‘स्वायत्त सामाजिक संस्था एनआरएनएमाथि राज्यद्वारा गरिएको अन्याय र ज्यादतिविरुद्ध बोलिदिनुस्’

सिधाकुरा

माननीय सांसद ज्यू

संघीय संसद, नेपाल

काठमाडौं । 


                                       विषय :  प्रवासी नेपालीको न्यायको लागि संसदमा बोलिदिन अनुरोध ।

माननीय सांसदज्यू,

                        “नेपालीको लागि नेपाली“ भन्ने मूलमन्त्रसहित समृद्ध नेपालको परिकल्पना गर्दै स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको दुई दशक पूरा भएको छ । दुई दशकमा नेपालमा गैरआवासीय नेपालीहरुले १ खर्बकाे लगानी भित्र्याएका छन् भने १ अर्ब भन्दा बढीको परोपकारी काम भएका छन् । गैरआवासीय नेपालीहरुको लगानीमा नेपालमा सञ्चालनमा रहेको सयौं कम्पनीमा लाखाैँ नेपालीहरुले रोजगारी पाएका छन् । विदेशमा नेपालीहरुले मासिक ८० खर्ब रुपैयाँ कमाइरहेका छन् । 

देशमा पर्ने प्राकृतिक प्रकोप भूकम्प, बाढीपहिरो होस् वा कोरोना महामारीमा विदेशमा बस्ने नेपालीहरुले आफ्नो देशप्रति कर्तब्य ठानेर जिम्मेवारी पूरा गर्दै देशलाई दुःख परेको बेला कहिलेकाहिँ सरकार भन्दा पनि एक कदम अगाडि बढेर देशको सेवा गर्दै आएका छन् । नेपालको राजनीतिक परिवर्तनमा समेत गैरआवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । ०६२–०६३ को आन्दोलनदेखि भारतले नेपालबिरुद्ध लगाएको नाकाबन्दीमा विदेशमा बस्ने नेपालीहरुले विभिन्न देशको कूटनीतिक नियोगमा ठूलो दबाब सिर्जना गर्दै राजनीतिक परिवर्तन र भारतले नेपालबिरुद्ध लगाएको नाकाबन्दी फिर्ता लिन बाध्य पार्न सहयोग गरेको स्मरण गराउन चाहन्छु ।

देशभित्र केही गरौँ । र, देशको समृद्धिको लागि एउटा ईँटा थप्ने प्रणसहित स्थापना भएको गैरआवासीय नेपाली संघ, नेपाल सरकारको ठाडो हस्तक्षेप र दलीय राजनीतिका कारण विघटन उन्मुख छ । गैरआवासीय नेपाली संघको गत अक्टोवर महिनामा सम्पन्न ११ औं महाधिवेशनमा नेपाली कांग्रेसका उम्मेदवार महेश श्रेष्ठ र मओवादी उम्मेदवार आरके शर्माले निर्वाचनमा नराम्रो पराजय हासिल गरेपछि वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँधेर गैरआवासीय नेपाली संघको हरेक १० वर्षमा हुने नवीकरणलाई रोकिदिएपछि संघ बाध्य भएर आदालतको ढोका ढक्ढकाउन बाध्य भएको छ । 

माननीय सांसद ज्यू,

                         गैरआवासीय नेपाली संघको गत अक्टोवरमा सम्पन्न निर्वाचनमा सरकारी पक्षले निर्वाचनमा अनियमिता र धाँधली भएको आरोपका तथ्यहरु यहाँ समक्ष बुँद्धागत रुपमा प्रस्तुत गर्न चाहान्छु ।

१. गैरआवासीय नेपाली संघको इतिहासमा पहिलो पटक फेस भेरिफिकेसन माध्यमबाट गत १९ अक्टोबरमा भएको निर्वाचनमा संघका अध्यक्ष डा. बद्री केसीले १ हजार ३ सय ७८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार महेश श्रेष्ठले १ हजार २ सय २५ मत र माओवादी उम्मेदवार आरके शर्माले १ हजार २ सय ८१ मत प्राप्त गर्नुभएको हो ।   

२. संघको निर्वाचनको परिणाम प्राप्त भएको दिन २० अक्टोबर २०२३ का दिन सरकारी उम्मेदवारहरुले निर्वाचन हारेपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा परराष्ट्र मन्त्री एनपी साउदको उपस्थितिमा हिमालय होटलमा पराजित समूहले आफूले निर्वाचन जितेको भन्दै समानान्तर समिति घोषणा गरेको थियो ।

