प्लाष्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरणमा जोड

सिधाकुरा

४, भदौ काठमाडौं, प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिनुभयो । 

उहाँहरुले प्लाष्टिकका सामग्रीको पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि ‘प्लाष्टिक विनिमय बैंक’ सञ्चालन गर्नुपर्ने, प्लाष्टिकको कम प्रयोग गर्ने, पर्यटकीयस्थलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइएको थियो । प्लाष्टिकबाट बनेका सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा स्थानीय तहमार्फत जनचेतना फैलाउनुपर्ने, सहरी क्षेत्रमा प्लाष्टिकका सामग्रीको विकल्पमा अन्य वस्तुको प्रयोग गर्नुपर्ने उहाँहरुको सुझाव थियो । 

समितिका सभापति प्रकाश पन्तले प्लाष्टिकबाट बनेका सामग्रीले मानव समुदाय तथा वातावरणमा पारेका प्रभाव न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रका सरोकारवालालाई नीतिको मस्यौदा तयार गरेर ल्याउन आग्रह गर्नुभयो । 

सोह्रौँ पञ्चवर्षीय योजनामा प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट सिर्जित दुष्प्रभाव र प्रयोगमा कमी ल्याउने नीति समेट्नुपर्नेमा जोड दिँदै उहाँले नीति तर्जुमाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण मन्त्रालय र निजी क्षेत्रसँग छलफल गर्न सकिने बताउनुभयो । 

समिति सदस्य बिमला घिमिरेले स्थानीय तहलाई जिम्मेवार बनाएर प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । प्लाष्टिकका सामग्रीको पुनः प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । अर्का सदस्य भुवनबहादुर सुनारले प्लाष्टिकजन्य सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा बेलैमा सोच्नुपर्ने बताउनुभयो । प्लाष्टिकको अन्दाधुन्ध प्रयोगबाट निम्तिएको दुष्प्रभाव न्यूनीकरण गनै सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

सदस्य कमला पन्थले प्लाष्टिकजन्य सामग्रीको प्रयोग अनिवार्य जस्तै भए पनि यसको प्रयोग घटाउने, पुनः प्रयोग र प्रशोधन गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा नेपालमा प्लाष्टिक व्यवस्थापनसम्बन्धी नीति विषयको प्रस्तुति गर्दै पूर्वसचिव डा विश्वनाथ ओलीले प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधनलाई बढवा दिँदै चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्ने नीति बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले प्लाष्टिकको प्रयोग घटाउने, पुनःप्रयोगलाई बढवा दिने, प्रशोधन गर्ने, प्लाष्टिकजन्य फोहरको सुरक्षित विसर्जन गर्ने, यसको प्रयोग र प्रभावसम्बन्धी जनचेतना, प्रचारप्रसार र क्षमता विकासका काम गर्नुपर्ने बताउनुभयो । 

नेपालमा सन् १९५० देखि प्लाष्टिकको प्रयोग बढ्दै गएको पाइन्छ । प्लाष्टिकको झोला मात्र नभइ इलेक्ट्रोनिक्स÷इलेक्ट्रिकल सामग्री, भाँडाकुँडा, बोतल, पाइप, ड्रम, खेलौना, फर्निचरलगायत क्षेत्रमा यसको व्यापक प्रयोग हुँदै आएको छ । पूर्वसचिव ओलीले सन् १९५० मा विश्वभर २० लाख टन प्लाष्टिक उत्पादन भएकामा सन् २०१८ सम्म ४१ करोड टन प्लाष्टिक उत्पादन भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । 

मावन जीवनको अभिन्न अङ्ग बनिसकेको प्लाष्टिकको बजार सन् २०२१ मा छ सय खर्ब अमेरिकी डलर रहेको उहाँको भनाइ छ । नेपालमा प्रतिदिन करिब चार हजार नौ सय टन फोहर उत्पादन हुने गरेकामा प्लाष्टिकको हिस्सा १३ प्रतिशत रहेको छ । नेपालमा प्रतिवर्ष झण्डै एक लाख ६५ हजार टन प्लाष्टिकका सामग्री उत्पादन हुने गरेका छन् । बैठकमा सन् २०२१ मा नेपालमा करिब ६३ करोड अमेरिकी डलर बराबरको प्लाष्टिकजन्य वस्तुको आयात तथा ८६ लाख अमेरिकी डलर बराबरको निर्यात हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....