कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् ।
बुधबारको प्रदेशसभाको बैठकमा बोल्दै कार्कीले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताउँदै उनले विश्वासको मत मागेका हुन् । ‘संघीयता र गणतन्त्रलाई बचाउनेको लागि हामीले अठोट गर्नुपर्छ ।’ उनले भने, ‘सरकार बनाउने सबै धारा प्रयोग गर्दै हामी अन्तिम अवस्थामा आइपुगेका छौँ । माननीयहरूले नयाँ प्रयोग गरेर मलाई मुख्यमन्त्री बनाउनुभएको छ । मलाई विश्वास गर्नुभएकोप्रति म नमन गर्छु ।’
त्यस्तै उनले सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताउँदै विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरे ।
उनले सबै दलका सबै सांसद मिलेर प्रदेशबासीको वाचा पूरा गर्न आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।