शालिनका बाबु भन्छन् ‘मेरो छोरीमाथि अन्याय भयो’

सिधाकुरा

काठमाडाैँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालीन पोखरेल फागुन १२ गते मृत भेटिइन् । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक स्थायी घर भएकी उनी  शनिबार बिहान आफ्नै स्कुलको होस्टलमा मृत भेटिएकी थिइन् । तर, उनको मृत्यु अस्वभाविक भएको भन्दै परिवारले निश्पक्ष छानबिनको माग गरेका छन् । 


चितवन प्रहरीले घटनाको ४ दिनसम्म जाहेरी नै लिन नमानेपछि छोरीको पोष्टमार्टम रिपोर्ट पनि प्रभावित हुने डरले पोखरेल परिवारले शालीनको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याएका छन् ।

बाबु दिपेन्द्र पोखरेलका अनुसार आफ्नो छोरीको गालामा २ वटा घाउ भेटिएको र यौनाङ्गमा चोट लागेको जानकारी त्रिवि स्थिति पोष्टमार्टममा खटिएका चिकित्सकले प्रारम्भिक जानकारी गराएका छन् । घटनास्थलको प्रकृति, जाहेरी लिन प्रहरीले गरेको आनाकानी र शिक्षण अस्पतालबाट प्राप्त सूचनाले आफ्नो छोरीको बलात्कारपछि हत्या गरिएको र प्रमाण नस्ट गरेर दोषी बचाउन राज्य संयन्त्र नै लागेको बाबु दिपेन्द्र पोखरेलको आरोप छ । 


सामाजिक सञ्जाल र अधिकरकर्मीहरुको दबाबपछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेल विरुद्ध किटानी जाहेरीपछि उनीहरु पक्राउ परेका छन् ।

यही पृष्ठभूमीमा सिधाकुराले शालिनका बाबु दिपेन्द्रसँग घटनाबारे कुराकानी गरेका छौँ । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ । 

चितवनको रत्ननगर प्रहरी चौकीबाट मलाई फोन आयो । प्रहरीका इन्स्पेक्टर बताउने एक व्यक्तिले मलाई तपाईंको छोरी मृत भेटिइन् भने । उनको फोन लगत्तै म थचक्कै भुइँमा बसेँ । नगरपालिकाको १० नम्बर वडामा पर्ने एकता शिशु निकेतन विद्यालयको कक्षा–८ मा मेरो १३ वर्षीय छोरी शालिन पोखरेल अध्ययनरत थिइन् । २ वर्षदेखि सो होस्टलमा रहेकी उनको मृत्यु हामीलाई शंकास्पद लागेको छ । त्यस लगत्तै म र मेरो भाइसहित हामी चितवन पुग्यौँ । मैले काठमाडौँबाट जानुअघि भनेको थिएँ त्यो घटनास्थल जे जस्तो अवस्थामा छ केही नचलाउनु ।

काठमाडौंँबाट जाँदै गर्दा स्कुलका प्रिन्सिपलले मलाई फोन गरेका थिए । उनले मलाई कहाँ आइपुग्नु भयो भनेर सोधे । मैले जिउँदो छदाँ त सोधीखोजी गर्नु भएन अहिले किन गर्नु हुन्छ भनेर फोन काटेँ । हामी काठमाडौँबाट घटनास्थल पुग्दा मानिसहरु टन्नै जम्मा भएका थिए । म स्कुलको प्राङ्गणमा पुग्दा खुट्टा टेक्न पनि सकिरहेको थिइँन । म पुग्ने बित्तिक्कै प्रहरीले च्यानल गेट खोल्यो । नानीका सहपाठीहरु, रुम मेटहरु कोही पनि थिएनन् । नानी फेला परेको रुमको ढोका फोरिएको थियो । मैले नानीको रुममेट, विद्यालय प्रशासन, सिडियो र प्रहरी प्रशासन नगर प्रतिनिधि सबै बोलाउनुस् र मृत्युको कारण के हो बताउनुस् भनेर माग गरे । 

नानीको शरीरले भुइँ छोएको थियो । उनको जुत्ता र कपडा पानीमा भिजाइएको थियो । उनी रहेको कोठाको भुइँ सफा गरिएको थियो । यो कसरी भयो भनेर प्रश्न गर्दा प्रहरीले तपाईँ चुप लाग्नुस् भनेर भन्यो । हामीले घटनाको मुचुल्का गर्न दिन्न भन्यौँ । तर, छोरीको लागि न्याय माग्दा मेरो भाइलाई रत्ननगर लगेर थुनियो । भाइमाथि निर्घात कुटपिट गरियो । त्यहीँबाट भरतपुर चौकी पु¥याईयो । 

परिवारका सदस्य नआई कसैलाई छिर्न नदिनु भनेका थियौँ तर हामी नपुग्दै सबै कोठा खोलियो ।  केटीहरुको होस्टलसँगै पुरुष वार्डेन बस्ने गरेको देखियो । अन्ततः सबैतिर सीसीटीभी छ तर त्यहाँ मात्रै सीसीक्यामेरा छैन । त्यो कसरी भयो ? पहिले नानीहरु भएको ठाउँमा क्यामेरा थियो । तर, पछि क्यामेरा नभएको ठाउँमा नानीहरुलाई सारिएको रहेछ । यो कुरा हामीलाई  जानकारी नै दिइएन । यो सबै घटनाक्रम हेर्दा यो सुनियोजित रुपमा घटाइएको घटना हो । यस प्रकरणमा विस्तृत छानबिन गरिनुपर्छ भनेर हामीले माग गर्दा गर्दै चितवनको प्याब्सनले आत्महत्या भनेर विज्ञप्ति निकाल्यो । यो कुरा उसले कसरी भन्न सक्यो । घटना भएपछि हामीलाई नानीका सहपाठीलाई समेत भेट्न दिइएको छैन । उनीहरु सबैजना कहाँ छन् थाहा छैन । हामीलााई किन यस्तो गरियो भन्ने पनि थाहा छैन् ।

हामीले प्रहरी कार्यालयमा घटनाको छानबिनका लागि जाहेरी दिन गयौँ । तर, प्रहरीले माथिको आदेश भन्दै जाहेरी लिन मानेन । जाहेरीमा नाम उल्लेख भएकाको नाम हटाउन चितवन प्रहरीले रातो कलमले घेरा नै लगाएको छ । यस्तै हो न्याय ? घटना गुपचुप लुकाउन खोजिएपछि हामीले छोरीको पोष्टमार्टम रिर्पोट काठमाडौंमा गराउने भनेर शव काठमाडौँ नै लिएर आएका छौँ । त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टम रिपोर्टमा मृत्युको एकदेखि डेढ घण्टाअघि र पछि गालामा चिमोटिएको घाउ देखिएको र यौनाङ््गमा आलो घाउ रहेको जानकारी अस्पताललले हामीलाई मौखिक रुपमा गराएका छन् । 

मेरो १३ वर्षिय छोरीमाथि यो सबै कसरी भयो ? चितवन प्रहरीले यो घटना किन लुकाउन खोज्यो ? यसको जिम्मा कसले लिने ? प्रहरीले ४ दिनसम्म जाहेरी दर्ता गर्न नमान्नुको पछाडीको कारण के थियो । पटक पटक न्यायको माग गर्दा पनि माथिको आदेश भन्दै जाहेरी नलिनु गम्भिर अपराध हो । हाम्रो छोरीको न्यायको लडार्इँमा हामी सबैको साथ खोजिरहेका छौँ । 

(पोखरेलसँग गरिएकाे भिडियो कुराकानीमा आधारित)


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....