काठमाडौं । काठमाडौको बल्खु खोलामा सुकुम्बासी वस्तीमा बस्ने एक व्यक्तिको शव फेला परेकाे छ । उपत्यका प्रहरी कार्यालयका अनुसार बाँके घर भई बल्खुस्थित सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेकाे हाे ।
आज बिहान साढे ७ बजे बल्खु पुल मुनि अड्किएको अवस्थामा महतोको शव फेला परेको थियो । अहिले मुचुल्का गरेर थप अनुसन्धान सूरु गरिएको प्रहरीले जनाएको छ । गएराति देखि अविरल परेको वर्षासँगै आएको बाढीले बगाउँदा महताको मृत्यु भएको हुनसक्ने देखिएको प्रहरीेले जनाएको छ ।