काठमाडाैँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् । कलाकार पवन खतिवडा उर्फ म्याकुरीलाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेकी हुन् ।
काठमाडौँ प्रहरीको अनुरोधमा उनलाई सिन्धुपाल्चोक प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको हो । उनीविरुद्ध पवन खतिवडाले कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।
पछिल्ला दिनहरुका कलाकार खतिवडा र उनकी श्रीमति सुम्निमाबिचको विवाद चर्किएको छ । उनीहरु एकआपसमै पत्रकार सम्मेलन गरेर आफूहरुबिचको विवाद सतहमा ल्याइरहेका छ्न् ।
सोही क्रममा खतिवडाले आफूलाई सर्मिला वाइबालगायतको समूह हातपात गरेको भन्दै अनुहारमा चोट नै लिएर सार्वजनिक भएका थिए ।