कति हो गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता ?

नवीन ढुंगाना

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब १४ महिना  र केहीदिन मात्रै बाँकी छ । कार्यकाल सकिनै लाग्दा गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा १२ पुसमा रिट दर्ता भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् । 

पुस १३ गते सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको माघ ९ मा पूर्ण सुनुवाइको  लागि आदेश दिदैं सरकार, अर्थ मन्त्रालय र गर्भनरको नाममा लिखित जवाफ पेश गर्न भनेको थियो । तर मंगलबार गर्भनरको योग्यता सम्बन्धि विवाद अदालतमा हेर्न नभ्याईने सूचीमा प¥यो । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको मुद्धाको अर्को पेशी माघ १४ गतेका लागि तोकिएको छ ।

२०७६ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले अधिकारीलाई ५ वर्षका लागि नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो । यसअघि नै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी पुरा गरिसकेका अधिकारीमाथि उठेको योग्यताको प्रश्नको सवाल–जवाफ यो श्रृंखलामा खोजिने छ । 

राष्ट्र बैंकको गर्भनर हुन कति हुुनुपर्छ शैक्षिक योग्यता ?

राष्ट्र बैंक ऐन २०५८ र संशोधन २०७४ अनुसार केन्द्रीय बैंकको गभर्नर हुन कम्तीमा स्नातकोत्तर तह (मास्टर्स डिग्री) उपाधी हाँसिल गर्नुपर्छ । ऐनले कुन विषयमा यस्तो उपाधी हासिल गर्ने भन्ने पनि खुलाएको छ । जसअनुसार आर्थिक, मौद्रीक, बैंकिङ, वित्तिय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र र गणित वा कानुनमा स्नातकोत्तर गर्नैपर्ने ऐनमा उल्लेख छ । 

यसका अलवा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा विशिष्ट श्रेणीको कार्य अनुभव पनि हासिल गरेको हुनुपर्छ । ऐनले कार्य अनुभवलाई थप प्रस्ट्याउँदै भनेको छ, ‘कार्य अनुभव’ भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा ‘क’ श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ।’ ऐनले गभर्नरको योग्यता स्पष्ट तोकिदिए पछि अब कुरा गरौँ अहिलेको बहालवाला गभर्नरको योग्यताका कुरा ।

कति हो अहिलेका गर्भनरको योग्यता ?

२०७६ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर हुन योग्य रहेको भन्दै नियुक्त गरेको थियो । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । तर, सरकारले अधिकारीलाई गभर्नर नियुक्त गर्यो । 

नेपाल राष्ट्र बैंकमा २०५१ सालमा सेवा सुरु गरेका अधिकारीले डेपुटी गभर्नर हुँदासम्म त्यहाँ २१ वर्ष १० महिना बिताए । राष्ट्र बैंकबाट बाहिरीए पछि उनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा ५ वर्ष ११ महिना काम गरे । त्यसपछि भने उनी पुनः नेपाल राष्ट्र बैंकमै गभर्नर बनेर फर्किए ।


यति बेला राष्ट्र बैंकमा २५ वर्ष ८ औं महिनामा नेपालको १७ औं गभर्नरको रुपमा अधिकारी काम गरिरहेका छन् । अधिकृतको रुपमा सेवा प्रवेश गरेका अधिकारी निर्देशक, कार्यकारी निर्देशक, डेपुटी गभर्नर हुँदै केन्द्रीय बैंकको प्रमुख गभर्नरको रुपमा कार्यकालको संघारमा छन् । तर, उनको योग्यता विवादमा परेको छ ।

२०५६ साल वैशाखदेखि २०६५ असोजसम्म ९ वर्ष ६ महिना केन्द्रिय बैंकको निर्देशकको रुपमा अधिकारीले काम गरे । २०६७ मंसिरसम्म २ वर्ष ३ महिना बैंकको कार्यकारी निर्देशक रहेका उनी २०७२ मंसिरसम्म बैंकको डेपुडी गर्भनर रहे ।  

बि.स. २०६७ पुसदेखि २०७२ सम्म नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर रहेका अधिकारी त्यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थिए । डेपुटी गर्भनर हुनुअघि उनले नेपाल राष्ट्र बैंकमा १६ वर्ष भन्दा लामाे समय काम गरे ।।

अधिकारीको यो अनुभवले उनी गर्भनर हुन सक्षम रहेको ऐनले पनि प्रष्ट गर्छ । तर, अधिकारीको शैक्षिक योग्यतामा भने आशंका गर्ने प्रशस्त ठाउँ छ । त्यसो त सर्वोच्च अदालतमा दायर उनी बिरुद्धको अयोग्यताको रिट पनि शैक्षिक योग्यतासँगै सम्बन्धित छ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयमा गर्भनर महाप्रसाद अधिकारीले पेश गरेको व्यक्तिगत विवरणअनुसार उनको शैक्षिक योग्यता स्नातक मात्रै हो । 

