काठमाडाैँ । काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले वार्ताबाट समस्या समाधान गर्न मिटर ब्याज पीडितलाई आग्रह गरेका छन् ।
एक महिना देखि काठमाडौँमा आन्दोलनरत पीडितका अग्रजसँग आइतबार सिंहदरबारमा छलफल गर्दै गृहमन्त्री लामिछानेले सरकार अधिकतम लचकता अपनाएर समस्याको समाधान गर्न तयार रहेको बताए ।
‘जुन बुँदामा कुरा मिलेको छैन त्यसमा छलफल गरौं । हामी समाधानको नजिक छौ । दुवै तर्फबाट अधिकतम लचकता देखाऊँ ,’ गृहमन्त्री लामिछानेले भने,‘ म आज यहाँ आइपुग्नुको श्रेय तपाईँहरूलाई नै जान्छ । उहाँहरूले पत्रकारिता गर्दा देखि नै मलाई विश्वास गरेको हो ।’
लामिछानेसँगै पीडितहरूसँगको वार्तामा गृह सचिव र सरकारले गठन गरेको वार्ता टोली पनि सहभागी छ ।