काठमाडौँ । काठमाडौँ टोखाका ४८ वर्षिय शुक्र बहादुर तामाङको रुसी सेनामा हुँदा मृत्यु भएको छ । मृतक शुक्रको शव नेपाल नआएपनि यता परिवारका सदस्यले बिहीबार बौद्ध धर्म संस्कार अनुसार काठमाडौँको स्वयम्भू गुम्बामा काजकिरिया पूरा गरेका छन्।
२०८० असोज २२ गते रुसी सेनामा भर्ना भएका तामाङको मृत्युको खबर माघ १० गते आएको थियो । पछिल्लो समय यहि मुद्दालाइ लिएर पिडित परिवारहरु आन्दोलनरत छन तर मृतक शुक्रको शव नेपाल आउन सकेको छैन । लामो समयसम्म शव ल्याउन नसक्दा पीडित परिवारले उनको तस्विर राखेर काजकिरिया गरेका हुन् ।
हालसम्म रुस–युक्रेन युद्धमा परी मृत्यु हुने नेपालीको संख्या ४० पुगेको छ ।