स्मार्ट क्यामराबाट पैदलयात्रीको घनत्व मापन गरी सुरु भएकाे थियाे न्यूराेडकाे फुटपाथ बिस्तार, यस्ताे छ महानगरकाे याेजना

सिधाकुरा

काठमाडौँ । नयाँ सडक क्षेत्रमा महानगरपालिकाले विस्तार गरिरहेको पैदल मार्ग सुधार गर्दा विगतमा सवारी पार्किङ् गरिएको जत्ति पनि सडकको क्षेत्रफल नओगटिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरका सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारीका अनुसार न्यूरोडको कालोपत्रे सडकमा विगतमा मोटरसाइकल, सामान ढुवानीका साधन, कारहरु पार्किङ् गरेर जति ठाउँमा राखिन्थ्यो त्यति सबै ठाउँ पनि अहिले बनाउँदै गरिएको फुटपाथले लिने छैन । 

उनी भन्छन्, ‘सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताको जीवन्त आयामका लागि विगतमा पार्किङ् हुने गरेको स्थानमा पैदल मार्ग बनाएर पैदलयात्रीको यात्राका लागि उपलब्ध गराउन लागिएको हो ।’ 

पैदलयात्रीको संख्या बढ्दै गएपछि यात्रा सहजता तथा सुरक्षाका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरेको थियो । बोलपत्र अनुसार कामको जिम्मा पाएको कम्पनीले जेठ ११ गतेदेखि निमार्ण सुरु गरेको थियो । 

तर  काम थालेको भोलिपल्टै डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो । सडक डिभिजनको अवरोध पछि रोकिएको निमार्ण कार्य उच्च अदालत पाटनको आदेश पुन अगाडी बढेको थियो । 

आयोगका उपाध्यक्ष डा.राजभण्डारीका अनुसार मिश्रित आवासीय क्षेत्रमा १.८ मिटर, मिश्रित व्यवसायिक क्षेत्रमा २.५० मिटर, बस विसौनीमा ३ मिटर, बजार क्षेत्रमा ३.५ देखि ४.५ मिटर, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा ४ मिटर चौडाइको पैदल मार्ग आवश्यक हुन्छ । सोही आवश्यकता अनुसार योजना बनाएर सुरु गरिएको  पैदल मार्ग निर्माण भएपछि सहरी सडकको मापदण्डबमोजिम पैदल मार्ग विस्तार हुनेछ। 

सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार  १३ मिटरको सडक भएको ठाउँमा ८ मिटर मुल सडक राख्ने, दायाँ २.५ र वायाँ २.५ मिटर पैदल मार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा ८ मिटर मूल सडक राख्ने, दायाँ १.५ मिटर र वायाँ १.५ मिटर पैदल मार्ग विस्तार गर्ने महानगरको योजना रहेको छ । शाक्य भन्छन् यसरी पैदल मार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ् भए जत्तिकै ठाउँ मात्र उपयोग हुन्छ ।’ शाक्यकाअनुसार धर्मपथ सडक खण्ड १३ मिटरको छ । नयाँ सडकका बाँकी खण्ड ११ मिटरका छन् । बाँकी सडक खण्डमा विशालबजार, पाको, प्युखा मार्ग र खिचापोखरी मार्गमा पैदल मार्ग हुन् । 

नयाँ क्षेत्रको अध्ययन र सिफारिस

महानगरपालिकाको सहरी योजना आयोग र सहरी यातायात तथा सडक सुरक्षा एकाइले नयाँ सडक क्षेत्रका पूर्वाधार, यसको उपयोगिता, समस्या र सम्भावित समाधानका उपायका विषयमा गएको जेठ महिनामा संयुक्त अध्ययन गरेको थियो । 

सहरमा सवारी साधनमा यात्रा गर्ने यात्रीभन्दा पैदल मार्गमा हिँड्ने यात्रीको संख्या धेरै भएकोले सडकमा पैदल यात्रीलाई प्राथमिकता दिनुपर्ने अन्तरराष्ट्रिय अभ्यास रहेको छ । सोही अध्ययनबाट प्रयोगात्मक र वास्तविक तथ्यको प्रयोग गरेर नयाँ सडकको पैदल मार्ग सुधारको अध्ययन प्रतिवेदन तयार भएको थियो ।  अध्ययनमा मुख्य चोक, सडक किनारा र जेब्रा क्रसको प्रयोग गर्ने यात्रीहरुको संख्या, ट्राफिक नियम र मापदण्डसँग पैदल यात्रुको यात्रा सहजतालाई आधारका रुपमा लिइएको थियो । 

स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरिएको थियो । यसरी गरिएको गणनामा जुद्ध शालिकबाट नयाँ सडक गेटतर्फ बेलुका ६ बजेदेखि ७ बजेसम्म ९१ घण्टा अवधिमा ८ हजार ७४५ जना यात्रुले पैदल यात्रा गरेको देखियो । इन्द्रचोकमा बेलुका ०७ः४५ देखि ०८ः४५ सम्म गणना गर्दा २ हजार ९३३ जनाले, धर्मपथमा बेलुका ०५ः१५ देखि ०६ः१५ सम्म गणना गर्दा ४ हजार ४३७ जनाले यात्रा गरेको देखियो । नयाँ सडक ताम्राकार हाउसतर्फबाट जुद्ध शालिकतर्फ राखिएको क्यामराबाट बेलुका ५ बजेदेखि ६ बजेसम्म १ घण्टाको अवधिमा ६ हजार ७४ जना यात्रीले र यही ठाउँबाट न्यूरोड गेटतर्फ फर्काएर राखिएको क्यामराबाट बेलुका ०५ः४५ देखि ०६ः४५ बजेसम्ममा ४ हजार १२७ जना पैदल यात्रीले यात्रा गरेको देखियो ।  

