नाङ्गिएका महेश बस्नेत !

लक्ष्मण गिरी

काठमाडाैँ । महेश बस्नेत भन्ने बित्तिक्कै अहिलेको युवा पुस्तालाई एमालेको अराजक र झगडालु नेताको तस्वीर मानसपटलमा सृजना हुन्छ ।

२०६२ सालको राजनीतिक परिवर्तनसँगै तत्कालीन नेकपा माओवादी जनयुद्ध छोडेर शान्ति प्रक्रियामा आयो । माओवादीसँगै उसको उग्र युवा दस्ता वाईसीएल (योङ्ग कम्युनिष्ट लिग) पनि शान्तिपूर्ण राजनीतिमा अशान्त एउटा हिस्साको रुपमा देशभर प्रकट भयो ।माओवादी पार्टीको अहितमा लाग्ने र बोल्ने, जनतामाथि अन्याय गर्ने, भ्रष्टाचार आरोप लागेका र विरोधीलाई आफ्नै संयन्त्रमार्फत भाटे कारबाही गर्ने सो समूहका कारण समाजमा अशान्ति  र अराजकता बढ्दो थियो । 


शसस्त्र हतियारसहितको सेना क्याम्पमा, पार्टीका नेता सरकारमा र सडकमा वाईसीएल माओवादीलाई कसले रोक्ने ? कसले छेक्ने ? सरकारका सुरक्षा निकायहरूसमेत निरिह हुन्थे । असंगठित र मनपरीतन्त्रको वाईसीएलले प्रहरीको जत्तिकै भूमिकामा उभिन थालेपछि एमालेले त्यसको प्रतिकार गर्ने युवा दस्ताको परिकल्पना गर्यो ‘युथ फोर्स ।’

त्यही युथफोर्सका अध्यक्ष बस्नेतले २०६४ देखि २०७० सालसम्म नेपालको राजनीतिमा जे जे हर्कत गरे त्यसैले उनको पहिचान सामान्य मानिसका लागि डरलाग्दो र उग्र नेताको रुपमा देखियो । तर, त्यसअघिको महेश को हो भनेर अली पुराना पुस्तालाई सोध्ने हो भने जवाफ मिल्छ ‘सबै भन्दा कान्छो उमेरका निर्वाचित गाविस अध्यक्ष ।’

२०४९ सालमा एमालेको राजनीतिमा लागेका महेश २०५४ सालको स्थानीय तह निर्वाचनमा भक्तपुरको गुण्डुबाट निर्वाचित भएका थिए । त्यसयताको युथफोर्स हुँदै एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्रका रुपमा रहेका उनी २०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार भए । निर्वाचनमा पराजित भएपनि बस्नेतलाई ओलीले मन्त्री पद उपहारमा दिए । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा उनी १३ महिना उद्योग मन्त्री भए । 

२०७४ को निर्वाचनमा भक्तपुर-२ बाट निर्वाचित सांसद रहेका बस्नेत २०७९ को निर्वाचनमा फेरी पराजित भए । राजनीतिक पदमा तलमाथि भइरहेपनि उनको शक्ति भने कहिल्यै ओरालो लागेन ।

शक्तिमा नरहेपनि प्रहरीको सरुवा, बढुवा देखि राजनीतिक शक्ति सन्तुलनमा खेल खेलिरहने महेश बस्नेत यतिबेला भने आफ्नै कारण नाङ्गिएका छन् । महेशको श्रीमती बताउने एक महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँमा आइतबार भुण्र हत्या, जबरजस्ती करणी र डाँका चोरी कसुरमा जाहेरी दर्ता गराएकी छिन् ।

जोहरीमा पीडित युवतीले भारतको गुडगाउँ र काठमाडौँको बबरमहलस्थित एक अपार्टमेन्टमा बस्नेतले जबरजस्ती करणी गरेको मात्रै उल्लेख गरेकी छैनन् । बस्नेतसँगको अन्तरङ्ग कुराकानी र फोटो सहितको ९३ पृष्ठ लामो प्रमाण पनि प्रहरी समक्ष पेश गरेकी छिन् ।

