पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउसहित मैदान उत्रिँदै नेपाली महिला राष्ट्रिय फुटबल टोली

सिधाकुरा

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिबिहीन नेपाली महिला राष्ट्रिय फुटबल टोली आज पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रदैछ । नेपाली टोली समूह चरण र सेमिफाइनलमा देखाएको उत्कृष्ट खेल कौशललाई फाइनलमा पनि निरन्रता दिँदै उपाधिबिहीन यात्रामा पूर्णबिराम लगाउने दाउमा छ । 

तर प्रतियोगिताको बलियो टोली जोर्डनविरुद्धको खेल भने नेपालका लागि पक्कै पनि सहज हुने छैन । साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैसल स्पोट्र्स सिटी रङ्गशालामा हुने फाइनलमा दुवै टोली उपाधिका उत्तिकै दाबेदार मानिएका छन् ।  

त्यसैमाथि टोलीको मुख्य खेलाडी सावित्री भण्डारी ९साम्बा०को अनुपस्थितिको भरपाई सहज नहुनसक्छ । नेपाली टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाको ठाउँ कस्ले लिने भन्ने चिन्ता पनि थपिएको छ । 

साम्बा एन अभान्ट ग्वेंगाम्पसँगको व्यावसायिक सम्झौताका कारण फ्रान्स जानु परेपछि फाइनल गुमाएकी हुन् । उक्त क्लबसँगको सम्झौताअनुसार उनलाई फिफा विन्डोको खेलमात्रै खेल्ने अनुमति थियो । समूह चरण र सेमिफाइनलका खेल फिफा विन्डोभित्र परे पनि फाइनल खेल फिफा विन्डो बाहिरको खेल भएकाले उनी फाइनल खेल्न नपाएकी हुन् । 

अखिल नेपाल फुटबल सङ्घका प्रतिनिधि तथा खेल विश्लेषक सञ्जीव मिश्र जोर्डन बलियो टोली भए पनि उपाधि नेपालले नै जित्नेमा आफू विश्वस्त रहेको बताउँछन् । साम्बाको अनुपस्थितिमा नेपाललाई केही अप्ठ्यारो भए पनि फुटबल ‘टिम गेम’ भएकाले अन्य खेलाडीले साम्बाको अभाव हुन नदिने उनको विश्लेषण छ ।  “यो टिम गेम हो, साम्बा टोलीमा महत्वपूर्ण खेलाडी भए पनि उनको अनुपस्थितिमा अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेमा म विश्वस्त छु”, उनले भने । 

नेपाली पुरुष फूटबल टोलीका पूर्वकप्तान तथा पूर्वप्रशिक्षक हरि खड्का नेपाली टोलीलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी साम्बाको अनुपस्थितिले टोलीलाई मानसिक दबाबमा पु¥याउन सक्ने धारणा राख्छन् । “उपाधि जित्ने दाउमा रहेको नेपालका लागि फाइनलमा साम्बाको भूमिका महत्वपूर्ण हुने नै थियो । तर टोलीका अन्य खेलाडीले उत्कृष्ट खेल खेल्नेमा मलाई विश्वास छ”, उनले भने । 

नेपालले खेलेका यसअघिका खेलमा साम्बाको ठूलो भूमिका थियो । समूह चरण र सेमिफाइनल गरी भएका चार खेलमा नेपालले कूल १५ गोल गर्दा दुई गोल खाएको थियो । नेपालले गरेका १५ मध्ये नौ गोल साम्बा एक्लैले गरेकी थिइन् । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो ।

जोर्डनले पनि प्रतियोगिताका यसअघिका खेलामा उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गरेको जोर्डनले जारी प्रतियोगितामा विपक्षी चार टोलीको पोस्टमा १३ गोल गरेको छ भने जम्मा एउटा गोल खाएको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा जोर्डनले साउदी अरेबियाविरुद्ध एक गोल खाएको थियो । 

जोर्डन वाफ च्याम्पियनसिपको पछिल्लो तीन संस्करणसहित पाँच पटकको विजेता टोली पनि हो । विश्व वरियतामा नेपाल जोर्डनभन्दा ३१ स्थानमाथि छ । जोर्डन ७४औँ स्थानमा छ भने नेपाल एक सय पाँचौ स्थानमा छ । 

नेपाल र जोर्डन जारी प्रतियोगिताका अपराजित टोली हुन् । सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ गोलअन्तरले पराजित गरेको थियो भने जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हराएको थियो । दुवै समूह चरणमा पनि अपराजित थिए । 

जोर्डनले समूह चरणमा साउदी अरेबियालाई ३१ ले, ग्वामलाई ३-० र लेबनानलाई २-० ले पराजित गरेको थियो । साथै नेपालले सिरियालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-०ले पराजित गरेको थियो ।

नेपाली टोलीमा गोलरकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् भने डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् । 

त्यसैगरी मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दीपा शाही, बिमला चौधरी र सरस्वती हमाल छन् । फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर छन् । 

खेल आज राति पौने १० बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Sidhakura Investigation

कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||

  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||

  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||

Current Affairs

सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः....

  • सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः रास्वपा नेताहरु || SIDHAKURA ||
  • पोखरामा रास्वपा नेता कार्यकर्तामाथी सरकारको दमन || SIDHAKURA ||
  • रास्वपाको आन्दोलनमा घुस पैठ गर्ने को ? प्रर्दशन दबाउने प्रहरी प्रयास ||....
  • अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्....
  • हिरासतमा रविलाई भेटेर फर्किए पछि उपसभापति डिपी अर्याल र सहप्रवक्ता प्रतिभा रावल....
  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....