सरकारलाई उनले बुझाएको विवरण अनुसार खोटाङ स्थायी घर भएका अधिकारी अहिले ललितपुरमा बस्छन् ।  २०४१ सालमा अध्यायनका लागि काठमाडौं आएका उनले नमुना मछिन्द्र क्याम्पसबाट आइकम गरे । २ वर्षको आइकम (त्रिवीको २ वर्षे हालको १०ं२ जस्तै पाठ्यक्रम) सकेपछि उनी २०४३ सालमा नेपाल कमर्स क्याम्पस मिनभवनमा बिजनेश एडमिनिस्ट्रेशनमा बिकममा भर्ना भए । बि‍.स.२०४५ सालमा स्नातक तहको अध्ययन पुरा गरे ।

बि‍.स. २०४५ मै चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्नका लागि भारत गएका अधिकारीले २०५० मा इष्टीच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट आफ्नो अध्यायन पुरा गरेको उनको वैयत्तिक विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र अन्य निकायमा गभर्नर अधिकारीले बुझाएको विवरणमा पनि उनको स्नातकोत्तर उपाधीबारे केही खुलेको छैन् ।

नेपाल राष्ट्र बैंक ऐनले डेपुटी गभर्नर, गभर्नर र बैंकको सञ्चालक हुन समान योग्यता तोकेको छ । जसमा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि अनिवार्य न्युनतम् शैक्षिक योग्यता हो ।

समान योग्यता चाहिने पदमा यसअघि केन्द्रीय बैंकको डेपुटी गभर्नर भएर ५ वर्ष एक महिना काम गरिसकेका गर्भनर अधिकारीले ऐनले तोकेको शैक्षिक योग्यता अर्थात स्नातकोत्तर (मास्टर्स डिग्री) गरेको विषय भने कतै सार्वजनिक गरेका छैनन् । त्यसो त स्नातकसम्मको अध्ययन गरेर सीए गर्नु स्नातकोत्तर बराबरको अध्ययन नभएको त्रिभुवन विश्वविद्यालयले स्पष्ट गरेको छ ।

विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० र संशोधन २०७७ ले व्यवसायिक उपाधीलाई प्राज्ञिक उपाधि मान्दैन । विश्वविद्यालयको व्यवस्थापन संकायका डीन  प्राध्यपक डा.डिल्लीराज शर्माकाअनुसार सीए उपाधी स्नातकोत्तर उपाधि होइन ।

त्रिविको कानुनले सीएको उपाधीलाई स्नातकोत्तर बराबरको समकक्षता मान्दैन । ‘विश्वविद्यालयमा सीएलाई स्नातकोत्तरको कमकक्षता दिन पाइने कुरा कानुनमा छैन,’ प्राध्यपक डा.डिल्लीराज शर्मा भन्छन् ‘कुनै नियमन नभएको तालिम केन्द्र वा इन्ष्टिच्युटमा पढेर पाइने उपाधिलाई त्रिविको पाठ्यक्रमले डिग्री मान्दैन् । ’

त्यसो त त्रिभुवन विश्वविद्यालयको पाठ्याक्रम विकास केन्द्रले समकक्षता जारी गर्छ । केन्द्रका प्रमुख प्राध्यापक डा.पारसनाथ यादवाकाअनुसार नेपाल वा विदेश जहाँसुकैबाट सीए पास गरे पनि सो सर्टिफिकेट त्रिविको स्नातकोत्तर वा एम कम होइन । ‘तपाईंलाई औषधिको नाम सबै आउँछ भनेर विश्व विद्यामलयले एमबीबीएसको सर्टिफिकेट दिन्छ ? यसबारे विश्वविद्यालयको कानुन पनि स्पष्ट छ ।’ 

के त्यसो भए गभर्नर अधिकारीले ऐनले तोकेको न्युनतम् शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण नै नगरी गभर्नर नियुक्त भएका हुन् ? समान योग्यता चाहिने लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा अधिकारी कसरी नियुक्त भए ? के उनले भारतबाट पुरा गरेको सीए नै राष्ट्र बैंकको गभर्नर हुन ऐनले तोकेको स्नातकोत्तर उपाधी हो ? अधिकारीले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत कुन योग्यता प्रस्तुत गरे ? यसबारे १७ औं गर्भनरको योग्यता विवाद–२ मा खुलासा गर्नेछौँ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....