अध्ययनमा पैदल यात्रु शारीरिक बनावटका आधारमा निर्वाध हिँड्न आवश्यक पर्ने स्थानको आकार, यात्रुको घनत्व, उपलब्ध पैदल मार्गको विश्लेषण र सडक व्यवस्थापनका लागि प्रचलित कानुनले स्थानीय तहलाई दिएको अधिकारको विश्लेषण गरिएको आयोगका उपाध्यक्ष राजभण्डारीको भनाइ छ । यसरी हेर्दा नयाँ सडक क्षेत्रमा अहिले उपलब्ध पैदल मार्ग अपर्याप्त भएको निष्कर्षसहित मार्ग विस्तार गर्न सिफारिस गरिएको छ । 

पैदल मार्ग विस्तार नगर्दा मूल सडकमा पैदल यात्री आउनु पर्ने बाध्यात्मक अवस्था रहेको देखाउँदै अध्ययन प्रतिवेदनले यसबाट हुने सक्ने दुर्घटनाजन्य जोखिम घटाउन पनि पैदल मार्ग विस्तार गर्नु पर्ने भएको छ । पैदल यात्रीको संख्या क्रमशः बढ्दै जाने अवस्था देखाउँदैे त्यो अवस्था व्यवस्थापन गर्न पनि पैदल मार्ग सुधारको खाँचो भएको छ । सम्पदा स्थलको सन्निकट क्षेत्रमा पैदल यात्राको सहजताले मौलिक संस्कृति संरक्षण र सहरी जीवन्ततामा महत्वपूर्ण अर्थ राख्ने प्रतिवेदनमा औँल्याइएको छ । 


सडक व्यवस्थापनसँग सम्बन्धित कानुनी व्यवस्था 

पछिल्लो समयमा डिभिजन सडक कार्यालय काठमाडौँले सडकमा आफ्नो नाम लेखेपछि सडकको स्वामित्वका कसको हो भन्ने विषय चर्चामा आएको छ । यही क्रममा २०८१ असार ३० गते उच्च अदालत पाटनले महानगरपालिकाको माग बमोजिमको रिट आदेश दिँदै कानुनी व्यवस्थाहरुका विषय स्पष्ट पारिदिएको छ । 

राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा अलग अलग प्रवन्ध गरिएको छ । सो व्यवस्थाअन्तर्गत अनुसुची ५ को क्र.सं. २० मा राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन सम्बन्धी अधिकार संघलाई रहने र अनुसूची ८ को क्र.सं. ११ मा स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई समेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था छ । 

नेपालको संविधान लागू भए पश्चात सार्वजनिक सडक ऐन २०३१ मिति २०७५ फागुन १९ मा संशोधन भई दफा ३ (ख) थप गरी सोमा सडक बर्गीकरणको व्यवस्था राखिएको छ । यस प्रावधानले सडकलाई राष्ट्रिय लोकमार्ग, प्रदेश लोकमार्ग, स्थानीय, ग्रामीण तथा सहरी सडक भनी वर्गीकरण भएको हुनुपर्छ । यस्तै भौतिक योजना तथा निर्माण मन्त्रालय, राष्ट्रिय यातायात नीति २०५८ को बुँदा नं. ७.१.४ ले सहरी सडकको परिभाषा गर्दा सडकको निर्माण मर्मत सम्भार समेतको कार्य गर्ने जिम्मेवारी स्थानीय तहमा रहने भनेको छ । 

आयोजना वर्गीकरण सम्बन्धी मापदण्ड २०८०, संघ प्रदेश तथा स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको बाँडफाँड र विस्तृतीकरणले सडक सम्बद्ध विषयवस्तु समेटेको छ । 

आयोजना वर्गीकरण सम्बन्धी मापदण्ड २०८० ले, राष्ट्रिय लोकमार्ग संघीय सरकारको, प्रदेश लोकमार्ग र दुई वा दुईभन्दा बढी स्थानीय तह जोड्ने सडकहरु प्रदेशले र सबै किसिमका स्थानीय सडक स्थानीय तहको जिम्मामा रहने व्यवस्था गरेको छ । 

नेपाल संविधान, नेपाल सरकार (मन्त्री परिषद) बाट जारी भएको वर्गीकरण मापदण्ड, संघीय संसदबाट जारी भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) २०७७, नेपाल सरकार ९मन्त्री परिषद० बाट जारी भएको तीन तहका सरकारहरुको अधिकारको बाँडफाँड सम्बन्धी कार्य विस्तृतीकरण प्रतिवेदन २०७३ र नेपाल सरकार (मन्त्री परिषद) ले २०७६ सालमा तोकेको राष्ट्रिय लोकमार्ग, प्रदेश लोकमार्ग र स्थानीय सडक व्यवस्थापनका विषय छन् । 

महानगरपालिकाले यी कानुनी अधिकारहरुको प्रयोग गरेर सहरका सबै सडकमा पैदल यात्रु सहजताका लागि काम गरिरहेको छ दाबी गर्दै आएको छ । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....