काठमाडाैँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणका अवसरमा नेपाल सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। साेमबार बसेको मन्त्रीपरिषद्को बैठकले राजाको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषदको बैठकले गेटवे पेमेन्ट प्रकरणमा सफाई पाएका सचिव मधुकुमार मरासिनीलाई अर्थसचिवमा नियुक्त गरेको छ । त्यस्तै आजको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाली ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने, गृहमन्त्रालयको प्रस्तावमा विपदबाट क्षती भएका तथा जोखिमामा भएका नीजि आवास प्रबलिकरण पुनस्थापना तथा पुनर्निमाण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी विपद, जोखिम न्यूनिकरण तथा व्यवस्थापन नियमावली संसोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।