काठमाडौं । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्न मङ्गलवार १ बजे तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सरेको छ । सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।