काठमाडाैँ । काठमाडौँ उपत्यकाका पुराना र विस्तारित बजारमा अहिले जताततै टु–लेट लेखेको मात्र देखिन पाइन्छ। मुख्य व्यापार हुने क्षेत्रका भवनहरुमाथि अहिले व्यापारिक र अफिसका बोर्ड कम ,टु–लेट लेखेको अत्याधिक देख्न पाइन्छ।
भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु–लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् । साना देखि ठुला सबै व्यापार अहिले पहिलाको भन्दा न्युन नै छ। राजधानीका मलहरु कुनै बेला हप्ताको सातै बार भिडभाड हुने गथ्र्यो तर अहिलेको अवस्था फरक छ । ठुला भनिएका मलहरु सुनसानप्राय छन् ।