काठमाडाैँ : नेकपा माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन सहित सडक आन्दोलन गर्ने भएको छ ।
आफैँ सरकारको नेतृत्व गरिरहँदापनि व्यवस्थामाथि नै आक्रमण हुन थालेको बताउने प्रचण्डले आन्दोलनको घोषणा गरेका हुन् ।
आइतबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध जस्ता विषयलाई मुल मुद्दा बनाएर आन्दोलन गर्ने निर्णयसहित ६ बुँदे सर्कुलर जारी गरेको हो ।
‘यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’ सर्कुलरमा भनिएको छ ।