३. निर्वाचनको परिणाम सरकारको पक्षमा नदेखिएपछि परराष्ट्र मन्त्री एनपी साउदले पटक पटक फोन गरेर निर्वाचनको परिणाम खारेज गर्न र निर्वाचित पदाधिकारीहरुलाई सपथ नखुवाउन दबाब दिएका थिए । तर संघद्वारा गठित स्वतन्त्र निर्वाचन समितिले आफ्नो कर्तब्य पूरा गर्दै निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएको थियो ।

४. गत अक्टोबर २० तारिखमा सबै उम्मेदवारहरुको रोहवरमा सर्वसम्मतबाट निर्वाचनको परिणाम सार्वजनिक भए लगत्तै निर्वाचनपछि हुने साधारणसभा, बन्दसत्र तथा घोषणासभाका कार्यक्रमहरु केही समयको लागि स्थगन भएका थिए । तर संघको निर्णय बमोजिम २२ अक्टोवर २०२३ सम्पन्न साधारणसभाले संघको आर्थिक तथा वार्षिक प्रतिवेदनहरु पारित भएका थिए ।

५. गैरआवासीय नेपाली संघको निर्वाचन गर्ने जिम्मेवारी लिएको विश्व विख्यात भेरो कम्पनीलाई निर्वाचन गर्न दिने निर्णय संघको सबै पदाधिकारीहरुको सर्वसम्मत निर्णयबाट भएको हो ।

६. संघको निर्वाचन परिणाम सार्वजनिक गर्दा संघको उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेलको पक्षमा देखिएको शुन्य मत ९०० लाई तत्कालै भेरो कम्पनीले प्राविधिक त्रुटीको भएको भन्दै सच्याएको थियो । त्यसलाई सीबीआईको रिपोर्टले समेत डा. केशव पौडेलले प्राप्त गरेको मत संख्या कहिँकतै नहराएको र उनले प्राप्त गरेको भोट काउन्ट भएर उपाध्यक्ष पदमा निर्वाचित भएको पुष्टि गरिसकेको छ ।

७. गैरआवासीय नेपाली संघको निर्वाचन परिणामप्रति परराष्ट्रमन्त्री एनपी साउद र प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तोष व्यक्त गर्दै संघका अध्यक्ष डा. बद्री केसी लगायतलाई औपचारिक रुपमा भेटघाट गर्न र संघले जाजरकोट र पश्चिम रुकुममा भएको भूकम्पका पीडितको लागि १० लाख सहयोग दिन खोस्दा समेत सरकारले सहयोग अस्वीकार गरेको अवस्था रहेको छ ।

८. यस्तै, गत अक्टोबर महिनादेखि करिब १४ सय जना गैरआवासीय नेपालीहरुले एनआरएन नागरिकता लिएका छन् तर सो नागरिकता व्यवहारिक रुपमा कार्यान्वयन आउन सकेको छैन् । एनआरएन नागरिकताले बैंक खाता नखोल्ने, जग्गा पास नहुने, एनआरएन नागरिकता लिएर पनि नेपाल आउँदा अझै भिसा लिनुपर्ने अवस्था रहेको छ । कयौँ संस्थाहरुले एनआरएन नागरिकतालाई नेपाली नागरिकताको मान्यता नदिएको अवस्था छ । त्यसैले संविधानको मूलमर्म अनुसार राजनीतिक अधिकार बाहेकका नेपाली सरहको अधिकारहरु स्थापित हुनेगरी कानुनी व्यवस्था गरिदिनुहुन अनुरोध छ । 

अतः आफ्नै मेहनत र पसिनाले स्थापना गरेको एक स्वतन्त्र र स्वायत्त सामाजिक संस्थामाथि राज्यद्वारा गरिएको अन्याय र ज्यादतिविरुद्ध देशको संघीय संसदमार्फत् विदेशमा रहेका नेपालीहरुको आवाज नेपाली जनता समक्ष पुर्याइदिनुहुन र संघमा पटक-पटक भएको सरकारी हस्तक्षेप रोक्न आवश्यक कानुनी व्यवस्थाको प्रवन्ध गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

निवेदक

चिरन शर्मा

(चिरन शर्मा गैर आवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य हुन् ।)

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....