२२ वर्षदेखि पर्सा नछोडेका प्रहरीहरू

जियालाल साह

वीरगंज ।  प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरी कर्मचारी बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष मात्रै काम गर्न पाइने व्यवस्था छ । 

अझ प्रहरी निरीक्षक देखी माथिल्लो तहको पदमा कार्यरत भए त बढीमा एक वर्षभन्दा बढी एउटा जिल्लामा बस्न पाइन्न । प्रहरीमा मात्रै होइन अन्य सरकारी सेवामा पनि एउटै ठाउँमा लामो समय कार्यरत रहँदा कार्यसम्पादनमा असर पर्न सक्ने भन्दै सरुवाको प्रावधान राखिएको हुन्छ । 

तर, नियम र प्रचलनलाई लत्याएर पर्सा जिल्लामा केही प्रहरीहरू २२ वर्षसम्म एकै जिल्लामा कार्यरत रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट सिधाकुरालाई प्राप्त विवरण अनुसार विशिष्टीकृत अनुसन्धान र भूमिकामा नदेखिएका ति प्रहरीहरू कसरी एकै जिल्लामा पेन्सन पाक्ने बेलासम्म कार्यरत छन् भन्ने रहस्य खुल्दैन । 

पर्सामा प्रहरी नायब निरीक्षक देखी प्रहरी जवान तहसम्मका प्रहरीहरू १० देखी २२ वर्षसम्म एकै जिल्लामा डेरा जमाएर बसेका छन् । २०५८ सालदेखि ति प्रहरी कर्मचारीहरूले पर्सा नछोडेको पाइएको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ । 

देशको अन्यत्र स्थानमा सरुवा भएर पनि विगत २२ वर्षदेखि पर्सामा डेरा जमाएर बसेका प्रहरी नायब निरीक्षक (सई) मध्ये मित्र बहादुर राई र हिराबहादुर बुढाथोकी पर्साका स्थायी जस्तै भएका छन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालयले विभिन्न समयमा देशका विभिन्न जिल्लामा सरुवा गरेपनि काजमा सरुवा मिलाएर उनीहरु विगत २२ वर्षदेखि पर्सामै छन् । हाल काजमा मित्र बहादुर राई जिल्लाकै प्रबन्ध शाखा र हिराबहादुर बुढाथोकी प्रशासन शाखामा कार्यरत छन् । 

यस्तै प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठको समेत अन्यत्र सरुवा भएपनि छपकैयामा काजमा  खटिरहेका छन् । यो सँगै उनी पर्सामा बसेको २० वर्ष नाघेको छ। 

यस्तै १५ वर्षदेखि प्रहरी सहायक निरीक्षक (असई) नेत्र बहादुर खड्का, मिना बडाल, नन्दकला टमाटा पर्सा छोडेका छैनन् । खड्का हाल जिल्ला अदालत, बडाल सामुदायिक प्रहरी मिना बजार, टमाटा जिल्लाकै महिला सेलमा काजमा रहेकी छिन् । 

यस्तै प्रहरी सेवामा आबद्ध रहेका एक दम्पतीपनि विगत १५ वर्षयता पर्सा छोडेका छैनन् । प्रहरी बरिष्ठ हवलदार दलबहादुर थापा र उनकी श्रीमती प्रहरी हवलदार कमला तमाङ दुवैजना विगत १५ वर्षदेखि पर्सा जिल्ला मै कार्यरत छन् । 

यस्तै प्रहरी हवलदार राधिका श्रेष्ठ, बसन्त माया राना, विजया कार्की समेत १५ वर्षदेखि पर्सामै छन् । प्रहरी हवल्दार श्रेष्ठ वीरगंज भन्सारस्थित प्रहरी चौकी इनर्वा, राना र कार्की उच्च अदालत विटमा काजमा छन्  ।

यस्तै प्रहरी हवल्दार ज्याती खाती, राम प्रसाद त्रिपाठी, टिका श्रेष्ठ, लक्ष्मी श्रेष्ठ समेत १० वर्षदेखि पर्सा जिल्लामै काजमा रहेका छन् । प्रहरी हवल्दार खाती कारागार, त्रिपाठी प्रशासन शाखा, टिका र श्रेष्ठ सञ्चार शाखामा काजमा छन् । 

