सिमलताल पहिरोः सिसिटिभीको अन्तिम दृश्य हेर्दै दाजु खोज्न खटिएका शरण र निखिल

सिधाकुरा

काठमाडाैँ । सिन्धुपाल्चोकका ठाकुरप्रसाद चौलागाईं एन्जल डिलक्स बसका सहचालक हुन्, जुन बस असार २८ गते विरगञ्जबाट काठमाडौँ आइरहेको बेला चितवनको सिमलतालमा झरेको पहिरोसँगै बगेर त्रिशुलीमा खसेर बेपत्ता भयो । 

घटना भएको एक हप्ता बित्यो । तर अहिलेसम्म न ठाकुर भेटिएका छन् न बस नै भेटिएको छ । उनीहरूको खोजीकार्य निरन्तर भइरहेको छ । 


दुर्घटनाको एक साता बित्दा पनि सहचालक ठाकुरसहित ४४ जना अझै बेपत्ता छन् । तिनै बेपत्ताका परिवारहरू आफन्त  खोजी गरिदिन हारगुहार गर्दै चितवन पुगेर विभिन्न निकाय धाइरहेका छन् । त्यहीँ छन् ठाकुरको प्रतीक्षामा दिनरात बिताइरहेका उनका आफन्तहरू । 

दुर्घटना हुनुभन्दा केहीसमय अगाडि ठाकुर र उनी सवार गाडी चितवनको एक होटलमा खाना खान रोकेको सिसिटिभी फुटेज उनका परिवारले पाएका छन्, जहाँ ठाकुर रातो टिसर्ट र कालो हाल्फ जिन्स पाइन्ट लगाएर सोही एन्जल डिलक्स बसलाई पछाडि सार्न चालकलाई इसारा गरिरहेका छन् । ठाकुरका परिवार ठाकुरको त्यही अन्तिम भिडियो हेर्दै देखाउँदै खोजी गरिदिन हारगुहार गरिरहेका छन् । 

०००

पछिल्लो १० वर्षदेखि सहचालकको काम गर्दै आएका ठाकुर नियमित काठमाडौँ वीरगञ्ज चल्ने सो बसका सहचालक भने होइनन् । उनी कम्पनी मातहतमा रहेर काम गर्ने भएकाले उनलाई कम्पनीले सो दिन काँकडभिट्टा नभएर काठमाडौँ जान भनेको थियो । सोहीअनुसार उनी काठमाडौँका लागि हिँडे तर आधा बाटोमै उनी सवार बस त्रिशुलीको भेलमा बग्यो । 

मेलम्ची नगरपालिका- १, सिन्धुपाल्चोकका ठाकुर बेपत्ता भएसँगै उनको परिवार र गाउँनै शोकमग्न छ । उनको खोजीका लागि उनका परिवारका सदस्यहरू चितवनका विभिन्न स्थानमा छरिएका छन् । कामको सिलसिलामा भारतमा रहेका उनका भाइ शरण चौलागाईं समेत दाइ दुर्घटनामा परेको खबरपछि चितवन पुगेका छन् । भारतको आन्ध्र प्रदेशमा रहेका उनले २८ गते बिहानै चितवनको सिमललातमा पहिरोले २ वटा बस बगाएको समाचार सुनेका थिए । 

बर्खाको समय, सामान्य दुर्घटना ठानेर उनले खासै वास्ता गरेनन्। उनी खाना खाएर आफ्नो काममा लागे । उनी काममा गएको केही समयपछि घरबाट फोन गयो । परिवारले उनले बिहान समाचारमा थाहा पाएको घटना मात्र सुनाएनन् बरु सोही बसमा दाजु पनि सवार रहेको दुखद खबर सुनाए । खबर पाउनासाथ उनको होस हवास् उड्यो । उनी काम छोडेर चितवन हानिए ।

एक हप्ता बित्दासमेत दाईको नाम निशाना फेला नपरेपछि उनले दाजुको शव मात्रै पाए पनि सान्त्वना मिल्ने भन्दै सरकारसँग गुहार मागिरहेका छन् । उनले सरकारको उद्धार र खोजी कार्यबाट सन्तुष्ट नभएको पनि बताए । ‘अब सास पाउने आश त छैन, उसको लास मात्रै पायौँ भने हामीले थोरबहुत सान्त्वना मिल्थ्यो ।’, उनी भन्छन्, ‘न हामी खोजीकार्यले सन्तुष्ट छौँ । न अब दाई बाँचेर आउँछ भन्ने छ ।’

सरकारप्रति आक्रोशित हुँदै उनले  सरकार भन्ने छ कि छैन भन्दै प्रश्न गरे । ‘आजसम्म चरा खोजेको हो र नभेट्न ? त्यत्रो बस हराएको छ । के गर्न खोजेको हो यो ? के राजनीति जहिले पनि गर्ने रु हामीलाई दुख दिएर राजनीति जहिले पनि चल्छ ?’

दाइको खोजीका लागि एक हप्तादेखि चितवनमा रहेका ठाकुरका अर्का भाइ निखिल चौँलागाईं घटनाको एक हप्ता बित्दासमेत दाइ नभेट्दा थकित भएका छन् । ‘दाईको सास पाउने अब त परिवारमा आश छैन, परिवार शोकमग्न छ । सरकारले खोजीमा तदारुकता नदिँदा पीडामाथि पीडा थपिएको छ,’ उनले भने । 


मामाको छोरा त्रिशुलीको भेलमा बगेपछि परिवारका सदस्यसँगै दौडधुप गरिरहेका छन् शिवपसाद भट्टराई । उनी सरकारीको खोजी कार्यबाट सन्तुष्ट छैनन् । खोजीकार्य प्रभावकारी नहुँदा बसमा सवारहरु नभेटिएको उनी बताउँछन् । ‘एउटा डुंगामा सयर गरेर, एउटा बाँसले घोचेर छ छैन भनेर खोजेर हुन्छ । केटाकेटी खेलेझैँ गरेर खोजेर हुन्छ ?,’ भट्टराई आक्रोश पोख्छन्, ‘विश्वमा कति धेरै आधुनिक र शक्तिशाली प्रविधिको विकास भइसक्यो । आज यत्रो दिन बित्दाखेरी पनि भेटिएको छैन । केटाकेटी खेलाईको काम भइरहेको छ ।’ 

४२ वर्षीय ठाकुरका घरमा श्रीमति र २ छोरीहरु छन् । निम्न आय भएका उनीहरूको परिवारको गुजारा टार्न हिँडेका ठाकुरसहितको बस बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । 

असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले २ बस बगाएर त्रिशुली नदीमा बेपत्ता बनाएको थियो । नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये यो समाचार तयार गर्दासम्ममा २३ जनाको शव फेला परेको छ भने अन्य अझै बेपत्ता छन् ।

पछिल्लो तथ्याङ्कअनुसार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ जना सवार थिए । त्यस्तै काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ । 

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटको देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको छ ।

–चितवनबाट हिरालाल आचार्यको सहयोगमा

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....