चप्पल लगाएकै कारण ह्यात प्यालेसमा डेलीभरी राइडरमाथि दुर्व्यवहार भएको हो ?

सिधाकुरा

काठमाडौँ ।  असार १२ गते बुधबार साँझ ५ः३० बजे, केक सेवा डकममा एक ग्राहकको अर्डर आयो । उक्त केकको अर्डरकर्ता ग्राहक थिए सोल्टी मोडमा रहेको पाँचतारे होटल ह्यात प्यालेसमा बस्ने भारतीय नागरिक ।

अर्डर आएपछि केक सेवाले आफ्नो भेन्डरसमेत रहेको ह्यात प्यालेसमा सम्पर्क गर्यो । तर, होटलका ग्राहकले भनेअनुसारको केक पाइएन । त्यसपछि केक सेवाले आफ्नो अर्को भेन्डरमार्फत केक लियो र ह्यात प्यालेस पठाउन राइडर राजु अधिकारी (नाम परिवर्तन) लाई डेलिभरीको जिम्मा दियो ।

दैनिक ३० वटासम्म डेलिभरीको काम गर्ने राजु साँझ केक बोकेर ह्यात प्यालेसको गेटमा पुगे तर  उनलाई होटलका सुरक्षाकर्मीले भित्र छिर्न दिएनन् । गर्मी र बर्खाका कारण चप्पल लगाएर राइड गरिरहेका राजुले भित्रै डेलिभरी दिन प्रयास गरे तर होटलले दिएन । 

आफूलाई प्रवेश नदिएकोबारे उनले उक्त होटलका सुरक्षाकर्मीसँग जिज्ञासा राखे । त्यसको जवाफमा उनले आफूले चप्पल लगाएका कारण प्रवेश नपाएको थाहा पाए । सुरक्षाकर्मीसँग केही समय उनले आफूलाई भित्र गएर केक जिम्मा लगाइदिन अनुमति दिन आग्रह गरे तर प्रवेश पाएनन् । 

अन्त्यमा सुरक्षाकर्मी आफैँले सो केक ग्राहकको जिम्मा लगाइदिने भन्दै मागे र राइडरलाई बाहिरबाटै फिर्ता पठाइदिए । सोहीअनुरूप राइडर त्यहाँबाट आफ्नो काममा फर्किए । 

राइडर केक लिएर गएको करिब डेढ घण्टापछि केक सेवामा पुनः सोही नम्बरबाट फोन आयो । रिसले चुर भएका ग्राहकले एकोहोरो गाली गर्दै ‘केक सेवाको सेवा झुर’ समेत भएको भन्न भ्याए । त्यतिबेलासम्म केक सेवाका कर्मचारीले वास्तविकता बुझेकै थिएनन् । केक नराम्रो परेछ कि भन्ने आशङ्का गरिरहेका उनीहरूले पछि मात्र ग्राहकले केक नपाएको थाहा पाए ।

त्यसपछि उनीहरूले पुन राइडरलाई सम्पर्क गरे । जवाफमा राइडरले ‘गार्डले चप्पल लगाएको भनेर आफूलाई भित्र पस्न नदिएपछि आफूले उनीहरूलाई भित्र पुर्याइदिने सर्तमा केक जिम्मा लगाएर त्यहाँबाट निस्किएको बताए ।’ 

त्यसपछि केक सेवाका कर्मचारीले पुनः ह्यात प्यालेसमा सम्पर्क गरे । त्यहाँको फोन उठाउने कर्मचारीले सो विषयमा आफूलाई जानकारी नभएको बताए ।  

विषय जटिलतातर्फ धकेलिँदै गयो, ग्राहकले बर्थडे सेलिब्रेसन भएकाले छिटो केक चाहिने भन्दै अत्याइरहेका थिए, त्यसपछि केक सेवाका कर्मचारीले आफ्ना साहु गुहारे । 