सिधाकुरालाई प्राप्त विवरण अनुसार जाहेरीकर्ता महिला र महेश बस्नेतको सम्बन्ध श्रीमान श्रीमतीको जस्तै थियो । महिलाले प्रहरीलाई ९३ पेज लामो म्यासेजका स्कृनसटहरु उपलब्ध गराएकी छिन् । महिलाले मोवाइलमा महेश बस्नेतको नाम 'बुढु, हबु' भनेर सेभ गरेकी छिन् । उनले म्यासेजकै क्रममा महेश बस्नेतले 'सिन्दुर हालेको' पनि लेखेकी छिन् ।

म्यासेजमा बस्नेतले दुवै जनाको सल्लाहबिना केही गर्न नपाइने भनेका छन् । उनले म्यासेजमा लेखेका छन्, 'तँ मेरो बुढी होस्, जे पायो गर्न पाउन्नस् बुजिस्'

यस्तै बस्नेतकै कारण महिलाले विष सेवनका समेत प्रयास गरेको म्यासेजमा देखिन्छ । म्यासेजमा महिलाले लेखेकी छिन्, 'तैँले मेरा जीवन खाइस्, यो विष महेश बस्नेतका कारण खाँदै छु।'

उनको जवाफमा महेश बस्नेतले लेखेको छन्, 'महेशले मुखको विष निकालेर बचाएको छ ।' त्यसपछि महिलाले लेखेकी छिन्, 'जोगाएको बहाना पारेर एक महिना तड्पाइस् ।'

यति मात्रै होइन, महेश बस्नेतले महिलाको गर्भपतनका लागि औषधी समेत खरिद गरेको देखिन्छ । उनले त्यसको प्रयोगको विधि समेत महिलालाई पठाएका छन् । 

यस्तै प्राप्त विवरण हेर्दा महेश बस्नेत र महिला २०७८ साल पुस १९ गते  पोखराको चरक अस्पतालमा पुगेर गर्भपतन गराएको पनि खुलेको छ । शल्यक्रियाका लागि अस्पतालले गराएको कागजमा बस्नेतले हस्ताक्षर गरेका छन् । 

उसो त सम्बन्धमा खटपट आएपछि महिलाले सम्बन्ध 'सार्वजनिक गर्छु' भन्दा महेशले फकाइफुल्याई, धाकधम्की देखाएको देखिन्छ । उनले 'परिवारका अन्य सदस्यसँग सम्बन्ध सुधार्न, आफ्नी घरकी श्रीमतीसँग सम्बन्ध राम्रो देखाउन, अन्य कदम नउठाउन' भनेका छन् । कहिले '३/४ दिनको दुखमा नआत्तिन' भन्दै फकाएका छन् भने कहिले 'यस्तो कदम चाले राम्रो नहुने' भन्दै धम्काएका छन् । 

त्यतिमात्र होइन, महिलाले प्रहरीमा बस्नेतसँगको अन्तरंग सम्बन्धका तस्विर पनि प्रमाणका रुपमा बुझाएकी छिन् । जुन तस्वीरमा महेश बस्नेत विवस्त्र देखिन्छन् । 

बस्नेतले उनलाई विदेश भ्रमणमा समेत लैजाने गरेको देखिन्छ । अहिले महिलाले ति प्रमाणसहित जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा जाहेरी दर्ता गराएकी छिन् । जोहरीमा भुण्र हत्या, जबरजस्ती करणी र डाँका चोरी कसुर उल्लेख गरिएको छ भने कसुर गर्ने व्यक्ति भक्तपुर सूर्यविनायक ७ बस्ने महेश बस्नेत भनिएको छ । 

जोहरीमा भारतको गुडगाउँ र काठमाडौँको बबरमहलस्थित एक अपार्टमेन्टमा जबरजस्ती करणी भएको उल्लेख गरिएको छ  ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....