प्रहरी सहायक हवल्दार विज्ञान थापाको सरुवा अन्यत्र रहेपनि १४ वर्षदेखि पर्सा मै छन् । हाल उनी लेखा शाखामा रहेका छन । यस्तै प्रहरी सहायक हवल्दार सरोज खड्का, अजिता घिमिरे र शिवशंकर यादव विगत १० वर्षदेखि पर्सा जिल्लामै कार्यरत रहेका  छन् । प्रहरी सहायक हवल्दार खड्काले टाइगर टोली सम्हालेका छन् भने घिमिरे जिल्ला प्रशासन कार्यालय र १० वर्षदेखि पर्सा मै डेरा जमाएका शिवशंकर यादव अपराध शाखामा रहेका छन् । 

यस्तै, प्रहरी जवान धनमाया दाहाल, विश्वजित सिंह, शुशिला नेपाली समेत १० वर्षयता पर्सामै कार्यरत रहेका छन् । प्रहरी जवान दाहाल अपराध शाखा र सिंह नेपाली मुद्दा शाखामा काजमा कार्यरत रहेका छन् । 

एउटै जिल्लामा लामो समय किन ?

आर्थिक नगरी वीरगंज आफैँमा आकर्षणको केन्द्र हो । झन देशकै सबैभन्दा ठूलो २ वटा भन्सार नाकाबाट हुने वस्तु आयात र निर्यात तथा अवैध तस्करीका कारण यो क्षेत्र सुरक्षाको दृष्टिले चुनौतीपूर्ण र संवेदनशिल मानिन्छ । अझै त्यसमा हुने खेलो फड्कोका लागि पनि वीरगंज धेरैको रोजाइमा पर्छ ।

भलै वीरगंजमा लामो समयसम्म कार्यरत रहेका प्रहरीहरू गलत कामकै लागि राखिएको नहुन सक्छन् । तर, तस्करी हुने मालसमानको लाइन मिलाइदिने देखी राजनीतिक अपराध लुकाउनसम्मका लागी पर्सा सरुवा गराएर नजिकको प्रहरी राख्ने चलन नौलो होइन् । 

प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरीले बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष र प्रहरी निरीक्षकदेखि माथिल्लोस्तरमा बढीमा एक वर्षसम्म एउटा जिल्लामा बस्नुपर्ने नियम छ ।  मधेश प्रदेश प्रहरी प्रवक्ता श्याम कुमार महतोका अनुसार अन्य पदका लागि २ देखि ३ वर्ष र निरीक्षक देखि माथिल्लो पदमा बढीमा १ वर्ष मात्रै एउटा जिल्लामा बस्न पाइन्छ। 

तर, मधेश प्रदेशका ८ जिल्लामा भने यो प्रावधान लागू हुन सकेको छैन् । मुख्यमन्त्री, प्रदेश मन्त्रीदेखि सांसद, मेयरसम्मले आफ्ना मान्छे भन्दै सरुवा गराएर काजमा प्रहरीहरू जिल्ला ल्याउने गरेको पाइन्छ । 

पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले यसबारे अनभिज्ञता प्रकट गरे । बाहिर सरुवा भएर जानु पर्ने १ सय ७० जना जति प्रहरीहरू अहिले पनि जिल्लामा रहेको भन्दै उनले नयाँ आउने आएपछि पुरानो पदस्थापनको ठाउँमा जाने बताए ।जिल्लाका कतिपय पोस्टका लागि अझै सुरक्षाकर्मी अभाव रहेको भन्दै उनले एकै ठाउँमा वर्षौँ कोही प्रहरी अधिकारी रहेको भन्नेबारे भने बुझ्नुपर्ने बताए । 

‘सरुवा भएर जानु पर्ने प्रहरीहरू छन्,आउनुपर्ने पनि छन्’, उनले भने, ‘एउटै ठाउँमा लामो समय काम गरेको भन्नेबारे बुझ्नुपर्छ । उजुरी आए कारबाही हुन्छ ।’

पर्सा प्रहरीमा एक हजार जनाको दरबन्दी रहेको र विशेष काम बाहेकको अवस्थामा प्रहरीको लामो समयसम्म सरुवा नहुने अवस्था नरहने पनि जिल्ला प्रहरी कार्यालयले प्रष्टयाएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....