काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरमा पहिरो गएको छ । पहिरोले हाइड्रोपावरको निर्माणाधिन संरचनाको ढलान भत्किदा केही श्रमिकहरु घाइते भएको भोटेकोशी गाउँपालिकाले जनाएको छ ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत दीपक दाहालले घटना पुष्टी गरे। ‘निर्माणाधिन परियोजनामा ढिस्को खस्दा घाइते भएका २ जना श्रमिकलाई उद्धार गरेर पालिकाको एम्बुलेन्समा काठमाडौं पठाइएको छ,’ दाहालले भने,‘थप क्षतिको विवरण आउन बाँकी छ ।’