आफ्नो भेन्डरसमेत रहेका कारण केक सेवाका सञ्चालकले ह्यात प्यालेसमा सम्पर्क गरे । तर, त्यहाँबाट पनि जानकारी नभएको जवाफ आयो । त्यसपछि उनीहरूले आफूहरूको राइडरले गार्डलाई केक जिम्मा लगाएको बताएपछि ह्यात प्यालेसका कर्मचारीले सिसिटिभी चेक गरे । सिसिटिभी जाँच गर्दा गेटमा रहेका गार्डले केक लिएर होल्डिङ सेन्टरमा राखेको पाए । होटलका सुरक्षाकर्मीले आफूमाथि अपमान गरेको सिधाकुरासँग डेलिभरीकर्ता अधिकारीले बताए । ‘मलाई चप्पल लगाएकै कारण भित्र प्रवेश दिइएन,’ सिधाकुराको सम्पर्कमा आएका उनले दुई साता अघिको घटना स्मरण गर्दै थपे, ‘सिसाको गेट भित्रका कफी शपमा ग्राहक कुरिरहेका थिए । म बाहिरै केक छोडेर निस्कनुपर्यो ।’ उनले आफ्नो सानो कमजोरीका कारण ग्राहकलाई भरपर्दो सेवा दिन चुकेको महसुस भएको बताए ।

यता केक डेलिभरी दिने कम्पनीले भने होटलमा यसबारे जानकारी गराउँदा बार्गेनिङ गर्न खोजेको आरोप लगाएको जनाएको छ । केक सेवाका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले आफूहरुले घटनाको बारेमा जानकारी लिन खोज्दा उल्टै बार्गेनिङ गर्ने माध्यम बनाएको भन्ने आरोप खेपेको दाबी गरे । 

‘होटलका ग्राहकलाई सेवा दिँदा त्यो हदको अपमान किन गरेको भन्ने प्रश्न गर्दा तिमीहरुले हामीसँग बार्गेनिङ गर्ने माध्यम बनायौ भन्ने लारोप लगाए,’ सञ्चालक सापकोटाले सिधाकुरासँग भने, ‘हामी ह्यात प्यालेससँग थुपै विषयमा सहकार्य गरिरहेका हुन्छौँ तर सेवा दिन गएका हाम्रा राइडरहरुलाई गरिएको अपमान आपत्तिजनक छ ।’

सो विषयमा गुनासो गर्न आफूले ह्यात प्यालेसका महाप्रबन्धक बरुण तलवारलाई सम्पर्क गर्दा उनले समेत गैरजिम्मेवार जवाफ दिएको भन्दै सापकोटाले विज्ञप्ती सार्वजनिक गरेका छन् । 

यता ह्यात प्यालेसले भने होटल प्रवेशका लागि त्यस्तो कुनै ड्रेस कोड नतोकिएको जनाएको छ । सिधाकुरासँग कुरा गर्दै होटलका बजार हेर्ने प्रतिनिधि निशान राईले होटलमा त्यस्तो केही नियम नभएको बताए । ‘काठमाडौँमा थोरै होटलहरु छन् जसले क्याजुअल ड्रेसलाई सम्मान गर्छन्, त्यसमध्ये हामी पनि एक हौँ । हामीमा के लगाएर आउने भन्ने कुनै नियम छैन्’, उनले सिधाकुरासँग भने, ‘केक लिएर आएका राइडरलाई अपमान भएको भन्ने समाचार आएको पायौँ तर हामीलाई समेत यसबारेमा कुनै जानकारी छैन् ।’ 

होटलले कसैप्रति पनि दूरभाव नराख्ने उनले बताए ।  

प्रतिक्रिया

Sidhakura Investigation

कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||

  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||

  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||

Current Affairs

सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः....

  • सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः रास्वपा नेताहरु || SIDHAKURA ||
  • पोखरामा रास्वपा नेता कार्यकर्तामाथी सरकारको दमन || SIDHAKURA ||
  • रास्वपाको आन्दोलनमा घुस पैठ गर्ने को ? प्रर्दशन दबाउने प्रहरी प्रयास ||....
  • अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्....
  • हिरासतमा रविलाई भेटेर फर्किए पछि उपसभापति डिपी अर्याल र सहप्रवक्ता प्रतिभा रावल....
  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....