काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा प्रकरणमा सीआईबीले वसन्त चौधरीको बयान लिएको छ । सीआईबी स्रोतका अनुसार वसन्त चौधरीसँग मंगलबार साँझ बयान लिइएको हो । चौधरीलाई सीआईबीले कागज गाराएर छोडेको छ ।
त्यस्तै सआिईबीले बिनोद चौधरीमाथि पनि अनुसन्धान भईरहेको सभामुखलाई जानकारी गराएको छ । सीआईबीले सभामुखलाई पठाएको पत्रमा च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यहोरा उल्लेख छ ।
सीआईबीले बिनोध चौधरीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । सीआईबी स्रोतले भन्छ, ‘सभामुखलाई पत्र पठाउनुको अर्थ जुनसुकै बेला बयान तथा पक्राउ समेत पर्न सक्छन् भनेर जानकारी गराउनु हो ।’
सीआईबीले यसअघि अरुण चौधरी लगायतलाई पक्राउ गरेको थियो । अदालतले बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनीहरु छुटेका थिए । तत्कालिन समयमा विनोदकुमार चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको च्याम्पियन फुटवेयर लिमिटेडमा समान सेयर भएको देखिएको सीआईबीले जनाएको छ ।