारमा गौतम बोर्डमा अधिकृतको रुपमा नियुक्त भएको प्रष्ट हुन्छ । त्यसयता बोर्डमा १५ वर्ष बढी काम गरेर बढुवा हुँदै गौतम वरिष्ठ प्रबन्धकका साथै बजार व्यवस्थापकसम्म पुगेको देखिन्छ ।    

अख्तियारको सफाइ 

स्थापना नै नभएको कम्पनीमा काम गरेको कागजात पेश गरेर गौतमले नियुक्ति लिएको विषय बोर्डमा गत वर्ष नै सार्वजनिक भएको थियो । त्यसो त उनको फर्जी कागजबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि पर्यो  । तर, अख्तियारले उनको मुद्दा तामेलीमा राख्दै कारबाहीको अधिकार बोर्डको कार्यकारीलाई सुम्पियो ।

अयोग्यताबारे आयोगमा परेको उजुरीबारे २०७९ असार १६ मा गौतमले के कसो भएको हो भनी निवेदन दिएका थिए । उनलाई अख्तियारले २७ असारमा लेखेको पत्रअनुसार ‘उजुरीबारे कार्यालय प्रमुखलाई नियमानुसार गर्नु भन्दै निवेदन तामेलीमा राखेर लागत कट्टा गरिएको उल्लेख छ ।’


बोर्डको कार्यकारीलाई यसबारे निर्णय गर्न अख्तियारले भने पनि तत्कालीन प्रमुख धनन्जय रेग्मीले के निर्णय गरे भन्ने अझै खुलेको छैन् । तर, गौतमले अख्तियारबाटै आफूले सफाइ पाइसकेकै रुपमा यसलाई व्याख्या गरेका छन् । 

कञ्चन ट्राभल्सबाट गौतमलाई चाहेअनुसारकै कागजात 

कञ्चन ट्राभल्स एण्ड टुर्स नामक ट्राभल एजेन्सीले लक्ष्मण गौतमले चाहेअनुरूपकै फरक फरक अनुभव प्रमाणपत्र दिएको पाइएको छ। जागिर खानका लागि उनले बनाएका कागजात आफैँमा सक्कल देखिए पनि कागजात बनाउँदा मितिको ख्याल नगरिँदा बदमासी उजागर भएको देखिन्छ । 

कञ्चन ट्राभल्सले गौतमलाई अनुभवको पहिलो पत्र २०५८ माघ १२ गते (सन् २००२ जनवरी २५) मा  दिएको थियो । उक्त एजेन्सीका प्रबन्ध निर्देशक श्री प्रसाद बस्ताकोटीले जारी गरेको पत्रमा गौतमले सो कम्पनीमा २०५६ पुस १८ गते देखि २०५८ पुससम्म ‘करेस्पोन्डेन्ट’ का रुपमा काम गरेको उल्लेख छ । किनकी गौतमलाई बोर्डमा सहायक म्यानेजरका रुपमा जागिर हुन सो योग्यता पुग्दो थियो । 

तर, उनले २०६५ सालमा म्यानेजर पदका लागि पुनः प्रतिस्पर्धा गर्नुपर्यो । सहायक प्रबन्धकबाट प्रबन्धक पदका लागि आवेदन दिँदा उनले पुनः सोही कम्पनीमा गएर अर्को अनुभवको प्रमाण पत्र ल्याएर पेश गरे । 

सिधाकुरालाई प्राप्त अनुभवको अर्को प्रमाण पत्रमा यसअघिकै मितिमा गौतमले अधिकृत स्तरमा काम गरेको भनेर आफ्नो योग्यता थप ठूलो बनाउन लगाएको देखिन्छ । २०६५ साल वैशाख २५ गतेको (सन् २००८ मे ७) मिति राखेर कञ्चन ट्राभल्सले बनाएको उनको अनुभवको प्रमाण पत्रमा उनी अधिकृत स्तरमा काम गरेको भन्ने उल्लेख छ । बोर्डका अधिकारीहरू सोही कागजातका आधारमा गौतमले २०६५ सालमा बोर्डको प्रबन्धक पदमा नियुक्त भएको दाबी गर्छन् ।



कागजात फर्जी नभएको दाबी

नेपाल पर्यटन बोर्डमा करिब १५ वर्ष बिताएका गौतम अहिले वरिष्ठ प्रबन्धकका साथै प्रमुख बजार व्यवस्थापकका रुपमा कार्यरत छन् । फर्जी कागजात बनाएको भन्ने आरोपबारे सिधाकुराको जिज्ञासामा उनले त्यो गलत भएको दाबी गरे । 

आफूले कञ्चन ट्राभल्समा काम गरेअनुसारकै अनुभवको कागजात लिएको उनको दाबी छ । कम्पनी पछि दर्ता भएको भन्ने जिज्ञासामा उनले यस अघि यस्तै प्रावधान रहेको बताए । ‘कम्पनीमा म पहिल्यै देखि काम गरिरहेको थिएँ, कम्पनी पछि दर्ता भएको हो,’ गौतमले सिधाकुरासँग भने, ‘मैले त्यो कागजातका आधारमा जागिर खाएकै होइन । मलाई अनुभव प्रशस्तै पुग्ने अरु नै कागज थिए ।’ 

आवश्यक नै नभएको अनुभवको कागजातको कुरा उठाएर आफूलाई विवादित गराउन गिरोह लागेको पनि उनको आरोप छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको बेला आफूलाई रोक्न यस्तो गरिएको आरोप उनले लगाए । यता फर्जी अनुभवको प्रमाण पत्र पेश जारी गरेको कुरा ट्राभल्स एजेन्सीले पनि अस्वीकार गरेको छ । तत्कालीन कञ्चन ट्राभल्सका प्रबन्ध निर्देशक श्रीप्रसाद बस्ताकोटीले गौतम आफ्नो कर्मचारी भएको बताए । सुरुमा कम्पनी दर्ता भएपछि नै आफूले अनुभवको कागजात दिएको दाबी गरेका बस्ताकोटीले पछि भने त्यसलाई ढाकछोप गर्दै काम गर्न थालेदेखिकै आधारमा अनुभवको प्रमाण पत्र जारी गरेको दाबी गरे ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....