काठमाडौँ । अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कान्तिपुरले समाचार लेख्दै सिरोहियाको खण्डन सार्वजनिक गरेको छ । जहाँ कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सिरोहियाले बताएका छन् ।
त्यस्तै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका छन् । उनले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने बताएका छन् ।
मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो ।
उनले भने प्रहरीले फक्राउ पुर्जी जारीका लागि अनुमती माग गरेको थियो, अदालतको इजलास न २ बाट अनुमती जारी भएको थियो ।
-
Raju ghising 5 months agoकैलाश सिरोहिया देशको लागि एक विकार हो। देशको जनताको लागि एक घातक रोग हो। यस्तो घातक रोगलाई छिटोभन्दा छिटो देशबाट निकाला गरियोस्। यो एक कोरोना भाइरस भन्दा पनि बढी घातक रोग हो। यसलाई चाँडै नै निर्मूल गर्नुपर्छ।
-
Rishee Khanal 5 months agoयाे देश लुटाहा चोर,यसलाई नेपाल जाए भाड में भन्ने लागेको छ,अब यसलाई जेलमा सडाउन पर्छ,१२ भाइको जेठोले आज डिनर जेलमा गर्ने भयो,Good Luck Ravi दाई।